अब, दिल्ली–काठमाडौं–बेईजिङ त्रि–देशीय साझेदारीबारे छलफलः डा. भट्टराई 

 अब, दिल्ली–काठमाडौं–बेईजिङ त्रि–देशीय साझेदारीबारे छलफलः डा. भट्टराई 

काठमाडौं । नेकपा एमालेका नेता एवम् नेपाल–भारत प्रवुद्ध समूहका नेपाल तर्फका सदस्य डा. राजन भट्टराईले काठमाडौंमा मात्रै नभएर अब दिल्ली र बेईजिङमा पनि भारत–नेपाल–चीनबीचको त्रिदेशीय साझेदारीबारे बहस सुरु भएको बताएका छन् । 

बुधबार रिपोर्टर्स क्लब नेपालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ गते हुने नेपाल भ्रमणबारे आयोजना गरेको विशेष साक्षात्कारमा नेता भट्टराईले यस्तो बताएका हुन् । उनले भने,‘नेपाल, भारत र चीनबीच त्रिदेशीय साझेदारी हुुनुपर्छ भनेर अब नेपालको राजधानी काठमाडौंमा मात्रै नभएर दिल्ली र बेईजिङमा पनि छलफल हुने भएको छ, भारतीय प्रधानमन्त्री मोदी चीन भ्रमणमा जाँदैहुनुहुन्छ, चीनमा रहँदा मोदी र चीनीयाँ राष्ट्रपति सि जिनपिङबीच नेपालको बारेमापनि चर्चा हुन्छ ।’

नेपालको विदेश नीतिमा नयाँ आयाम सुरु भएको भट्टराईको विश्वास छ । उनले भने,‘बदलिँदो विश्व परिस्थिति अनुसार नेपालले पनि आफूलाई कसरी अगाडि बढाउने भन्नेबारे लागिपरेको छ, अहिलेको कुटनीति परम्परागत कुटनीतिभन्दा पृथक छ, बदलिँदो र गतिशील विश्वसामू नेपालले आफ्नो देशको हितलाई केन्द्रमा राखेर आफ्ना गतिविधिहरु चाल्छ, हामी अहिले कुटनीतिको नयाँ चरणमा छौं ।’ 

कार्यक्रममा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण पूर्ण रुपमा सफल हुने विश्वास दिलाएका छन् । उनले भने,‘मोदीजीको नेपाल भ्रमणको तयारी सुरु भैसकेको छ, उहाँ यसपटक जनकपुर जाँदैहुनुहुन्छ, भारतीय प्रधानमन्त्री जनकपुर जाने सायद उहाँ पहिलो प्रधानमन्त्री हुनुहुन्छ, अहिलेसम्म कोहीपनि गएका छैनन् ।’ मोदीलाई जनकपुरमा भव्य रुपमा नागरिक अभिनन्दन गरिने उनको विश्वास छ ।  भारतका लागि पूर्व नेपाली राजदुत डा. दुर्गेशमान सिंहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण सफल हुने विश्वास दिलाए । मोदीले तीन पटक नेपालको भ्रमण गर्नु अभुतपूर्व हुने उनको भनाई थियो । 

मोदीको पहिलो नेपाल भ्रमणले आपसी सहयोगको ढोका समेत खोलिदिएको सिंहले स्पष्ट पारे । उनले भने,‘उहाँले संसदमा सम्बोधन गर्दा ईन्फरमेशन हाईवेज, टा«न्समिसन हाईवेज, भौतिक पूर्वाधारमा जोड दिनुभएको थियो, अब यसको विकासमा उहाँबाट कमिटमेन्ट खोज्नुपर्छ ।’ मोदी र ओलीबीचको ‘केमेष्ट्री एण्ड अण्डरस्ट्याण्डिङ्’ मिलेको उनको भनाई थियो । उनले भने,‘भारतलाई नेपालको र नेपाललाई भारतको सहयोगको आवश्यक छ, यही भावनालाई बुझेर द्धिपक्षीय सम्बन्ध अघि बढ्नुपर्छ ।’ ओली र मोदीबीचको एक्लाएक्लै भेटवार्तामा पनि महत्वपूर्ण कुराहरु भएकोले आगामी दिनमा दुई देशबीचको सम्बन्धमा आशाका किरणहरु देखिएको उनले जनाए ।   

प्रतिकृया दिनुहोस

नक्कली नोट छाप्ने मेसिनसहित ३ जना

युवा वैज्ञानिकलाई स्वदेश फर्कन उपराष्ट्रपति

राष्ट्रपति भण्डारी र जापानका प्रधानमन्त्री

मंसिर २१ गते हुने उपनिर्वाचनको यस्तो

स्थानीय जनप्रतिनिधिले मासिक सुविधा

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी,

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला