२ जना कैदी फरार

 २ जना कैदी फरार

दाने बोहरा/ सिमिकोट हुम्ला जिल्ला प्रहरी कार्यालयको हिरासतबाट शुक्रबार बिहान २ जना कैदी फरार भएका छन् ।

  फरार हुनेमा कर्तब्य ज्यान मुद्दामा पुर्पक्षका लागि ७ महिना अधि कारागार चलान गरिएका हुम्ला जिल्ला चंखेली गाँउपालिका ३, मिमिका लोकेन्द्र बुढा र चोरी तथा सार्बजनिक अपराध सम्बन्धि मुद्दा लागि १० हजार धरौटीको रकम भुक्तान गर्न नसकेर जेलमा बसिरहेका खार्पुनाथ गाउपालिका ४ छिप्राका लेखे नेपाली रहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक बिष्णु बहादुर सिंहले बताए ।  जिल्लामा रहेका कारागार भवन नहुँदा कैदीहरु बिगत ७ बर्ष देखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राख्दै आएको छ ।

हिरासतमा रहेका कैदीहरु शुक्रबार बिहान ३ देखि ५ बजे भित्र भागेको हुन सक्ने निरीक्षक सिंहले बताए । उनीहरु फरार भएको थाहा पाउने बित्तिकै जिल्ला भर  प्रहरी परिचालन गरिएको थियो ।खोजतलासका क्रममा कर्तब्य ज्यान मुद्दाका लोकेन्द्र बुढालाई नियन्त्रणमा लिइएको र नेपाली अझै परार रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी रबिन श्रेष्ठले बताए ।

प्रतिकृया दिनुहोस

नक्कली नोट छाप्ने मेसिनसहित ३ जना

युवा वैज्ञानिकलाई स्वदेश फर्कन उपराष्ट्रपति

राष्ट्रपति भण्डारी र जापानका प्रधानमन्त्री

मंसिर २१ गते हुने उपनिर्वाचनको यस्तो

स्थानीय जनप्रतिनिधिले मासिक सुविधा

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी,

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला