मलाई मिडियाले ‘माफिया’ बनायोः दुर्गा प्रसाइँ  

    मलाई मिडियाले ‘माफिया’ बनायोः दुर्गा प्रसाइँ  

काठमाडौं । मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाइँले नेपाली मिडियाले आफूलाई मेडिकल ‘माफिया’ भन्दै खेदेको आरोप लगाएका छन् ।

सम्बन्धनको पर्खाईमा रहेको बि एण्ड सी टिचिङ्ग अस्पतालका कार्यकारी निर्देशक प्रसाइँले सुदुर पूर्वमा मैले मेडिकल कलेज खोल्दा डा.गोविन्द केसी र उनका अनुयायीहररूले मलाई माफिया भन्ने गरेका छन् । उनले भने,‘मैले कसैको पैसा लुटेको होईन, बिहान उठ्दा पत्रिका पढ्न समेत डर लाग्छ, खाली माफिया, माफिया भनेर भनेका छन्, लेखेका छन्’ अरु मेडिकल कलेजले गल्ती गरेका छैनन् म भन्दिन तर गल्ती नै नगरेको ब्यक्तिलाई माफिया भनेर भन्दा मन दुख्दो रहेछ,’ उनले भने ।  

बिहीबार रिपोर्टस क्लबमा आयोजित कार्यक्रममा उनले भने, ‘स्वास्थ्य मन्त्रालय र भवन विभागमा पहिलोपटक दर्ता भएर सम्पूर्ण मान्यताहरु पूरा गरेर सुदुर पूर्वमा मैले मेडिकल कलेज खोल्दा म कसरी माफिया भए ? पूर्वका २९ लाख जनताको स्वास्थ्योपचार हुने काम गर्दा मैले के अपराध गरें ? उनले प्रश्न गरे ।

हिजोका दिनमा त्यस क्षेत्रका मानिसहरु भारतको सिलगुढी उपचार गर्न जान्थे अहिले त्यो समस्या कम भएको छ ।  प्रसाईले पूर्वाञ्चलको झापामा रहेको बि एण्ड सी टिचिङ्ग अस्पतालको सम्बन्धन प्रक्रिया यथाशक्य पूरा गर्न सरकारसमक्ष माग गरे। उनले आफू तीन वर्षदेखि अन्यायमा परेको र काठमाडौं बाहिर सुदुरपूर्वमा अस्पताल खोल्दा पनि माफियाको आरोप खेपिरहेको दुःखेसो पोखे।

          मैले विपी र जिपीलाई पनि भात खुवाएकै हो

प्रधानमन्त्री केपी ओली– पुष्पकमल दाहाल (प्रचण्ड) ले मात्रै नभएर  विपी, गिरिजादेखि विश्वप्रकाश शर्मासम्मले आफ्नो घरमा खाना खाएको प्रसाईले बताएका छन्।

वाम एकताको लागि आफूले पनि केही भूमिका खेलेको स्विकार गर्दै तत्कालिन नेकपा एमालेका अध्यक्ष एवम वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई खाना खुवाएर बि एण्ड सिको सम्बन्धन पूरा गर्न खोजिएको भनेर मिथ्या आरोप लागेको पनि उनले गुनासो पोखे ।

प्रसाईँले थपे,‘मुलुकमा स्थिर सरकार र राजनीतिक स्थायित्वको लागि मैले भूमिका खेलेको हुँ, मेरो घरमा विपीले पनि खाना खानुभएको छ, गिरिजाले पनि खानुभएको छ, नरहरी आचार्य, विश्वप्रकाश शर्माले पनि खाना खानुभएको छ, कांग्रेस, साझा विवेकशील पार्टी एक भएर अघि बढ्छन् भने मार्सि चामलमात्रै होईन, बासमतिको भात खुवाउन तयार छु, विरोधको लागि बिरोध नगरौं, बिना कारण कसैलाई माफिया नभनौं, मुलुकको विकास र समृद्धिको लागि आफ्नो तर्फबाट लागौं मेरो भन्नु यत्ति हो ।’

 

प्रतिकृया दिनुहोस

बैतडीमा डोजर आक्रमण : ८ जना घाइते, चालकसहित

गायक दुर्गेश थापा पक्राउ

नक्कली नोट छाप्ने मेसिनसहित ३ जना

युवा वैज्ञानिकलाई स्वदेश फर्कन उपराष्ट्रपति

राष्ट्रपति भण्डारी र जापानका प्रधानमन्त्री

मंसिर २१ गते हुने उपनिर्वाचनको यस्तो

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला