प्रधानमन्त्रीको चीन भ्रमणः ‘ब्रेक–थ्रु’ भएनः डा. महत

     प्रधानमन्त्रीको चीन भ्रमणः ‘ब्रेक–थ्रु’ भएनः डा. महत

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सकारात्मक भएपनि भ्रमणबाट कुनै ‘ब्रेक थ्रु’ नभएको स्पष्ट पारेका छन् । 

आईतबार रिपोर्टर्स क्लबले गरेको कार्यक्रममा चीनसँग भएका सम्झौतालाई आफूहरुले सकारात्मक लिएको तर बाहिर प्रचार गरिएकोजस्तो कुनै उलटपुलट नभएको बताए । उनले भने,‘चीनसँग आर्थिक सम्बन्ध विकसित गर्नु राम्रो कुरा हो, भ्रमणले धेरै राम्रो संकेत गरेको छ।’ प्रधानमन्त्रीमा वहाली भएपछि चीन वा भारत भ्रमणमा जाने कुरा त परम्परा नै भएको उनको भनाई थियो । 

चीनको ओविआर अवधारणमामा तत्कालिन प्रधानमन्त्री सुशिल कोइराला सन् २०१४ को अगष्टमा चीन भ्रमणमा जाँदा नै मौखिक सहमति जनाएको उल्लेख गर्दै नेता महतले भने,‘ओविआरमात्रै होईन, एशियाली पूर्वाधार विकास बैंकको नेपाल त संस्थापक सदस्य हो, मेरै प्रस्तावमा यो अघि बढेको हो, म चीन गएको बेला यसमा हस्ताक्षर गरेको थिएँ।’ अहिले प्रधानमन्त्री ओलीले चीन भ्रमणको क्रममा यी लगायतका विषयमा गरेको सम्झौताले थप आयाम थपेको उनको विश्वास छ । उनले भने,‘यो अत्यन्तै सकारात्मक छ।’ यद्धपी उनले भ्रमणको दौरान चिनियाँ पक्षसँग भएका कतिपय द्धिपक्षीय सम्झौता (एमओयू) भएको पनि खुशी व्यक्त गरे । तर ती सम्झौताहरु द्रुत गतिमा कार्यान्वयनमा जानुपर्नेमा उनको जोड छ । 

नेकपाका स्थायी कमिटी सदस्य केशबप्रसाद बडालले चिनियाँ रेल सके अनुदानमा नभए पनि दुवै देशको संयुक्त लगानीमा बनाउँदा राम्रो हुने स्पष्ट पारेका छन् ।  नेता बडालले विभिन्न माध्यमबाट नेपाल र चीन जोड्न जरुरी रहेको सुनाउँदै भने,‘सम्भव हुँदा मित्रराष्ट्र भारत र चीनबाट नेपालमा अनुदानमा रेल ल्याउँदा राम्रो हुन्छ, यदि त्यो सम्भव नभए दुवै देशको संयुक्त लगानीमा पनि बनाउन सकिन्छ ।’ 

उनले रेलवे, सडक र टा«न्समिशनमार्फत दुवै देशलाई जोड्न आवश्यक रहेको सुनाए । उनले भने,‘यी सबै माध्यमबाट कनेक्टिभिटी जरुरी छ ।’ प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण समग्रमा सफल रहेको उनको विश्वास थियो । भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सि जिनफिङलाई नेपाल भ्रमणको लागि पठाएको निमन्त्रणा समेत प्रदान गरेकोले चिनियाँ राष्ट्रपति छिट्टै नेपाल भ्रमणमा आउने बताउँदै उनले भने,‘यो धेरै ठूलो उपलब्धि हो ।’

 

प्रतिकृया दिनुहोस

प्रधानमन्त्रीको विदेश मामिला सल्लाहकारमा

राष्ट्र बैंकले भन्योः शैक्षिक प्रमाणपत्र

सिंहदरबार निर्माणको काम १८ महिनामा

मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको

३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि

जनप्रतिनिधि विकासमा जुटेका छन,जनताको

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला