बन्द भयो जनकपुर–अयोध्या सिधा बस सेवा

  बन्द भयो जनकपुर–अयोध्या सिधा बस सेवा

जनकपुर । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा नेपाल–भारत दुबै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गरेको जनकपुरधाम– अयोध्या सिधा बस सेवा भ्रमणको १ हप्ता नबित्दै बन्द भएको छ । 

तर नेपालको जनकपुरलाई रामायण सर्किट भनिएको धार्मिक पर्यटन मार्गमा जोड्ने भनी प्रचारित उक्त बस सेवा प्राविधिक प्रक्रियाहरू पूरा हुन बाँकी भएकाले हाललाई रोकिएको बताइएको छ । 

सो बसबाट भारतको अयोध्या पुगेर जनकपुर फर्केका यात्रुहरूले भने खुसी व्यक्त गरेका थिए । जनकपुर वविन शाह भन्छन,‘वस सेवाबाट दुबै देशका यात्रुहरुलाई फाइदा पुगेको थियो ।’

नियमित रूपमा बस सेवा सञ्चालन हुन केही महिना लाग्ने बताइएको छ। बस सेवा सञ्चालनका लागि आवश्यक प्राविधिक प्रक्रियाहरू पूरा हुन बाँकी नै रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलको भनाइ छ ।  मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले भारतका प्रधानमन्त्रीको नेपाल भ्रमणका बेला उक्त बस सेवा स्थायी रूपमा नभई साङ्केतिक रूपमा मात्र सुरु गरिएको बताएका छन्। रामायण सर्किटु अन्तर्गत राम र सीताको चरण परेका स्थलहरुलाई जोड्ने क्रममा सीतामढी भएर अयोध्याका लागि बस सेवा सञ्चालन हुने बताइएको थियो।

बसको भाडा, बस रोकिने स्थलहरू, बस सेवा नेपाली अथवा भारतीय कुन कम्पनीले सञ्चालन गर्ने लगायतका प्राविधिक निर्णयहरू भइसकेको छैनन् ।

 

प्रतिकृया दिनुहोस

बैतडीमा डोजर आक्रमण : ८ जना घाइते, चालकसहित

गायक दुर्गेश थापा पक्राउ

नक्कली नोट छाप्ने मेसिनसहित ३ जना

युवा वैज्ञानिकलाई स्वदेश फर्कन उपराष्ट्रपति

राष्ट्रपति भण्डारी र जापानका प्रधानमन्त्री

मंसिर २१ गते हुने उपनिर्वाचनको यस्तो

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला