चिनीयाँ कम्पनीले ७ मेगावाटको याम्बालिङ् विद्युत आयोजना निर्माण गर्ने  

      चिनीयाँ कम्पनीले ७ मेगावाटको याम्बालिङ् विद्युत आयोजना निर्माण गर्ने  

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा –३ नम्बरस्थित् याम्बालिङ् खोलामा ७.२७ मेघावाट विद्युत उत्पादनको लागि चाईनिज कम्पनी जोङदिङ ईन्टरनेश्नल ईन्जिनिरियङ लिमिटेडले लगानी गर्ने सहमतिमा हस्ताक्षर भएको छ ।

रिपोर्टर्स क्लब नेपालमा याम्बालिङ् हाईड्रोपावर प्रालिले पत्रकार सम्मेलन गरेर उक्त आयोजनाको बारेमा जानकारी दिएको हो ।  याम्बालिङ् हाईड्रोपावर प्रालिका अध्यक्ष कमानसिंह लामाले आगामी दुई वर्षभित्र याम्बालिङ् बिद्युत आयोजना सम्पन्न हुने बताएका छन् । 

१ अर्ब २० करोडको लागतमा बन्ने उक्त आयोजनासँगै थप ४० मेघावाट विद्युत आयोजना सम्पन्न गर्नेगरि रकम समेत तोकिएको अध्यक्ष लामाले जानकारी दिएका छन् ।  उनले भने,‘याम्बालिङ् हाईड्रोपावर प्रा.लिले मुलुकको आर्थिक विकास र समृद्धिको अभियानलाई सफल पार्नको लागि साना–साना आयोजना निर्माण गरेरै भएपनि सरकारलाई साथ दिने लक्ष्य लिएको छ, यसै अनुरुप याम्बालिङ् खोलामा सदावहार बग्ने पानीलाई विद्युतमा परिणत गर्ने उद्देश्यका साथ हामी लागेका छौं ।’

उनले भने,‘यो सँगै थप ४० मेघावाटको निर्माणको लागि समेत समझदारीमा हस्ताक्षर भएको छ, कुललागत ८ अर्ब २० करोड लगानीसहित ९ अर्ब ४० करोड नेपाली रुपैयाँ पहिलो र दोस्रो योजनामा लगानी गर्ने सहमति भएको छ ।’  

प्रतिकृया दिनुहोस

फोर्स मोटर्सको दशैँतिहार अफर

नाडा अटोशो भदौं २६ गतेबाट, छानी–छानी

नेपाल र बङ्गलादेशबीच ऊर्जा सहयोग आदानप्रदानसम्बन्धी

हेटौँडा कपडा उद्योगको जग्गामा १३

‘अन्नपूर्ण’ काठमाडौं आइपुग्यो

      चिनीयाँ कम्पनीले ७ मेगावाटको याम्बालिङ्

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला