कार किन्दा ऋण दिने बैंकले भैंसी किन्दा किन ऋण दिदैनन् ? 

    कार किन्दा ऋण दिने बैंकले भैंसी किन्दा किन ऋण दिदैनन् ? 

काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव डा. युवकध्वज जिसीले बैंकले कार किन्दा ऋण दिने गरेको तर, भैंसी किन्दा किसानलाई ऋण नदिने परिपाटीको अब अन्त्य गर्नुपर्ने बताएका छन् । उनले भने,‘बैंकले कार किन्दा लोन दिन्छन् तर भैंसी किन्दा दिँदैन्, यसले किसानलाई प्रोत्साहन गरेन, अहिले यसबारेमा व्यापक जनगुनासो छ, अर्थमन्त्रालयले अब बैंकलाई म्याण्डेटरी बनाउनुपर्छ ।’

काठमाडौंमा आयोजित कार्यक्रममा सचिव जिसीले ५ वर्षमा अहिलेको कृषि उत्पादनलाई दोब्बर बनाउने र आगामी २ देखि ३ वर्षभित्र कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने योजना रहेको बताए । ‘ मुलुकको अर्थतन्त्रमा कृषिले २९/३० प्रतिशत योगदान पुर्याएको भन्दै, धानले मात्रै २० देखि २१ प्रतिशत योगदान गर्छ ।’ 

१५ औं राष्ट्रिय धान दिवस दक्षिणकालीमा मनाइने

  १५ औं राष्ट्रिय धान दिवस काठमाडौंको दक्षिणकालीमा मनाइने पनि सचिव जिसीले जानकारी दिए । उनले भने,‘भोलि हामी देशैभरि धान दिवस मनाउन गैरहेका छौं, काठमाडौं, ललितपुर र भक्तपुरको संयुक्त आयोजनामा दक्षिणकालीमा मनाउँदैछौं ।’ उनले भोलि असार १५ अर्थात राष्ट्रिय धान दिवस आफूहरुले ‘धान उत्पादमा वृद्धि, मुलुकको राष्ट्रिय समृद्धि’ भन्ने मूल नाराका साथ मनाउन गैरहेको पनि जनाए । 

कार्यक्रममा धान विज्ञ भोलामान सिंह बस्नेतले एशियाली राष्ट्रहरुलाई एक ठाउँमा ल्याउनको लागि पनि धानले अहिले सेतुको रुपमा रहेको बताएका छन् ।  उनले भने,‘नेपालमा धानले जिडिपीमा ठूलो योगदान पुर्याएको छ, धानको उत्पादन बढ्यो भने जिडिपी पनि बढ्छ, यदि उत्पादन नै घट्यो भने जिडिपी पनि घटेको छ, हाम्रो देशको अर्थतन्त्रमा कृषिको योगदान धेरै छ ।’   

प्रतिकृया दिनुहोस

बिहीबारबाट मौसममा सुधार आउने

बिआरआईबाट नेपालले लाभ लिन्छः अध्यक्ष

सिद्धार्थराजमार्गको सिद्धबाबा क्षेत्रमा

यस्ता छन् सरकारका निर्णयः

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

प्रधानमन्त्री ओली र चिनियाँ विदेशमन्त्री

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला