हेटौँडा कपडा उद्योगको जग्गामा १३ नयाँ उद्योग सञ्चालन

  हेटौँडा कपडा उद्योगको जग्गामा १३ नयाँ उद्योग सञ्चालन

हेटौंडा । हेटौंडा औद्योगिक क्षेत्रमा निर्माण गरिएका १५ उद्योगमध्ये १३ उद्योग सञ्चालनमा आएका छन् । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार २०५६ मा सम्पूर्ण दायित्व भुक्तान गरी बन्द भएको हेटौँडा कपडा उद्योगको २० बिघा जमीनमा नयाँ उद्योग स्थापना गर्ने सरकारी योजना बमोजिम ती उद्योग सञ्चालनमा आएको हो ।

औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले बोलपत्रद्वारा थप १५ उद्योग निर्माणका लागि सम्झौता गरेको थियो । पन्धओटै उद्योगका लागि संरचना तयार भएपनि  सिइ हाइड्रो मेकानिकल बक्र्स प्रालि, थ्रि स्टार गुप प्रालि भने अझै सञ्चालन हुन सकेको छैन् ।

सिइ हाइड्रो मेकानिकल बक्र्स प्रालि, न्यू मकवानपुर खाद्य उद्योग प्रालि, फार्मर एग्रो सेण्टर प्रालि, नेशनल स्ट्रक्सन इञ्जिनियरिङ प्रालिले उद्योग सञ्चालन गर्न २०७३ जेठ अघि नै सम्झौता गरेका थिए । भवन निर्माण भए पनि विद्युत् अभावका कारण उद्योग सञ्चालनमा आउने अवस्था नरहेको उद्योग सङ्घका जिल्ला अध्यक्ष नवराज अर्यालले जानकारी दिए ।

उक्त क्षेत्रमा हाल खपत भइरहेको विद्युतमा थप १० केभीए विस्तार गरिएको हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन समितिका सूचना अधिकारी राजेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्राविधिक कारणले केही महीना ढिला भए पनि उद्योग भने लक्ष्यअनुसार सञ्चालन भइसकेको छ ।

 

प्रतिकृया दिनुहोस

नेपाल टेलिकमले ल्यायो २ सयको आकर्षक

नयाँ टाटा टिगोर नेपाली बजारमा

फोर्स मोटर्सको दशैँतिहार अफर

नाडा अटोशो भदौं २६ गतेबाट, छानी–छानी

नेपाल र बङ्गलादेशबीच ऊर्जा सहयोग आदानप्रदानसम्बन्धी

हेटौँडा कपडा उद्योगको जग्गामा १३

रोचक

कुकुरले गर्‍यो जिउँदै गाडिएको

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला