प्रधानमन्त्री ओली चीनतर्फ प्रस्थान,के–के छ कार्यतालिका ?

 प्रधानमन्त्री ओली चीनतर्फ प्रस्थान,के–के छ कार्यतालिका ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेका छन् । चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा प्रधामन्त्री ओली मंगलबार बिहान ९ बजे  हिमालयन एयरलाइन्सको विमानबाट चीनतर्फ प्रस्थान गरेका हुन् । 

११९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बेइजिङ उडेका  प्रधानमन्त्री ओलीको भ्रमण दलमा ४ जना मन्त्री, उच्च सरकारी प्रतिनिधि ४७ जना, विभिन्न राजनीतिक दलका संघीय संसद् सांसद ९ जना, निजी क्षेत्रबाट ५२ जना, सञ्चारकर्मी ११  जना रहेका छन् । 

प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति सी चिङफिङ, प्रधानमन्त्री ली खछियाङलगायत चीनका उच्चस्तरीय नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम छ ।  परराष्ट्र मन्त्रालयका अनुसार उहाँले चीनका वरिष्ठ नेतासँग भेटवार्ता गर्नाका साथै नेपाल–चीन व्यापारिक मञ्च तथा विद्वत् समूहलाई बेइजिङमा सम्बोधन गर्नुहुनेछ । 

परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले चीनका राष्ट्रपति सी चीन फिङले अघि सार्नुभएको ‘एक क्षेत्र एक मार्ग (बीआरआई) अन्तर्गत पूर्वाधार निर्माण, लगानी, ऊर्जा, पर्यटनलगायत विषयमा द्विपक्षीय छलफल र समझदारीपत्रमा समेत हस्ताक्षर हुने बताएका छन् ।  नेपालको आर्थिक सामाजिक विकास र समृद्धि प्राप्त गर्ने सरकारको लक्ष्यलाई केन्द्रविन्दुमा राखेर प्रधानमन्त्रीको भ्रमणको तयारी गरिएको उनको भनाई छ ।  

प्रधानमन्त्री ओलीका साथ उहाँकी धर्मपत्नी राधिका, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल लगायत छन् ।   ओली तिब्बतको ल्हासा हुँदै असार १० गते नेपाल फर्कने छन् । 

प्रतिकृया दिनुहोस

प्रधानमन्त्रीको विदेश मामिला सल्लाहकारमा

राष्ट्र बैंकले भन्योः शैक्षिक प्रमाणपत्र

सिंहदरबार निर्माणको काम १८ महिनामा

मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको

३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि

जनप्रतिनिधि विकासमा जुटेका छन,जनताको

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला