सिन्डिकेट चलाउन पाउनुपर्ने ‘थोत्रा’ गाडी मालिकको माग

   सिन्डिकेट चलाउन पाउनुपर्ने ‘थोत्रा’ गाडी मालिकको माग

 काठमाडौं । सरकारले सिन्डिकेट खारेज गरेको २४ घण्टा नबित्दै यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन् । बुधबार पत्रकार सम्मेलन यातायात व्यवसायीहरुको साझा संगठन यातायात व्यवसायी महासंघले अनिश्चितकालीन यातायात बन्द लगायतका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका हुन् ।

शुरुमा दवावमूलक कार्यक्रम गर्ने र सरकारले त्यसको वेवास्था गरेमा वैशाख २१ गते घर तथा ग्यारेजमा गाडी थन्काउने र २७ गतेदेखि अनिश्चितकालीन यातायात बन्द गर्ने पहिलो चरणको आन्दोलनको कार्यक्रममा उल्लेख छ । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट यातायात व्यवसायीहरुको जिल्ला प्रशासन कार्यालयबाट दर्ता र नवीकरण नगर्ने निर्णय गरेको थियो । सरकारले केही जिल्लाका रुटमा रुट परमिट दिएदेखि नै यातायात व्यवसायीहरु रुष्ट थिए ।

आन्दोलनका कार्यक्रम

बुधबार वैशाख ५ गतेदेखि नै प्रचारात्मक कार्यक्रम सुरु गरेका छन् । पहिलो दिन सातै प्रदेशमा पत्रकार सम्मेलन गरी आन्दोलनबारे जानकारी दिएका उनीहरुले ६ गते संयुक्त आन्दोलनको तयारी गर्ने र ७ गते प्रधानमन्त्री, मन्त्री र मुख्यमन्त्रीहरुलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम राखेका छन् । ८ गते सबै सार्वजनिक गाडीहरुमा कालो झण्डा राख्ने, ९ गते यातायातसँग सम्बन्धित नेताहरुलाई ज्ञापनपत्र बुझाउने, १० र ११ गते प्रदेशमा कोणसभा गर्ने तथा १२ र १३ गते जुन समयमा गाडी चलाउन मन लाग्छ त्यही समयमा गाडी चलाउन पाउने कार्यक्रम तय गरिएको छ ।

यस्तै १४ र १५ गते क्यू फ्री गर्ने, १६ गते यातायात कार्यालयहरु घेराउ गर्ने, १७, १८ र १९ गते प्रचार प्रसारका कार्यक्रम गर्ने तथा २१ गते आ(आफ्ना गाडी घर तथा ग्यारेजमा थन्काउने निर्णय यातायात व्यवसायीले गरेका छन् । २२ गते संयुक्त संघर्ष समितिको बैठकपछि आन्दोलनका थप कार्यक्रम गर्ने र २७ गतेदेखि संयुक्त संघर्ष समितिबाट अर्को जानकारी नआएसम्म नेपालभरका सार्वजनिक सवारी साधनहरु घर ग्यारेजमा थन्काउने आन्दोलनका कार्यक्रममा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

नेपाल र बङ्गलादेशबीच ऊर्जा सहयोग आदानप्रदानसम्बन्धी

हेटौँडा कपडा उद्योगको जग्गामा १३

‘अन्नपूर्ण’ काठमाडौं आइपुग्यो

      चिनीयाँ कम्पनीले ७ मेगावाटको याम्बालिङ्

  सिन्डिकेट चलाउन पाउनुपर्ने ‘थोत्रा’

उपभोक्ता ठग्नेलाई कडा कारवाही हुन्छ

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि