कृषि प्रवर्द्धनका लागि एनआरएनएले नमूना परियोजना सञ्चालन गर्ने

      कृषि प्रवर्द्धनका लागि एनआरएनएले नमूना परियोजना सञ्चालन गर्ने

काठमाडौं । नेपालको कृषिप्रवर्द्धनका लागि गैर आवासीय नेपाली संघको पहलमा नमूना कृषि परियोजना सञ्चालन गरिने भएको छ । यस कार्यका निम्ति संघले कृषि प्रवद्र्धन समिति बनाएर कार्यक्रम अघि वढाएको छ ।

समितिका संयोजक युवराज गुरुङको नेतृत्वमा ‘समृद्धिको आधार कृषि,कृषि अभियानमा गैर आवासीय नेपाली’भन्ने मुल नाराका साथ मुलकका कृषि एवम् अर्थ विज्ञसँग परामर्श गरिएको हो । नेपालमा के कस्ता खेतीबाट मूल्य श्रृङ्खलाको अभिवृद्धि गर्न सकिन्छ र के गर्दा आम नेपाली कृषकको आर्थिक उन्नति हुन्छ त्यही खेती प्रविधिलाई आयात गरि विभिन्न जिल्लामा परियोजना सञ्चालन गर्ने लक्ष्य रहेको गुरुङले बताए ।

शुक्रबार काठमाडौंमा एनआरएनएको कृषि प्रवद्र्धन समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा डा.मदन राईले नेपालमा नयाँ प्रविधि भित्र्याएर कृषि गर्ने हो भने ‘नयाँ मानव’ आवश्यक हुने औंल्याए । नयाँ मानव, शिक्षा, विचार, व्यवहार र आचरणले समेत नयाँ हुने हुँदा उसलेमात्र नयाँ प्रविधि आत्मसात गर्न सक्ने उनको भनाइ छ । कार्यक्रममा अर्थशास्त्री एवम् वरिष्ठ पत्रकार डा.अच्युत वाग्लेले नेपालको कृषि प्रवद्र्धनका लागि एनआरएनएको पहिलो प्राथमिकता के हो त्यसमा स्पष्ट हुनुपर्ने बताए । कृषि क्षेत्रमा संघको प्राथमिकता स्पष्ट भएपछिमात्र विज्ञहरुको राय सल्लाह जरुरी हुने उनको भनाइ छ ।

इन्सिच्युट अफ एग्रीकल्चर एन्ड एनिमल साइन्स रामपुरका डिन प्राडा.केशवराज अधिकारीले एनआरएनएको यसकार्यलाई सफल पार्न सक्षम कृषि प्राविधिक उत्पान गर्न विश्वविद्यालयले सहयोग गर्ने वचन दिए । त्यसै गरी कृषि भूमि सुधार तथा सहकारी मन्त्रालयका सह सचिव डा.योगेन्द्र कुमार कार्की एनआरएनएको यसका कार्यका लागि आवश्यक पर्ने नीति तयार गर्न सरकार तयार रहेको बताए । नेपाल कृषि अनुसन्धान परिषद् (नार्कका) कार्यकारी निर्देशक डा.बैद्यनाथ महतोल नेपालको कृषि प्रवद्र्धनका निम्ति सम्भव भएसम्मको सहयोग गरिने आयोजकलाई वचन दिए । 

कार्यक्रममा पूर्वमन्त्री गणेश शाह, धान बाली विज्ञ भोलामान सिंह बस्नेत, खाद्य तथा गुण नियन्त्रण विभागकी पूर्व प्रमुख डा.जीवन प्रभा लामा लगायतले आ–आफ्ना सुझाव दिएका थिए । संयोजक युवराज गुरुङले संघले नेपालको कृषिका के कस्ता क्षेत्रमा चासो राख्न र लगानी उपयुक्त हुन्छ भन्ने विषयमा डा. मदन राई,डा.केशवराज अधिकारी र डा. अच्युत वाग्लेलाई लिखित सुझाव दिन अनुरोध गरेका छन् ।

कार्यक्रममा एनआरएनएका उपाध्यक्ष कुमार पन्त,समितिका सह–संयोजक कपिलदेव थापा, सचिव श्रीराम घिमिरे र एनआरएनएका कार्यकारी निर्देशक डा.हेमन्त दवाडीको पनि उपस्थिति थियो । कार्यक्रमबाट प्राप्त सुझावलाई समितिले आसन्न युरोपियन वैठकमा राख्ने र कार्यान्वयनमा लैजाने गुरुङले बताए ।                    

प्रतिकृया दिनुहोस

नक्कली नोट छाप्ने मेसिनसहित ३ जना

युवा वैज्ञानिकलाई स्वदेश फर्कन उपराष्ट्रपति

राष्ट्रपति भण्डारी र जापानका प्रधानमन्त्री

मंसिर २१ गते हुने उपनिर्वाचनको यस्तो

स्थानीय जनप्रतिनिधिले मासिक सुविधा

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी,

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला