कांग्रेसले अड्कायो संसदीय सुनवाइ समितिःमन्त्री तामाङ

कांग्रेसले अड्कायो संसदीय सुनवाइ समितिःमन्त्री तामाङ

काठमाडौं ।  कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका कारण संसदीय सुनवाइ समति गठन हुन नसकेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री तामाङले कांग्रेसी नेतालाई अहिले भाग पाईएन भनेर छट्पटी भैरहेको भन्दै ‘कांग्रेसका केही साथीहरू अहिले सरकारसँग अंश खोज्दैछन्, संवैधानिक नियुक्ती गर्नको लागि संसदीय समिति किन बन्न सकेन ? यसको कारण हो कांग्रेसले भाग खोज्नु, उसलाई विभिन्न समितिका सभापति चाहिएको छ, कहाँसम्म भने उसले कांग्रेसका जति सांसदलाई एउटै समितिमा राख्नुपर्ने माग गरेको छ, यो कहाँको लोकतान्त्रिक कुरा हो ?’

उनले भने,‘प्रतिपक्षमा बसेर किन अंश खोज्नुहुन्छ, बरु आजदेखि हामी प्रतिपक्षमा बस्दैनौं भनेर आउनुभयो भने सरकारमा स्वागत गर्न तयार छौं ।’

कांग्रेसले भाग खोजेकै कारण संसदीय सुनुवाई समिति बन्न नसकेको उल्लेख गर्दै मन्त्री तामाङले भने,‘सुुनुवाई बन्न नदिएर आँफै अड्काउने काम कांग्रेसले गरिरहेको छ, उल्टै प्रधानन्यायाधीश, संवैधानिक निकायका प्रमुख र राजदुतलगायतको नियुक्ती किन ढिला गरेको भन्दै प्रश्न गर्छ, यो कांग्रेसको द्धेद्ध चरित्र हो ।’ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मुलुक समृद्धिको दिशामा अघि बढेकोले कांग्रेसलाई बाहिर राख्ने आफूहरुको विल्कुल कुनै चाहना नरहेको उनको भनाई थियो ।

प्रतिकृया दिनुहोस

नक्कली नोट छाप्ने मेसिनसहित ३ जना

युवा वैज्ञानिकलाई स्वदेश फर्कन उपराष्ट्रपति

राष्ट्रपति भण्डारी र जापानका प्रधानमन्त्री

मंसिर २१ गते हुने उपनिर्वाचनको यस्तो

स्थानीय जनप्रतिनिधिले मासिक सुविधा

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी,

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला