नाडा अटोशो भदौं २६ गतेबाट, छानी–छानी गाडी रोज्ने अफर

   नाडा अटोशो भदौं २६ गतेबाट, छानी–छानी गाडी रोज्ने अफर

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले  भदौ २६ गतेबाट नाडा अटो शो आयोजना गर्ने भएको छ। हरेक बर्ष आयोजना गरिँदै आएको प्रदर्शनी भाद्र ३१ गतेसम्म चल्ने छ।

काठमाडौंको भृकुटी मण्डपमा आयोजना हुने अटो सो नाडासँगै ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले संयुक्त रुपमा आयोजन गर्न लागेका हुन्। अटोमोबाइल क्षेत्रमा भइरहेको आधुनिक एवं प्राविधिक विकासको प्रचारप्रसार प्रबर्द्धन गर्ने उद्देश्यले अटो सो आयोजना गरिएको कार्यवाहक अध्यक्ष कृष्णप्रसाद दुलालले बताए ।

चार पाङ्ग्रे, दुई पाङग्रे र अटो कम्पोनेन्टस्को अत्याधिक मागलाई ध्यानमा राखेर यस बर्ष तीन ओटा ह्याङगरहरु राखिएको नाडा अटो शोका संयोजक निराकार श्रेष्ठले बताए । ठाउँ अभावका कारण यसपाली हेवी कमर्सियल गाडीहरु प्रदर्शनीमा राखिएको छैन।

६ दिनसम्म चल्ने अटो शोमा १९ ब्राण्डका चार पाङ्ग्रे तथा २० ब्राण्डका दुई पाङ्ग्रे सवारी साधनहरु रहने छन्। आयातकर्ता डिलर, उत्पादक तथा विक्रेता गरी यस बर्ष ७१ कम्पनीको सहभागिताका साथै सानाठूला गरी १३४ वटा ब्लक तथा स्टलहरु रहने छन्।

अटोशोमा सवारी साधनका सथै नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस्, लुब्रिकेन्टस्, टायर, ग्यारेज उपकरण, ब्याट्री तथा अन्य एसोसेरिजहरु राखिने छन्।

दुई पाङ्ग्रे र चार पाङ्ग्रेका लागि छुट्टछुट्टै ठाउँमा प्रदर्शनी स्थल तोकिएको छ। प्रदर्शनी स्थलमा जानका लागि विद्यार्थीलाई एक सय ५० रुपैयाँ र बाँकीका लागि २०० रुपैयाँ प्रवेश टिकट मूल्य तोकिएको छ। मेला अवधिभर ६० हजारले अवलोकन गर्ने आयोजकको अनुमान छ।   कार्यक्रममा कार्यवाहक अध्यक्ष दुलालले बैंक तथा वित्तीय संस्थाको बढ्दो ब्याजका कारण सवारी साधन विक्रीमा कमी आएको बताए।

प्रतिकृया दिनुहोस

नाडा अटोशो भदौं २६ गतेबाट, छानी–छानी

नेपाल र बङ्गलादेशबीच ऊर्जा सहयोग आदानप्रदानसम्बन्धी

हेटौँडा कपडा उद्योगको जग्गामा १३

‘अन्नपूर्ण’ काठमाडौं आइपुग्यो

      चिनीयाँ कम्पनीले ७ मेगावाटको याम्बालिङ्

  सिन्डिकेट चलाउन पाउनुपर्ने ‘थोत्रा’

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला