धर्मभक्त अंग प्रत्यारोपण केन्द्रभित्रै नर्सहरुमाथि चरम शोषण

धर्मभक्त अंग प्रत्यारोपण केन्द्रभित्रै नर्सहरुमाथि चरम शोषण

काठमाडौं ।  युथ नर्स संजाल नेपालले मानव अंग प्रत्यारोपण केन्द्र हाल धर्मभक्त अंग प्रत्यारोपण केन्द्रमा नर्सहरुमाथि अन्याय गरिएको अरोप लगाएको छ ।  मंगलबार रिपोर्टस क्लब नेपालमा पत्रकार सम्मेलन गरेर केन्द्रमा भएका विकृतिबारे आवाज उठाउने नर्सहरुमाथि मानसिक र शारीरिक यातना दिइएको आरोप लगाइएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै पीडित नर्स त्रजिना जतीले भक्तपुरको दूधपाटीमा रहेको धर्मभक्त अंग प्रत्यारोपण केन्द्र प्रशासनले नर्सहरुमाथि सबैखाले शोषण गरेको आरोप लगाइन् । १८ महिनासम्म स्वयम् सेवकको रुपमा काम गरेका नर्सहरुलाई आन्तरिक प्रतिस्पर्धाबाट जागिर दिलाइयोस भन्ने माग राख्दा प्रशासनले दमन गर्न थालेको युथ नर्स संजाल नेपालकी अध्यक्ष सजना द्यौलाले बताइन् ।

लामो समय स्वयम् सेवकको रुपमा काम लगाइएका नर्सहरुलाई जागिरको व्यवस्था गर्न आग्रह गरेका कारण सुरु भएको विवादले अहिले उग्र रुप लिएको छ ।

“नर्सहरुप्रति गरिएको अभद्र व्यवहार, मानसिक यातना, कार्यस्थलमा हिंसा, कुटपिट जस्ता अपराध गर्ने गराउने व्यक्ति तथा संस्था र हक अधिकारको लागि पेशागत संघ संस्थाहरुबाट गरिएको अमानवीय चरित्र दमन, शोषण आरोप प्रत्यारोपको घोर भत्र्सना गर्दछौँ ।” युथ नर्स संजाल नेपालद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

धर्मभक्त अंग प्रत्यारोपण केन्द्रमा कार्यरत नर्सहरुलाई प्रशासनले अनावश्यक दमन र शोषण गर्ने गरेको आरोप लगाइएको छ । आफ्ना समस्याबारे नेपाल नर्सिङ संघलाई जानकारी गराई समाधान गर्न आग्रह गर्दा पनि कुनै सुनुवाई नभएको पत्रकार सम्मेलनमा सहभागि नर्सहरुको गुनासो छ ।

संघकी अध्यक्ष तारा पोखरेलले नर्सहरुलाई नै उल्टै अनावश्यक आरोप लगाएर थप पिडा दिएको नर्सहरुले बताएका छन् । समस्याका बारेमा स्वास्थ्य मन्त्रालयमासमेत औपचारिक रुपमा गुनासो गरिए पनि वेवास्ता गरिएको उनीहरुको दाबी छ ।

संघ र मन्त्रालय मिलेर उल्टै दोषीलाई उन्मुक्ति दिने र नर्सहरुलाई अन्यायमा पार्ने काम भएको युथ नर्स संजाल नेपालकी अध्यक्ष सजना द्योलाको आरोप छ ।  “विगत ६ वर्षदेखि काम गर्दा अन्याय र अत्याचार देखेँ । धर्मभक्त अंग प्रत्यारोपण केन्द्रले आफ्ना कमजोरी सुधार गर्छ भन्ने अपेक्षामा ६ वर्ष वित्यो । यसअवधिमा धेरै नर्सलाई रुवाइयो । आत्महत्या गर्नेसम्मको वातावरण सृजना गरियो ।” द्योलाले भनिन् ।

“मैले गालामा झापडसमेत खानुपर्यो । मानसिक र शारीरिक रुपमा पिडा दिइयो । छानबिन गर्छु भनियो तर गरिएन ।” पीडित नर्स जतीले भनिन् ।  प्रशासनले कर्मचारीको स–साना गल्ती पनि सिसिटिभी क्यामरामा खिचेर गल्ती प्रमाणित गर्न खोज्ने तर प्रशासनका व्यक्तिले कर्मचारीलाई हात हालेको सिसिटिभी फुटेज भने लुकाउने गरेको उनले बताईन् ।

धर्मभक्त अंग प्रत्यारोपण केन्द्रले गरेको अत्याचारबारे प्रशासन र प्रहरीसमक्ष उजुरी गरे पनि कुनै सुनवाई नभएको उनले बताईन् । समस्या समाधान गर्नुको साँटो राजनीतिक रंग दिएर आफूहरुलाई भौतिक कारबाही गर्ने धम्की दिइएको उनको दाबी छ ।

“मलाई अहिले लागिरहेको छ, किन यो पेशा रोजेँ । तर म हारेको छैन । न्याय नपाएसम्म लडिरहन्छु । मर्न तयार भइसकेको छु ।” जतीको भनाई छ । उनले नर्स पेशामा हुने गरेको सबैखाले विकृति र अन्यायको अन्त्य नभएसम्म लडाई जारी राख्ने बताएकी छिन् ।

समस्या समाधान र आफूहरुका माग पूरा गराउन नेपाल नर्सिङ संघ र स्वास्थ्य मन्त्रलयबीच ११ बुँदे सम्झौता भए पनि त्यसको कार्यान्वयन नभएको अध्यक्ष द्योलाले जानकारी दिइन् । ६ महिनाअघि ११ बुँदे सम्झौता भएको थियो । सम्झौता तुहाउने खेलमा धर्मभक्त अंग प्रत्यारोपण केन्द्र, नेपाल नर्सिङ संघ र स्वास्थ्य मन्त्रालय नै षडयन्त्रमा लागेको सदस्य ट्रजिना जतीको आरोप छ ।

प्रतिकृया दिनुहोस

प्रधानमन्त्रीको विदेश मामिला सल्लाहकारमा

राष्ट्र बैंकले भन्योः शैक्षिक प्रमाणपत्र

सिंहदरबार निर्माणको काम १८ महिनामा

मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको

३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि

जनप्रतिनिधि विकासमा जुटेका छन,जनताको

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला