प्रेस काउन्सिलका पदाधिकारी विरुद्ध लेख्ने २ जना पक्राउ

   प्रेस काउन्सिलका पदाधिकारी विरुद्ध लेख्ने २ जना पक्राउ

काठमाडौं । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठविरुद्ध सामाजिक सञ्जाल फेसबुकमा अमर्यादित र आपत्तिजनक शब्दहरु प्रयोग गरि गाली गर्ने २ जनलाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा टेकुबाट खटिएको टोलीले इलाम नगरपालिका–६, तिल्केनी ५० वर्षीय विनोद गौतम र नवलपरासी सुनवल नगरपालिकाका–४ का ३६ वर्षीय विष्णु ढकाललाई पक्राउ गरिउको हो ।  गौतम हाल ललितपुर बागडोलमा बस्छन् । उनलाई मंगलबार काठमाडौँको टेकु र ढकाललाई नवलपरासीबाट पक्राउ गरिएको हो । न्यूज २४ का कार्यक्रम प्रस्तोता रवि लामिछानेको बारेमा प्रेस काउन्सिलले प्रश्न सोधेको भन्दै उनीहरूले काउन्सिलका अध्यक्षका विरुद्धमा सामाजिक सञ्जालमा आपत्तिजनक, अमर्यादित शव्दसहित पोष्ट र कमेन्ट गरिएसँगै प्रहरीले एक्सन चाल्नुपरेको हो ।

 सामाजिक सञ्जालमा प्रेस काउन्सिल तथा पदाधिकारीको सामाजिक एवं व्यक्तिगत जीवन तथा मान प्रतिष्ठा समेतमा आघात पुर्‍याउने, ज्यान मार्ने समेतका धम्की दिईएको देखिन्छ । यसबारेमा सम्पूर्ण सूचना प्रहरी महाशाखाले पाएसँगै आपत्तिजनक र अमर्यादित शब्दहरु पोष्ट गर्नेहरुलाई प्रहरीले उनीहरुको खोजी र पक्राउ गर्न थालेको हो । 

गौतम र ढकालविरुद्ध विद्युतीय कारोवार ऐन अन्तर्गत कारवाहीको लागि बुधबार महानगरीय प्रहरी परिसर, काठमाडौँमा पठाइएको छ । विद्युतीय (ईलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ को दफा ४७ बमोजिम एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी प्रावधान छ । 

प्रतिकृया दिनुहोस

नक्कली नोट छाप्ने मेसिनसहित ३ जना

युवा वैज्ञानिकलाई स्वदेश फर्कन उपराष्ट्रपति

राष्ट्रपति भण्डारी र जापानका प्रधानमन्त्री

मंसिर २१ गते हुने उपनिर्वाचनको यस्तो

स्थानीय जनप्रतिनिधिले मासिक सुविधा

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी,

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला