संसद नियामावलीमा कांग्रेसको विमति छैनः सभापति पोखरेल

    संसद नियामावलीमा कांग्रेसको विमति छैनः सभापति पोखरेल

 काठमाडौं । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति कृष्णभक्त पोखरेलले संसदको नियमावली मस्यौदामा प्रतिपक्षी नेपाली कांग्रेसको विमति नरहेकाले भोलिसम्ममा सर्वसम्मति पारित बताएका छन् । 

काठमाडौंमा आयोजित कार्यक्रममा सभापति पोखरेलले संसद सञ्चालन नियामावली आन्तरिक कार्यविधि भएकोले यसलाई भोटिङ्मा लैजानु भन्दापनि सर्वसम्मतीबाटै पारित गर्ने पक्षमा आफूहरू र प्रतिपक्षी दल कांग्रेस रहेको स्पष्ट पारे । कार्यक्रमा उनले सरकारले ल्याएको आर्थिक वर्ष २०७५÷०७६ को बजेट मुलुकको आर्थिक समृद्धिको पक्षमा रहेकोले स्पष्ट पारे । बजेटले रोजगारीको सुनिश्चितता् गरेको, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रहरुको बारेमा सुश्चितता गरेको बताउँदै पोखरेलले बजेट सबैको साझा बनेको जिकिर गरे । 

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले फोरम सरकारमा सहभागी हुँदैमा राजपा नेपाललाई कुनै असर नपर्ने बताएका छन् । उनले भने,‘फोरम सरकारमा गएको छ, यसले राजपालाई कुनै असर हुँदैन् ।’  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता महेन्द्र यादवले संसद सञ्चालन नियामावली तदर्थ चलाउनु राम्रो नभएको बताए । उनले भने,‘नियामावली चाँडै नै सहमतिमा पारित गर्नुपर्छ, सबैको सहमतिमा पारित गर्ने समझदारी भएको छ, तर बहुमतमा पारित गर्दा यसले नकारात्मक असर गर्छ ।’ सरकारले ल्याएको बजेटबारे मुख्यमन्त्रीहरुले नै असन्तुष्टि पोखेको बताउँदै नेता यादवले भने,‘नेकपाकै मुख्यमन्त्रीहरुले बजेटबारे असन्तुष्टि जनाएका छन्, यसले गर्दा थाहा हुन्छ, बजेटको पक्ष वा विपक्षबारे बुझ्न सजिलो हुन्छ ।’

प्रतिकृया दिनुहोस

नक्कली नोट छाप्ने मेसिनसहित ३ जना

युवा वैज्ञानिकलाई स्वदेश फर्कन उपराष्ट्रपति

राष्ट्रपति भण्डारी र जापानका प्रधानमन्त्री

मंसिर २१ गते हुने उपनिर्वाचनको यस्तो

स्थानीय जनप्रतिनिधिले मासिक सुविधा

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी,

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला