१० वर्षमा विकासशील राष्ट्र बन्ने घोषणा 

 १० वर्षमा विकासशील राष्ट्र बन्ने घोषणा 

काठमाडौं । सरकारले आगामी १० वर्षभित्रमा नेपाललाई विकासशील राष्ट्र बनाउने घोषणा नीति तथा कार्यक्रममा गरेको छ । 

सोमबार सघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभा वैठकमा आर्थिक वर्ष २०७५/७५ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले  नेपाललाई १० वर्षभित्र मध्यमस्तरको आयसहित विकासशील राष्ट्र बनाउने उल्लेख गरिन् । 

नीति कार्यक्रमले कतिपय पुरानैलाई निरन्तरता दिएको छ भने कति विषय थपेको छ ।  आर्थिक प्रशासनमा सुधार, ५ वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धि, प्रविधीको विकासलाई उच्च प्राथमिकता, ५ वर्षभित्र सबैलाई रोजगार बनाउने र राष्ट्रिय तथ्यगत विवरण तयार गरिने नीति तथा कार्यक्रममा भनिएको छ ।  सुरक्षा, परराष्ट्र सम्बन्धका विषयमा अध्ययनका लागि विज्ञहरुको थिंक ट्यांक बनाइने छ।

नेपालको अर्थतन्त्रलाई उच्च आर्थिक वृद्धिदरसहित सबल बनाइने र त्यसका लागि अर्थतन्त्रको संरचनामै परिमार्जन गरिने योजना पनि सरकारको रहेको छ।

कृषि, उर्जा, उद्योग, पर्यटन सहरी उर्जालाई प्रोत्साहन गरेको नीति तथा कार्यक्रममा भनिएको छ– ‘वित्तीय अनुसशासनमा कडाई गरिनेछ, सरकारी कोष दुरुपयोगमा अंकुश लगाइनेछ। आन्तरिक स्रोत परिचालनमा बढावा, पूँजी बजारको विस्तार, आन्तरिक बजारलाई गतिशीलता र सम्पत्ति शुद्धिकरणमा कठोर कदम चालिनेछ।’ 

५ वर्षमा कृषिमा आश्रित जनशक्ति उत्पादन, कृषि उत्पादन बढाउन आधुनिकीकरण र प्राविधिकीकरण गरिने पनि सरकारको नीति रहेको छ। ‘कृषियोग्य भुमिको खण्डिकर र अतिग्रहण रोकिनेछ, उत्पादन विविधिकरण गरिनेछ’, कार्यक्रममा भनिएको छ।

‘कृषि उत्पादनलाई चाहिने मल विउ पशु सेवा केन्द्रमार्फत उपलब्ध, कृषि ज्ञान केन्द्र स्थापना गरिनेछ, उत्पादन, विक्री वितरण मूल्य नियन्त्रण गरिनेछ। वन व्यवस्थापनलाई बैज्ञानिक बनाइनेछ’, सरकारको नीति तथा कार्यान्वयनमा भनिएको छ।

रेल र जलमार्ग प्राथमिकता

सरकारको नीति तथा कार्यक्रममा रेलमार्ग र जलमार्ग निर्माण प्राथमिकतामा परेको छ। राष्ट्रपति भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा लगानी प्रोत्साहन गरी मेची–महाकाली, रक्सौल–काठमाडौं, रसुवागढी काठमाडौं रेलमार्ग निर्माण गरिने तथा कोशी, गण्डकी रकर्णाली नदीमा जल यातायात सञ्चालन गर्न कानूनी तथा संस्थागत वातावरण बनाइने उल्लेख छ।

पेट्रोलियम पदार्थको भण्डारण क्षमता विस्तार गर्ने योजना रहेको नीति तथा कार्यक्रममा वर्तमान पुस्ताले महसुस गर्नेगरी नै विकास र समृद्धि गरिने उल्लेख छ।  गौतमबुद्ध विमानस्थल १ वर्षभित्र सञ्चालनमा ल्याइने तथा पोखरा विमानस्थल ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य बोकेको सरकारले तीन वर्षभित्र धरहरा, काष्टमण्डप र रानीपोखरी पुनःनिर्माण गरिसक्ने जनाएको छ।

प्रतिकृया दिनुहोस

बैतडीमा डोजर आक्रमण : ८ जना घाइते, चालकसहित

गायक दुर्गेश थापा पक्राउ

नक्कली नोट छाप्ने मेसिनसहित ३ जना

युवा वैज्ञानिकलाई स्वदेश फर्कन उपराष्ट्रपति

राष्ट्रपति भण्डारी र जापानका प्रधानमन्त्री

मंसिर २१ गते हुने उपनिर्वाचनको यस्तो

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला