पशुपति क्षेत्रमा ५ हजार बिरुवा रोपिने

पशुपति क्षेत्रमा ५ हजार बिरुवा रोपिने

काठमाडौ‌ं– विश्व सम्पदा सूचीमा सूचीकृत संसारका वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई हरियाली बनाउन वृक्षारोपण अभियान सुरु भएको छ। सो अभियानअन्तर्गत ५ हजार बिरुवा रोपिने बताइएको छ। 

अभियानको शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्रप्रसाद अधिकारीले शुभारम्भ गरे। अभियान शुभारम्भसँगै मृगस्थली जंगल क्षेत्रमा वेलपत्र, लोतसल्लो, चिलाउने, लप्सी, पारिजातलगायत जातका २ सय ५० बिरुवा रोपिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदीप ढकालले जानकारी दिए  ।

रोपिएका बिरुवा हुर्काउन पनि कोषले मानिस खटाउने भएको छ। एउटा बिरुवा हुर्काउन ११ हजार १ सय १४ रुपयाँ बराबरको खर्च लाग्ने उनले बताए। पशुपति क्षेत्रमा श्रद्धालु भक्तजनले जन्मदिन, वैवाहिक वर्षगाँठलगायत शुभ अवसरमा वृक्षारोपण गरी हुर्काउन चाहेमा त्यो अवसर प्रदान गर्ने कोषले निर्णय गरेको छ।  यसै हप्ता युरेसिया रेयुकाईले ३ सय बिरुवा रोप्न स्वीकृति लिएको कोषले जनाएको छ।

प्रतिकृया दिनुहोस

प्रधानमन्त्रीको विदेश मामिला सल्लाहकारमा

राष्ट्र बैंकले भन्योः शैक्षिक प्रमाणपत्र

सिंहदरबार निर्माणको काम १८ महिनामा

मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको

३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि

जनप्रतिनिधि विकासमा जुटेका छन,जनताको

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला