बालअधिकारका लागि सगरमाथा आरोहण गर्दै पाण्डे

बालअधिकारका लागि सगरमाथा आरोहण गर्दै पाण्डे

काठमाडौँ ।  एघार वर्षदेखि स्काउटमा रहेर बालबालिका तथा किशोरकिशोरीको शारीरिक, मानसिक र बौद्धिक विकासमा महत्वपूर्ण भूमिका खेलेका प्रकाशराज पाण्डेले सगरमाथा आरोहण गर्ने भएका छन् । 

राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा उनले  बालअधिकारका लागि चेतना फैलाउन आफूले बुधबारदेखि सगरमाथा आरोहण गर्न लागेको जानकारी दिए ।  “बालबालिकाको हकअधिकारलाई सगरमाथाको चुचुरोबाट उठाउने, नेपालको पर्यटन विकासमा योगदान पु¥याउने, विभिन्न देशका स्काउटलाई सगरमाथा चढ्न आह्वान गर्ने उद्देश्यले सगरमाथा आरोहण गर्न लागेको हुँ”, उनले भने । 

उनले सगरमाथा आरोहणमा रु ४५ लाख खर्च लाग्ने र रकम बचेमा बालबालिकाको वृत्तिविकासमा खर्च गरिने बताए ।  रामेछाप निवासी पाण्डेले विश्व स्काउट र राष्ट्रिय युवा परिषद्का झण्डा, चार शहीद र रामेछाप जिल्लाका तस्वीर तथा ललितपुर स्काउटको स्वर्णजयन्तीको प्रतीकचिह्न सगरमाथामा पु¥याउन लागिएको पनि जानकारी दिए । 

पाण्डेलाई विभिन्न संघसंस्थाको झण्डा तथा प्रतीकचिह्न हस्तान्तरण गर्दै प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले स्काउटमा लागेर विश्वको सर्वोच्च शिखर सगरमाथा पुग्नु देशकै गौरव कार्य भएको बताए ।  “आरोहणले रामेछाप र नेपालको परिचय झल्कनेछ”, उनले भने । 

युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेलले देशका एक करोड सात लाख युवाको प्रतिनिधित्व गर्दै सगरमाथा आरोहण गर्न लागेकामा उनलाई शुभकामना दिए ।  नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका संयोजक चन्दन कौशिकले स्काउटका लागि साहस चाहिने भएकाले उक्त साहसलाई सगरमाथा आरोहणमा प्रयोग गर्न लागेकामा खुशी व्यक्त गरे ।  पाण्डेसँग अन्य आठ जनाले सगरमाथा आरोह गर्दै गर्नेछन् । 

प्रतिकृया दिनुहोस

नक्कली नोट छाप्ने मेसिनसहित ३ जना

युवा वैज्ञानिकलाई स्वदेश फर्कन उपराष्ट्रपति

राष्ट्रपति भण्डारी र जापानका प्रधानमन्त्री

मंसिर २१ गते हुने उपनिर्वाचनको यस्तो

स्थानीय जनप्रतिनिधिले मासिक सुविधा

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी,

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला