गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिको सन्देशः राष्ट्रिय एकता र समृद्ध राष्ट्र निर्माणमा सबै एकजुट 

गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिको सन्देशः राष्ट्रिय एकता र समृद्ध राष्ट्र निर्माणमा सबै एकजुट 

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ११ औं गणतन्त्र दिवसका उपलक्ष्यमा सन्देश दिँदै सबै नेपालीलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकता प्रवद्र्धन र समृद्ध राष्ट्र निर्माणमा एक जुट हुन प्रेरणा प्रदान गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेकी छन्।

 मंगलबार शुभकामना सन्देश दिँदै राष्ट्रपतिले जनभावनाको कदर गर्दै संविधान र कानूनद्वारा निर्दिष्ट दायित्व पूरा गर्न कटिबद्ध हुनुपर्ने महत्वपूर्ण घडी आएको बताइन् । सन्देशमा भनिएको छ, ‘मुलुकमा सुदृढ शान्ति कायम गर्ने, राजनीतिक स्थायित्व हासिल गर्ने र आर्थिक विकास गर्ने नेपाली जनताको उत्कृष्ट चाहनालाई साकार पार्ने अवसर प्राप्त भएको छ।’ त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले गणतन्त्र प्राप्तिका लागि विभिन्न कालखण्डमा भएका जनान्दोलन, सशस्त्र संघर्ष, जनयुद्व र २०६२/६३ को ऐतिहासिक जनआन्दोलनमा जीवन बलिदान दिने सम्पूर्ण शहीदलाई श्रद्धाञ्जलि अर्पण गर्दै संघर्षका क्रममा घाइते हुनुभएका योद्धाको स्वाथ्यलाभको कामना गरेका छन्।

गणतन्त्र दिवसका उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओली,प्रमुखप्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरवहादुर देउवा लगायत अन्य व्यक्तित्वहरुले गणतन्त्र दिवसको शुभकामना व्यक्त गरेका छन् । यसअघि गणतन्त्र दिवसका उपलक्ष्यमा सरकारले विदा दिँदै आएपनि प्रधानमन्त्री ओली नेतृत्वको सरकारले विदा कटौती गरेको छ । यसको कतिपय संस्थाले विरोध गरेका छन् ।   

 

प्रतिकृया दिनुहोस

नक्कली नोट छाप्ने मेसिनसहित ३ जना

युवा वैज्ञानिकलाई स्वदेश फर्कन उपराष्ट्रपति

राष्ट्रपति भण्डारी र जापानका प्रधानमन्त्री

मंसिर २१ गते हुने उपनिर्वाचनको यस्तो

स्थानीय जनप्रतिनिधिले मासिक सुविधा

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी,

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला