जनकपुरको विकासका लागि मोदीले गरे १०० करोड सहयोगको घोषणा

जनकपुरको विकासका लागि मोदीले गरे १०० करोड सहयोगको घोषणा

 

जनकपुर । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रदेश नं २ को विकासका लागि १०० करोड सहयोगको घोषणा गरेका छन् ।

२ दिने नेपाल भ्रमणका क्रममा शुक्रबार जनकपुरको बाह्रविघा मैदानमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै मोदीले सहायता दिने घोषणा गरेका हुन् । कार्यक्रममा आफू भारतीय प्रधानमन्त्रीको रुपमा नभइ तीर्थयात्रीका रुपमा जनकपुर आएको बताए । 

जनकपुरको सांस्कृतिक सभ्यता हजारौं वर्ष पुरानो रहेका भन्दै भ्रदकाली एकादशीका दिन आफूले यसभूमिमा पाइला टेक्न पाउनु सुखद पक्ष मोदीले टिप्पणी गरे ।

प्रधानमन्त्री मोदीले नेपाल –भारत सम्बन्ध अहिलेको नभइ त्रेता युगदेखि भएको भन्दै दुबै देश एकअर्काका परिपूरक भएको बताए । धार्मिक सांस्कृतिक रुपमा नेपाल र भारत जोडिएको भन्दै यो डोरी मित्रता, मायाको भएको बताए ।

२०१४ मा मैले नेपाल आएको बेला संविधानसभामा जनकपुर आउछु भनेर भनेको थिए । त्यतिबेला आउन सकिएन् । आउन समय लाग्यो, म क्षमा चाहन्छु । आज यस्तो लाग्छ सीता मैयाले नै मलाई दर्शन दिन तय गरिन् । आज मेरो मनोकामनालाई पुरा गरेर मलाई धन्य गरिदिएकी छिन् । 

प्रधानमन्त्री मोदीले जनकपुरलाई रामायण सर्किटमा समावेश गर्ने दिशामा आफूहरु रहेको जानकारी दिए ।

मोदीले श्रीरामले नेपाल भारतको सम्बन्धको बन्धन बाँधिदिएको दाबी गरे ।  यही बन्धनले लुम्बिनीमा रहनेहरुलाई वोधगया लैजान्छ । ऋषिकेशबाट पशुपतिनाथ लैजान्छ । यही बन्धनले मलाई जनकपुर खिचेर ल्यायो उनले भने । 

नेपाल र भारतका सुख पनि समान, चुनौती पनि समान, हाम्रो आशा र अभिलाषा पनि उस्तै रहेका भन्दै नेपाल बिना भारतको आस्था अधुरो हुन्छ । नेपालको स्वाभिमान सगरमाथा भन्दा पनि उचो भएको पनि उनले बताए ।

१ वर्षभित्रमा ३ ओटा निर्वाचन गरेर नेपालले नयाँ राजनीतिक व्यवस्था स्थापित गर्न सफल भएको छ यसमा मलाई निकै खुसी लागेको छ । लोकतन्त्रका मूल्यमान्यता स्थापित गर्न भारत सहयोगी बन्ने मोदीले स्पष्ट पारे । 

मैले नेपालको माया अनुभव गरिरहेको छु, मिथिलाको आशिर्वाद अनुभव गरिरहेको छु । सबै आफ्नै जस्तो, सबै आफ्नोपन, यो सब आफ्नै त हो जस्तो लागिरहेको छ । नेपाल आध्यात्म र दर्शन को केन्द्र हो । भगवान बुद्धको जन्म भएको लुम्बिनी नेपालमा पर्छ । काठमाडौँदेखि कन्याकुमारीसम्म सीतामाताको गुनगान हुन्छ ।

सुरुमा मैथिली अनि नेपाली र हिन्दीमा भाषण गरेका मोदीले जानकी माताको विभिन्न कोणबाट प्रशंसा गर्दै दुई देशको सम्बन्ध जनस्तरमा पुग्दै झनै प्रगाढ भएको बताए ।

 

 

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस

नक्कली नोट छाप्ने मेसिनसहित ३ जना

युवा वैज्ञानिकलाई स्वदेश फर्कन उपराष्ट्रपति

राष्ट्रपति भण्डारी र जापानका प्रधानमन्त्री

मंसिर २१ गते हुने उपनिर्वाचनको यस्तो

स्थानीय जनप्रतिनिधिले मासिक सुविधा

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी,

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला