सार्टुकका महासचिव लक्ष्मण बस्नेतलाई ट्रेड युनियन कांग्रेसमा गुटवन्दी गरेको आरोप  

सार्टुकका महासचिव लक्ष्मण बस्नेतलाई ट्रेड युनियन कांग्रेसमा गुटवन्दी गरेको आरोप  

अमरवाणी संवाददाता/काठमाडौं साउथ एशियन रिजनल ट्रेड युनियन काउन्सिल (सार्टुक) का महासचिव लक्ष्मणबहादुर बस्नेतलाई ट्रेड युनियन कांग्रेसमा गुटवन्दी गरेको आरोप लागेको छ । 

सार्क मुलुकका ट्रेड युनियनहरुको साझा संगठन सार्टुकका महासचिव भएर आफ्नै संयोजकत्वमा नेपाल ट्रेड युनियन कांग्रेसको आगामी अध्यक्षका उम्मेदवारमा पुस्कर आचार्यलाई अघि सारेपछि उनलाई यस्तो आरोप लागेको हो ।  सबै ट्रेड युनियनहरुलाई समन्वय गरेर अघि बढनुपर्ने दायित्व बोकेको संगठनका महासचिवले एउटा ट्रेड युनियन भित्रै गुटबन्दी गर्नु सार्टुकको मान्यता विपरित भएको प्रधानमन्त्रीका सल्लाहकार एवम् संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी) का पूर्व अध्यक्ष विष्णु रिमालले बताए । उनले भने,‘बस्नेत जीको यो कामले ट्रेड युनियनभित्र टुट्फुटको अवस्था सिर्जना गरेको छ, यो खराब काम भयो ।’

बस्नेतले जेटीयूसीसीमा समेत नेपाल ट्रेड युनियन कांग्रेसबाट प्रतिनिधित्व गर्दै आएका छन् । उनी ट्रेड युनियन कांग्रेसको पूर्व अध्यक्ष एवम् वर्तमान कार्यसमितिको आमन्त्रित सदस्य पनि हुन् ।  ट्रेड युनियन कांग्रेसभित्र आफ्नो समूह खडा गरेर अध्यक्षको उम्मेदवार बनाउनुलाई बस्नेत सार्टुकको मान्यता विपरित नभएको दाबी गर्छन् । उनी भन्छन्‘म ट्रेड युनियन कांग्रेसको प्रतिनिधिका रुपमा आएको हुँ, त्यसैले मैले प्रतिनिधित्व गर्ने संगठनमा मेरो पक्षको उम्मेदवार उठाउँदा कसैको किन आपत्ति ?’ 

यता,ट्रेड युनियन कांग्रेसका अध्यक्ष खिला दाहाल बस्नेतको यो धारणासँग सहमत देखिँदैनन् । दाहाल भन्छन्,‘सार्टुक जस्तो ट्रेड युनियनहरुका साझा संगठनको महासचिव भएर एउटा ट्रेड युनियन भित्र आफ्नो गुट बनाउनु ट्रेड युनियनको भविष्यका निम्ति शुभ संकेत होइन ।’ सन् १९८८ मा गठन भएको दक्षिण एशियाली क्षेत्रीय ट्रेड युनियन काउन्सिलमा नेपाल,भारत बंगलादेश,पाकिस्तान,श्रीलंका, माल्दिभ्स,भूटान र अफगानिस्तान सदस्य रहेका छन् भने नेपालका सबै ट्रेड युनियन यसमा आवद्ध छन् ।          

प्रतिकृया दिनुहोस

प्रधानमन्त्रीको विदेश मामिला सल्लाहकारमा

राष्ट्र बैंकले भन्योः शैक्षिक प्रमाणपत्र

सिंहदरबार निर्माणको काम १८ महिनामा

मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको

३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि

जनप्रतिनिधि विकासमा जुटेका छन,जनताको

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला