‘अन्नपूर्ण’ काठमाडौं आइपुग्यो

‘अन्नपूर्ण’ काठमाडौं आइपुग्यो

काठमाडौं । नेपाल वायुसेवा निगमले खरिद गरेको पहिलो वाइडबडी ए ३३०–२०० जहाज बिहीवार काठमार्डौ आइपुगेको छ ।  दुई ओटा वाइडबडी जहाज मध्ये पहिलो  बिहीवार बिहान ८.२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हो । 

दोस्रो वाइबडी जहाज भने जुलाई २५ तारिकमा नेपाल आइपुग्ने निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिए । अन्नपूर्ण नामको बाइडवढीको कलसाइन नाइन एन एएलवाई रहेको छ ।  ‘अन्नपूर्ण’ निर्माण भएको फ्रान्सको तुलुजबाट ९ घण्टाको उडान पछि काठमाडौंमा अवतरण भएको हो । जहाज तुलुजबाट क्याप्टेन टीआरआई भिन्को टर्मानेट र उडान अधिकृति जाओ सिसर को कमान्डमा आएको हो ।

नेपाल सरकारको ग्यारेन्टीमा निगमले जहाज खरिदका लागि आवश्यक रकम सञ्चय कोष र नागरिक लगानी कोषसँग १२ अर्ब ऋण लिएको थियो । वाइबडी जहाजको मूल्य साढे १० करोड करोड रहेको छ । उक्त जहाजमा २७४ सिट छन् त्यसमा  १८ वटा सांग्रिला क्लास र २५६  साधरण सिट छन् ।

जहाजको स्वागत गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी पनि विमानस्थलमा पुगेका थिए । जहाजको स्वागत गर्दै मन्त्री अधिकारीले यो देशकै खुसी भएको बताए । ‘जति सक्नुहुन्छ उड्नुहोस । आकाश खाली छ । तर , नेवानि माथि शंका छ । प्रभावकारी रुपबाट अगाडि बढ्नुहोस । यो नै नेवानिको पहिलो परीक्षा हो,’ मन्त्री अधिकारीले भने । यो सहित निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि पाँच ओटा जहाज हुने छ । जसमा दुई वटा एयरबस, दुई वटा वाइडबडी र एउटा बोइङ जहाज  ।

प्रतिकृया दिनुहोस

नयाँ टाटा टिगोर नेपाली बजारमा

फोर्स मोटर्सको दशैँतिहार अफर

नाडा अटोशो भदौं २६ गतेबाट, छानी–छानी

नेपाल र बङ्गलादेशबीच ऊर्जा सहयोग आदानप्रदानसम्बन्धी

हेटौँडा कपडा उद्योगको जग्गामा १३

‘अन्नपूर्ण’ काठमाडौं आइपुग्यो

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला