नयाँ टाटा टिगोर नेपाली बजारमा

 नयाँ टाटा टिगोर नेपाली बजारमा

काठमाडौं ।  टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले आइतबार देखि नेपाली बजारमा आकर्षक प्यासेन्जर गाडी नयाँ टाटा टिगोर बजारमा ल्याएको छ । आकर्षक वनोट र अत्याधुनिक इन्जिन रहेको टाटा टिगोरको न्यूनतम मूल्य २७ लाख ५५ हजार रुपैया रहेको छ ।

गाडीको उद्घाटन समारोहमा सिप्रदीका ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भने,‘अरुभन्दा केही फरक गर्ने दृढता अनुरुप नयाँ टिगो बजार आएको हो । यो टाटाको नयाँ उत्पादन मात्र नभएर सम्पूर्ण अटोमोबाइल क्षेत्रकै नयाँ आयाम हो । यसले एकातिर हामीलाई चार पांग्रे बजारमा उपस्थितिलाई थप सुदृढ बनाएको छ भने अर्को तर्फ यसले हाम्रो उत्कृष्टताप्रतिको अटुट प्रतिवद्धतालाई पुनः एकपटक प्रमाणित गरेको छ ।’

कार्यक्रममा टाटा मोटर्सका इन्टरनेसनल प्यासेन्जर युनिटका प्रमुख सुजन रोयले सही मूल्यमा बोल्ड आकर्षक बनोट र उपयुक्त प्रिमियम खोज्ने ग्राहका बीच कम्याक्ट सेडान निकै लोकप्रिय हुने बताए । यही तथ्यलाई ध्यानमा राखेर हामीले उच्च कार्यक्षमताको नयाँ टाटा टिगोर बजार ल्याएको उनले बताए । नयाँ टिगोर उत्कृष्ट बनोट,आकर्षक भित्री सजावट,आरामदायी र सुरक्षित रहेको कम्पनीले दाबी गरेको छ ।

 

प्रतिकृया दिनुहोस

नयाँ टाटा टिगोर नेपाली बजारमा

फोर्स मोटर्सको दशैँतिहार अफर

नाडा अटोशो भदौं २६ गतेबाट, छानी–छानी

नेपाल र बङ्गलादेशबीच ऊर्जा सहयोग आदानप्रदानसम्बन्धी

हेटौँडा कपडा उद्योगको जग्गामा १३

‘अन्नपूर्ण’ काठमाडौं आइपुग्यो

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला