दुई वर्षपछि रेल गुड्छ, नेपालको आफ्नै पानी जहाज हुन्छ: प्रधानमन्त्री ओली 

दुई वर्षपछि रेल गुड्छ, नेपालको आफ्नै पानी जहाज हुन्छ: प्रधानमन्त्री ओली 

अमरवाणी संवाददाता/काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको दुई वर्षपछि नेपालमा रेल गुड्ने र आफ्नै पानी जहाज हुने बताएका छन् । शुक्रबार राजधानीमा २९ औं राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रर्दशनीको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा पुनः दाहो¥याएका हुन् । 

प्रधानमन्त्री ओलीले भने,‘ रेल ल्याउनेभन्दा दुई वर्षअघि मजाक उडाएका थिए,अबको दुई वर्षपछि रेल गुड्छ, आफ्नै पानी जहाजले नेपालका लागि सामान बोक्छ ।’

त्यस्तै प्रधानमन्त्री ओलीले मुलुक र जनताको आर्थिक विकासका लागि आफू प्रतिवद्ध रहेको बताए । हाम्रा सामु सम्भावना र चुनौती दुबै रहेको छ उनले भने, विकासको सपना साकार पार्न र चुनौती सामाना गर्न सरकार लागि पर्छ । मुलुकमा सकारात्मक परिर्वतन ल्याउन प्रयास भइरहेको भन्दै प्रधानमन्त्री ओलीले सरकारले नयाँ–नयाँ अभियान सञ्चालन गर्दै जाने बताए । 

देशको विकासका लाथि आफू प्रधानमन्त्री भएको भन्दै उनले भने, ‘अब कृषि आधुनिकीकरण हुन्छ र बजारिकरण हुन्छ साना, घरेलु तथा लघु उद्योगको लहर चल्छ मुलुकमा ।’ 

प्रधानमन्त्री ओलीले अब योजना, सीप धरौटी राखेर ऋण लिने ब्यवस्था गर्ने समेत बताए । हिमाल पहाड तराई जहाँ जे उत्पादन हुन्छ त्यही वस्तुको उत्पादन र प्रर्वद्धन गरी अघि बढ्ने प्रधानमन्त्री ओलीको भनाई थियो ।    

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले उद्योग क्षेत्रको बिस्तार तथा निजी लगानी आकर्षित गर्ने विषयमा तीब्र रुपमा तयारी गृहकार्य भइरहेको बताए । 

प्रतिकृया दिनुहोस

नयाँ टाटा टिगोर नेपाली बजारमा

फोर्स मोटर्सको दशैँतिहार अफर

नाडा अटोशो भदौं २६ गतेबाट, छानी–छानी

नेपाल र बङ्गलादेशबीच ऊर्जा सहयोग आदानप्रदानसम्बन्धी

हेटौँडा कपडा उद्योगको जग्गामा १३

‘अन्नपूर्ण’ काठमाडौं आइपुग्यो

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला