नारायणगढ–मुग्लिन सडक फेरि बन्द, यस्तो छ कारण 

नारायणगढ–मुग्लिन सडक फेरि बन्द, यस्तो छ कारण 

चितवन २ वैशाख । नारायणगढ–मुग्लिन सडक आजदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । निर्माण पूरा हुन १२ प्रतिशत काम बाँकी रहेको नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि पुनः दिउँसोमा ६ घण्टा बन्द गरिने भएको हो । 

आयोजनाले शनिवार एकदिन नयाँ वर्षका लागि भनेर दिनभर सडक खुल्ला गरेको थियो ।

आजदेखि पुनः विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द गरी निर्माणको कामलाई निरन्तरता दिइने आयोजनाले जनाएको छ ।

विहान १० बजेअघि जुगेडी पार गरिसकेका सवारी साधनलाई जान दिइनेछ । नारायणगढबाट जाने सवारी साधानलाई जुगेडी, भतेरीको जंगल रामनगर र आँपटारीमा रोकिने छ भने, मुग्लिनबाट आउने सवारी साधनलाई मुग्लिन, आँबुखैरहनीका विभिन्न क्षेत्रमा रोकिने छ ।

सडकको हालसम्म ८८ प्रतिशत काम सकिएको छ । आगामी मे ३० तारीखसम्म निर्माणको काम सकिसक्ने गरी अन्तिम समयावधि थप गरिएको छ ।

भरतपुरको आँपटारीबाट मुग्लिनसम्म ३३।२ किलोमिटर रहेको सडकको २८.५ किलोमिटर सडक पहिलो तह पिच भैसकेको छ । दोस्रो तह २५ किलोमिटर र तेस्रो तह ५।५ किलोमिटर पिच भएको छ ।

प्रतिकृया दिनुहोस

नक्कली नोट छाप्ने मेसिनसहित ३ जना

युवा वैज्ञानिकलाई स्वदेश फर्कन उपराष्ट्रपति

राष्ट्रपति भण्डारी र जापानका प्रधानमन्त्री

मंसिर २१ गते हुने उपनिर्वाचनको यस्तो

स्थानीय जनप्रतिनिधिले मासिक सुविधा

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी,

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला