सरकार डा.गोविन्द केसीको मागप्रति लचिलो बन्ने संकेत

           सरकार डा.गोविन्द केसीको मागप्रति लचिलो बन्ने संकेत

काठमाडौं । जुम्लामा अनसनरत डा.गोविन्द केसीसँग सरकारले पहिलो चरणको वार्ता गर्ने तयारी गरेको छ । डाक्टर केसीको तर्फबाट सरकारसँग वार्ता गर्न गठित टोलीका सदस्य डाक्टर अभिषेकप्रताप सिंहले आज (सोमबार) बेलुकासम्म सरकारसँग पहिलो चरणको वार्ता हुनसक्ने सम्भावना रहेको बताए । उनले भने,‘हरेक मिनेट डा.केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ ।’

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा डा.सिंहले वार्ताको विकल्प नरहेको भन्दै जत्तिसक्दो छिटो वार्ता गर्न आफूहरू तयार रहेको उनले बताए ।

  कार्यक्रममा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य केशब बडालले डा.केसीलाई मानव ढालका रुपमा प्रयोग गरेर प्रतिपक्षीहरूले सरकारलाई झुकाउन खोजेको बताए । उनले भने,‘डा.केसीको उपचार पनि गर्न नदिने र वार्तामा पनि नबस्ने भनेर साथीले भन्नुभएको छ, यो गलत र अलोकतान्त्रिक हो ।’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री महेन्द्र यादवले कांग्रेस सरकारले डा.केसीका माग सम्बोधन गर्न माथेमा आयोग समेत गठन गरेको थियो,वर्तमान सरकारले विधेयक तोडमोड गरेर आप्mनो स्वार्थ अनुकूल ल्याउन खोज्नु गलत हो ।’ उनले भने,‘हामी विधेयकलाई डा.केसीको मागका विरुद्ध पास हुनदिँदैनौ ।’ 

वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले हिजो आएकोजस्तो अध्यादेश ऐन वा विधेयकको रुपमा आएमात्रै डाक्टर गोविन्द केसीले अनशन तोड्ने नभए नतोड्ने स्पष्ट पारे । उनले भने,‘हिजो आएको अध्यादेश अनुसार ऐन वा विधेयकको रुपमा आएमा मात्र डाक्टर केसीको आन्दोलन टुङ्गिन्छ ।’ डाक्टर केसीले १४ औं पटकसम्म अनशन बसेर यसअघिका सरकारहरुसँग गरेको सहमतिको आधारमा अध्यादेश आएकोले यसलाई तोडमोड गरेर ल्याउन जरुरी नरहेको पनि उनको भनाई छ । उनले भने,‘ वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली यसअघि प्रधानमन्त्री हुँदापनि डाक्टर केसीको माग सम्बोधन गर्न सहमति भैसकेको थियो, त्यही सहमति अनुसार कानून ल्याउने भनिएको थियो, अहिले आएर तोडमोड गर्न पाईँदैन् ।’

 

 

प्रतिकृया दिनुहोस

नक्कली नोट छाप्ने मेसिनसहित ३ जना

युवा वैज्ञानिकलाई स्वदेश फर्कन उपराष्ट्रपति

राष्ट्रपति भण्डारी र जापानका प्रधानमन्त्री

मंसिर २१ गते हुने उपनिर्वाचनको यस्तो

स्थानीय जनप्रतिनिधिले मासिक सुविधा

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी,

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला