गोरखा अस्पतालले पाएन विशेषज्ञ डाक्टर

 गोरखा अस्पतालले पाएन विशेषज्ञ डाक्टर

गोरखा ४ बैशाख ।  गोरखा जिल्ला अस्पतालमा ७ जना विशेषज्ञ डाक्टरसहित १३ जना डाक्टरको दरबन्दी भए पनि  विशेषज्ञ डाक्टर भो अस्पतालले पाएको छैन् । 

‘२०६९ सालमा अस्पताल १५ बाट ५० शैय्यामा स्तरोन्नति भएसँगै विशेषज्ञ चिकित्सकको दरवन्दी थपिएको थियो,’ अस्पताल प्रमुख डा. श्रीराम तिवारीले भने, ‘तर अहिलेसम्म दरवन्दीका बिशेषज्ञ कोही आउनुभएको छैन ।’

अस्पतालमा हाल ८ जना एमबीबीएस डाक्टरमात्र कार्यरत छन् । बालरोग, प्रसुति रोग, अर्थोपेडिक, रेडियोलोजिष्ट, प्याथोलोजिष्ट, सर्जन र मानसिक रोग विशेषज्ञको दरबन्दी खाली रहेको तिवारीको भनाइ छ ।

विशेषज्ञ चिकित्सकको अभावमा अस्पतालले दिनुपर्ने सेवा दिन नसकेको उनले बताए । ‘दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक भए जटिल केसका बिरामीहरुलाइ भर्ना गरेर राख्न सक्यौं , ठूलाठूला अपरेसन गर्न सक्थ्यौं तर जुनियर डाक्टरबाट मात्र त्यो सम्भव छैन,’ उनले भने ।

अहिले जटिल समस्या आएमा अस्पतालले जिल्लाबाहिरका ठूला अस्पतालमा रेफर गर्ने गरेको छ । बिशेषज्ञको दरवन्दी पूर्ति हुनसके सर्वसाधारणले जिल्लामै सुविधा पाउने तिवारीले बताए ।

दरवन्दी पदपूर्ति गर्न स्वास्थ्य मन्त्रालयसँग बारम्बार माग गरे पनि वेवास्ता गरेको उनको गुनासो छ । ‘अस्पताल विकास समिति र अस्पतालले धेरै पटक माग गरिसकेको छ, तर मन्त्रालयले अहिलेसम्म कोही पठाएको छैन,’ उनले भने ।

प्रत्येक महिना मन्त्रालयले दरबन्दीको अवस्थाबारे जानकारी लिए पनि रिक्त रहेको पदमा चिकित्सक पठाउन सकेको छैन् । हाल जिल्ला अस्पतालले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गरेर बाल रोग र प्रसूति रोगको बिशेषज्ञ सेवा भने दिंंदै आएको छ । 

प्रतिकृया दिनुहोस

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको

आर्थिक समृद्धिका लागि एनआरएनएको साथ

सिन्धुलीबाट काठमाडौं आउँदै गरेको

हुम्लाका स्याउबारी रातै

ओली सरकारको ‘गियर–चेन्ज’ गर्नुपर्छ:

काठमाडौं ७ मा बामदेवको जित सुनिश्चितःसांसाद

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला