३८ केजी सुन तस्करीका मुख्य अभियुक्त ‘गोरे’ गौरीघाटबाट पक्राउ

 ३८ केजी सुन तस्करीका मुख्य अभियुक्त ‘गोरे’ गौरीघाटबाट पक्राउ

 काठमाडौं । ३८ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रती ‘गोरे’ लाई प्रहरीले काठमाडौंको गौरीघाटबाट पक्राउ गरेको छ ।  बुधबार गृह मन्त्रालयले पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरेको छ ।

‘गोरे’काठमाडौं आएको सुईको पाएको प्रहरीले पछ्याएर  बिहान ५ बजेर ३४ मिनेटमा गौरीघाटबाट पक्राउ गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।  उनलाई आजै जिल्ला अदालत मोरङ पठाउने मन्त्रालयले बताएको छ । ३३ केजी सुन तस्करी र गायव भएको प्रकरणले उग्र रुप लिँदा यस प्रकरणमा ३ जनाको ज्यान गइसकेको छ भने उच्च प्रहरी अधिकृतसहित ३२ जना यस काण्डमा पक्राउ परेका छन्। 

छानबिन समितिका संयोजक ईश्वरराज पौडेलले प्रहरीले विशेष सुराकीका आधारमा ‘गोरे’लाई पक्राउ गर्न सफल भएको जानकारी दिए । उनलाई आजै मोरङ जिल्ला अदातल समक्ष पेश गर्ने पनि पौडेलको भनाइ छ ।   सुन तस्करी घटना र सनम शाक्य हत्या प्रकरणबारे छानविन गर्न सरकारले गठन गरेको छानविन समितिले उनलाई खोज्दै आएको थियो । उनी फरार थिए । 

फागुन तेस्रो साता प्रहरीले ६३ जना विरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गरेको थियो । गोरे सहित ३३ जनालाई फरारको सूचीमा राख्दै दर्ता मुद्दामाथि अदालतमा थुनछेक बहस जारी छ ।  

प्रतिकृया दिनुहोस

बैतडीमा डोजर आक्रमण : ८ जना घाइते, चालकसहित

गायक दुर्गेश थापा पक्राउ

नक्कली नोट छाप्ने मेसिनसहित ३ जना

युवा वैज्ञानिकलाई स्वदेश फर्कन उपराष्ट्रपति

राष्ट्रपति भण्डारी र जापानका प्रधानमन्त्री

मंसिर २१ गते हुने उपनिर्वाचनको यस्तो

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला