प्रधानमन्त्रीलाई छोएन हुम्लीका ११ बूँदे मागले

    प्रधानमन्त्रीलाई छोएन हुम्लीका ११ बूँदे मागले

दाने बोहरा/ हुम्ला  । निकै तामझामका साथ प्रधानमन्त्री केपी शर्मा ओली नयाँ वर्षको अवसर पारेर शनिवार ‘कर्णाली पर्यटन वर्ष २०७५’ को उद्घाटन गर्न रारा ताल पुगेका थिए । राराको सम्मुख बसेर सम्बोधन गरेका प्रधानमन्त्री ओलीले पर्यटन विकास र मुलुकको समृद्धिको कुरा गरेर समय खर्चे । उनले ‘कर्णाली पर्यटन वर्ष २०७५’ उद्घाटन गर्न हेलीकप्टर चढेर पुगेका हुन् । सो क्रममा प्रधानमन्त्री ओलीले  चीनसँग जोडिएको सीमाना हिल्सा नाकाको अवलोकन पनि गर्न भ्याए । तर, हुम्लीका ११ बूँदे मागबारे भने प्रधानमन्त्रीले त्यति चासो दिएनन् । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लाका समस्याको पुन्तरो बोकेर आएका हुम्ली त्यतिबेला हिस्स भए जब प्रधानमन्त्रीले उनीहरुको मागबारे खासै उत्सुकता देखाएनन् ।   

को–को थिए साथमा

उद्घाटन कार्यक्रम र नाकाको अवलोकन गर्न दुई ओटा हेलिकप्टर प्रयोग गरिएको थियो । हेलिकप्टरमा  प्रधानमन्त्रीसहित रक्षा मन्त्री ईश्वर पोखरेल, कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्ररबहादुर शाही लगायतको प्रदेश र संघीय सरकारका मुख्यमन्त्री तथा विशिष्ट  व्यक्तिहरू समेतले हिल्ला नाकाको अवलोकन गरेको हुम्लाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले अमरवाणी अनलाइनलाई जानकारी दिए ।  प्रधानमन्त्री ओली सहितको उक्त टोली शनिबार नै काठमाडौँ फर्किएको थियो ।

हुम्ली असन्तुष्ट 

प्रधानमन्त्री ओलीको टोली हुम्ला सदरमुककाम सिमकोट आएर स्थानीयहरूसँग भलाकुसारी गरेको प्रमुख जिल्ला अधिकारी ढुङ्गानाको भनाई छ ।  प्रधानमन्त्री ओली जिल्ला पुगेपछि जिल्लावासीकोतर्फ बाट ११ बूँदे मागपत्र पेश गरेका थिए । तर प्रधानमन्त्री ओलीले चित्तबुझ्दो सम्बोधन नगरेको जिल्लावासीको गुनासो छ । हुम्लाको विकास र हिल्सा नाकालाई आधिकारिक र व्यववस्थित नाका बनाउने लगायतका माग गरिएको ज्ञापनपत्र सुनेर मात्र फिर्ता भए ।  

यस्ता थिए हुम्लीका माग 

मागपत्रको पहिलो बूँदामा सिमकोट हिल्सा सडक खण्डको च्याछरामा रहेको चट्टानको विष्फोटका लागि पहल गर्नुपर्ने माग रहेको थियो । त्यसैगरी अधुुरो रहेको  सिमकोटको खेल मैदानका लागि वजेटको व्यवस्था, हिल्सामा मुुल भन्सार स्थापना, सदरमुुकाम सिमकोटको विद्युत्को विकल्पका रूपमा दोजाम कर्णाली नदिवाट ६ मेघावाट विद्युत्  उत्पादनका लागि पहल, हाल जिल्ला अस्पतालको १५ शैयालाई २५ शैयामा विस्तार, मानसरोवर क्याम्पसलाई आङ्गिक बनाउन  माग गरिएको थियो ।   त्यसैगरी अन्य मागहरूमा कृृषि उपज भण्डारगृृह, कृृषिविमा कार्यक्रम जिल्लामा लागुु गर्नेपर्ने, हुुम्ला जिल्लालाई पर्यटकीय हव बनाउनुु पर्ने मागहरू रहेको थियो ।   त्यसैगरी शिक्षा आयोगको परीक्षा केन्द्र जिल्ला मै हुुनुुपर्ने र राहत शिक्षकले हालसम्म नपाएको स्थानीय भत्ता उपलबध् गराउनुु पर्ने, कर्णाली करिडोरको निर्माण कार्यमा तीव्रता ल्याउनुुपर्ने र मदानखौला विमानस्थलका लागि वजेटको व्यवस्था गरिनुु पर्ने माग पनि रहेको थियो । 

प्रतिकृया दिनुहोस

नक्कली नोट छाप्ने मेसिनसहित ३ जना

युवा वैज्ञानिकलाई स्वदेश फर्कन उपराष्ट्रपति

राष्ट्रपति भण्डारी र जापानका प्रधानमन्त्री

मंसिर २१ गते हुने उपनिर्वाचनको यस्तो

स्थानीय जनप्रतिनिधिले मासिक सुविधा

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी,

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला