डा. महत भन्छन्, सरकारको नीति तथा कार्यक्रम ‘ड्रिमिङ टार्गेट्स’

डा. महत भन्छन्, सरकारको नीति तथा कार्यक्रम ‘ड्रिमिङ टार्गेट्स’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. रामशरण महतले सरकारले ल्याएको नीति तथा कार्यक्रममा वार्षिक कार्यक्रमको चरित्र नदेखिएको आरोप लगाएका छन् ।

महतले यसमा वार्षिक कार्यक्रम भन्दा पनि ५/१० वर्षे कार्य योजना रहेकाले यसलाई ‘ड्रिमिङ टार्गेट्स’ भन्न मिल्ने दाबी गरे । मंगलबार रिपोर्टर्स क्बल नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतले भने,‘सरकारको यो नीति तथा कार्यक्रम मुल चरित्रभन्दा बाहिरको छ, ५ वर्षका लक्ष्यहरु समावेश गरिएका छन्, तर लक्ष्य हाँसिल गर्ने कुनै आधार छैन ।’ नेता महतले भने, ‘अहिलेको नीति तथा कार्यक्रमले ‘ड्रिमिङ् टार्गेट्स’ राखेको बताए ।’

उनले थपे,‘कार्यान्वयनको योजना छैन, आगामी पाँच वर्षभित्र राष्ट्रिय आय दोब्बर बनाउँछौं भनिएको छ, त्यसको लागि वर्षमा १५ प्रतिशतको आर्थिक वृद्धि हुनुपर्छ, यो दुनियाँमै कहीँपनि भएको छैन, बढिमा भयो भने ७ देखि ८ प्रतिशत मात्रै हो ।’ डाक्टर महतले थपे,‘१० वर्षभित्र मध्यम आय भएको मुलुक बनाउँछौं भनिएको छ, तर लक्ष्य हाँसिल गर्ने आधार खोई ?

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले ल्याएको नीति तथा कार्यक्रमहरु प्रचारमुखी नभइ व्यवहारमूखी भएको जिकीर गरे । उनले भने,‘ सरकारले वास्तविक धरातलमा उभिएर कार्यक्रमहरु ल्याएको उनको भनाइ छ । कार्यक्रमा मन्त्री महासेठले ५ वर्षभित्र सरकारले दोहोर अंकको आर्थिक वृद्धि हाँसिल गरेरै छाड्ने उद्घोष गरे । उनले भने,‘चाहे हाईडा पावर होस्, वा भौतिक पूर्वाधारकै कुरा होस्, हामी सबै आयोजनाहरु पूरा गर्छौं, पैसाको अभाव छैन, सही अर्थमा काम गर्ने हो, जनताका सपनाहरु पूरा गर्छौं ।’

 

प्रतिकृया दिनुहोस

नक्कली नोट छाप्ने मेसिनसहित ३ जना

युवा वैज्ञानिकलाई स्वदेश फर्कन उपराष्ट्रपति

राष्ट्रपति भण्डारी र जापानका प्रधानमन्त्री

मंसिर २१ गते हुने उपनिर्वाचनको यस्तो

स्थानीय जनप्रतिनिधिले मासिक सुविधा

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी,

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला