बालकृष्ण ढुङ्गेल रिहा,पेरिसडाँडामा खुशीयाली

 बालकृष्ण ढुङ्गेल रिहा,पेरिसडाँडामा खुशीयाली

काठमाडौं । द्वन्द्वकालीन मुद्दामा जेल सजाय भुक्तान गरिरहेका पूर्व सांसद एवम् माओवादी नेता बालकृष्ण ढुङ्गेल लगायत २१६ जना कैदीले आममाफी पाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले ११ औं गणतन्त्र दिवसका अवसर पारेर मन्त्रिपरिषद्को निर्णय बमोजिम कैदीबन्दीले माफी दिइएको हो ।

 राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचलित कामनुन बमोजिम असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य देखिएका तेम्बा शेर्पा सहित ८१६ जना कैदीलाई माफी दिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । तर, बालकृष्णको बारे भने केही उल्लेख छैन । मन्त्रिपरिषदको सिफिारिस बमोजिम ११ औं गणतन्त्र दिवसको उपलक्ष्यमा उनीहरुलाई संविधानको धारा २७६ बमोजिम माफी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जनाएका छन् ।

ढुङ्गेल छुटेपछि उनका शुभेच्छुकले अहिले नेपाल कम्युनिष्ट पार्टीको कार्यलयमा कार्यक्रम राखेको  छ । त्यहाँ उनले आफ्नो अनुभव साट्ने वताइएको छ । बालकृष्णको रिहाइबारे सर्वोच्चमा मुद्धा विचारधीन छ । गत सोमबारमात्र सर्वोच्चले उनलाई रिहा गर्नुको लिखित कारण पेश गर्न सरकारका नाममा आदेश दिएको थियो । तर, मन्त्रिपरिषद्ले त्यसको जवाफ नदिई ४० प्रतिशत कैद अवधी पूरा भएका र असल चालचलन भएका कैदीलाई बाँकी कैदको सजाय माफी दिन सकिने भन्दै उनलाई आममाफी दिएको छ । 

आइतवार साँझ बसेको  मन्त्रिपरिषद्को बैठकले सजाय माफीको निर्णय राष्ट्रपति कार्यालयमा पठाएको बताइन्छ। 

ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोग लागेका ढुंगेलले द्वन्द्वकालमै ७ वर्ष जेल परेका थिए । शान्ति प्रक्रियापछि सर्वोच्च अदालतले ढुंगेललाई सर्वस्वसहित जन्मकैदको सजाय तोकेको थियो ।

प्रतिकृया दिनुहोस

नक्कली नोट छाप्ने मेसिनसहित ३ जना

युवा वैज्ञानिकलाई स्वदेश फर्कन उपराष्ट्रपति

राष्ट्रपति भण्डारी र जापानका प्रधानमन्त्री

मंसिर २१ गते हुने उपनिर्वाचनको यस्तो

स्थानीय जनप्रतिनिधिले मासिक सुविधा

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी,

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला