कृषि क्षेत्रको मुहार फेर्छुःमन्त्री चक्रपाणी

कृषि क्षेत्रको मुहार फेर्छुःमन्त्री चक्रपाणी

काठमाडौं कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणी खनाल कृषि क्षेत्रका विधमान समस्या हल गर्न आफू लागि परेको बताएका छन्

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा उनले भने,‘कृषकहरुलाई फाईदा हुनेगरी कदम चाल्छु, तरकारीमा रहेको सिण्डिकेट अब तोडिन्छ

सिण्डिकेटबारे हामीले केही गर्नैपर्दैन्, कालिमाटी बजार अहिले जुन रुपमा रहेको , तीन पुस्तादेखि पुस्ता दर कब्जा गरिएको , त्यसलाई उत्पादन जसले गर्छ, त्यही किसानलाई दिने, कृषि मन्त्रालयले अनुदानमा केही गाडी उपलब्ध गराउने, किसानले सिधै पहिलो स्टेनशनबाट उठाएर उत्पादनहरु बजारमा ल्याउने गर्नुभयो भने, मलाई लाग्छ २० खरिद उपभोक्ताको ८० बीचमा रहेको त्यो ४० के गर्ने भन्ने, सिण्किेट हटाउन हटाउनैपर्छ, तर केही समय लाग्छ, सिण्डिकेट तोड्नैपर्छ

आफूले कषि क्षेत्रलाई ध्यानमा राखेरकिसान पेन्सनलगायत केही नयाँ कार्यक्रमहरु ल्याउने पनि उनले खुलासा गरे उनले भने,‘किसान पेन्सन दिनुपर्छ, अनुदान दिनुपर्छ, गरिब परिचयपत्रलाई पनि अघि बढाउनुपर्छ, अहिले २६ जिल्लामा वितरण हुँदैछ उनले सिधै किसानको खातामा जानेगरी पेन्सन पठाउने व्यवस्था गरिने जनाए

नेपालमा जमिनको समस्या रहेको बताउँदै उनले जमीनलाई वर्गीकरण गरेर समस्या हल गर्नेतर्फ आफू केन्द्रीत हुने बताए हाम्रोमा जमीनको वर्गिकरण गरिएको छैन, यसको कारण प्रधानमन्त्री कृषि आधुनिकिरण कार्यक्रम लागु  भैरहेको , यसको लागि ठीक ढंगले जग्गालाई केन्द्रीकृत गर्नुपर्छ, एकीकृत प्रणालीबाट अघि बढ्नुपर्छ

कृषि क्षेत्रमा केके गर्न सकिन्छ भन्नेबारे ईजरायलसँग कुरा भएकोले निकट भविष्यमा सहमति गरिनेपनि मन्त्री खनालले जानकारी दिए नेपालमा ६६ प्रतिशत जनता कृषिमा आधारित रहेपनि उनीहरुको अवस्था नाजुक रहेकोले यसबारेमापनि केही नयाँ गर्ने उद्देश्यले सोचिरहेको उनको भनाई थियो

नेपालबाट उत्पादन भएका कृषिजन्य वस्तुहरु जम्मा १२ देखि १३ अर्वकोमात्रै निर्यात हुने तर हामीले झण्डै ११० अर्बको आयात भैरहेको जनाउँदै भारतसँगको व्यापार घाटा घटाउनको लागि कृषिमा नयाँ क्रान्ति गर्न आवश्यक रहेको मन्त्री खनालले बताए

उनले यसपटकको बजेटमा कृषिलाई प्राथमिकता दिईने पनि विश्वास दिलाए उनले भने,‘कृषि नेपालको अर्थतन्त्रको मेरुदण्ड हो, त्यसैल हामीले बजेटमा कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्छ, २१ औं शताब्दीको कृषि प्रणाली हामीले अपनाउनुपर्छ

अव्यवस्थित् बसोबासको समस्यालाई पनि वर्षभित्रै हल गर्ने उनको विश्वास उनले भने,‘हामी चाँडै भूउपयोग नीति ल्याउँछौं, कसैले दुरुपयोग गरे यस्तो कारबाही गर्छौं भनेर लेख्नेगरि नीति ल्याउँछु उनले कृषिजन्य, व्यवसायिक उद्योगको लागि जमीन छुट्याईने जनाए उने थपे,‘जमिनमा रहेको दोहरो स्वामित्व पनि हामी हल गर्छौं, त्यस्तै सुकुम्बासी समस्या , यसलाईपनि हल गर्नुपर्छ, केही समयभित्रै यी समस्याहरुलाई हल गर्नेगरि लागिपरिरहेको छु

अदुवा, अलैंची, चिया लगायतका नेपालबाट निर्यात हुने वस्तुहरुमा रोक लगाईएकोबारेमा आफूहरुले गम्भिर रुपमा लिएको बताउँदै विगतमा भएका सबैखाले सहमति तथा सम्झौताहरु कार्यान्वयन गर्नुपर्नेमा उनको जोड थियो उनले भने,‘हाम्रा उपजहरु सरासर जान पाउनुपर्छ

 

 

 

 

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस

नक्कली नोट छाप्ने मेसिनसहित ३ जना

युवा वैज्ञानिकलाई स्वदेश फर्कन उपराष्ट्रपति

राष्ट्रपति भण्डारी र जापानका प्रधानमन्त्री

मंसिर २१ गते हुने उपनिर्वाचनको यस्तो

स्थानीय जनप्रतिनिधिले मासिक सुविधा

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी,

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला