अब ११ लाखको जग्गा बेच्दा १ लाख १० हजार कर 

अब ११ लाखको जग्गा बेच्दा १ लाख १० हजार कर 

काठमाडौं । सरकारले घरजग्गा कारोबार निरुत्साहित गर्ने नाममा पूँजीगत लाभकरको सीमा घटाएको छ । मंगलबार प्रस्तुत आर्थिक वर्ष २०७५/७६ को बजेटले  १० लाखको घरजग्गा कारोबार गर्दा १ लाख १० हजार कर तिर्नुपर्ने व्यवस्था गरेको छ । जबकि यसअघि ३० लाख रुपियाँभन्दा माथि मात्र यस्तो कर उठाउने व्यवस्था थियो । 

घरजग्गा व्यवसायी अरुण नेपाल भन्छन्‘यसले थोरै जग्गा बेच्ने व्यक्ति मारमा पर्नेछन् ।’ एकैपटक पुँजीगत लाभकरको सीमा २० लाख तल झार्दा राजस्व त वढ्छ यसले घरजग्गा धनीलाई मात्र मर्का पर्ने होइन किन्ने मान्छेलाई पनि समस्या पर्छ ।’ सरकारले शहरी क्षेत्रमा हुने जग्गा कारोबारबाट पुँजीगत लाभकर बढी उठउने उद्देश्यले यस्तो व्यवस्था गरेको छ । तर, मालपोतका कर्मचारीसँग मिलेमतो गरी कारोबारको रकम कम देखाएर पुँजीगत लाभकर नतिर्ने समस्यामा भने रहँदै आएको छ ।

सरकारले अनुत्पादक क्षेत्रमा हुने लगानीलाई निरुत्साहन गर्न यो नीति ल्याएको हो । घर जग्गा कारोबारमा कालो धनको प्रवेश बढेपछि सरकारले यसविरुद्ध निर्मम नीति लिएको हो । 

यो नीतिसँगै घरजग्गाको कारोबारमा कमी आउने विश्लेषण गरिएको छ । अहिले शहरी क्षेत्रमा घरजग्गाको कारोबार तीव्र रुपमा बढेको छ । सरकारले बजेटमार्फत घरजग्गाको कारोबारमा संलग्न कम्पनीले इजाजतपत्र लिनुपर्ने व्यवस्था गरेको छ ।

प्रतिकृया दिनुहोस

बैतडीमा डोजर आक्रमण : ८ जना घाइते, चालकसहित

गायक दुर्गेश थापा पक्राउ

नक्कली नोट छाप्ने मेसिनसहित ३ जना

युवा वैज्ञानिकलाई स्वदेश फर्कन उपराष्ट्रपति

राष्ट्रपति भण्डारी र जापानका प्रधानमन्त्री

मंसिर २१ गते हुने उपनिर्वाचनको यस्तो

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला