युवाकवि गीता सापकोटाको कवितासङ्ग्रह 'भान्से बाहुनी' सार्वजनिक

युवाकवि गीता सापकोटाको कवितासङ्ग्रह 'भान्से बाहुनी' सार्वजनिक

अमरवाणी संवाददाता/काठमाडौँ । युवाकवि गीता सापकोटाद्वारा लिखित कवितासङ्ग्रह ‘भान्से बाहुनी’ लोकपर्ण गरएको छ । राजधानीमा आयोजित एक कार्यक्रमकाबिच प्रा.डा.वासुदेव त्रिपाठीले सङ्ग्रहको लोकपर्ण गरे । उक्त सङग्रहको साहित्यकार डा.रामप्रसाद ज्ञवालीले सङ्ग्रहको कमजोर र बलिया पक्षहरू केलाए । त्यस्तै वरिष्ठ सञ्चारकर्मी तथा साहित्यकार दाहाल यज्ञनिधिले कवि सापकोटालाई ‘भान्से बाहुनी’ शीर्षकमा उपन्यास लेख्न सुझाव दिए ।

 

पाँचथर स्रष्टा मञ्चद्धारा आयोजित सो कार्यक्रममा गीता सापकोटा र गीताको कृतिबारे प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव प्रा.डा. जीवेन्द्रदेव गिरी, अग्रज साहित्यकार डा. महेश्वर शर्मा, रमेश खकुरेल, प्रा.डा गोविन्दराज भट्टराई, रमेश शुभेच्छु, हरि समदृष्टि, एन।वी अञ्जानलगायतले बोलेका थिए । कार्यक्रममा संघीय संसद्का माननीय सानु सिवा पहाडी, भुवनहरि सिग्देल, धरणी गौतम, कुलप्रसाद पराजुली, राम विनय, गंगा कर्माचार्य पौडेल, श्रीहरि फुयाल, रमेश पोखरेल, कमल जङ्गली, डम्बर घिमिरे, डा। विष्णु राई, ललिता दोषी, ओमकार प्रथा, रूपक अलङ्कारलगायत दर्जनौँ साहित्यकारहरूको उपस्थिति रह्यो ।

सापकोटा शिक्षा क्षेत्रमा संलग्न भएकाले डा.घमानसिंह खड्का, अञ्जु भट्टराई, गोविन्दराम अधिकारी, हरिप्रसाद काफ्ले, गीता खरेल शिवाकोटी, ध्रुवकुमार न्यौपानेलगायतका शिक्षासेवीको उपस्थिति पनि बाक्लो रहेको थियो । 

कार्यक्रममा कवि गीता सापकोटाले आफ्ना रचनामा नारी भावना र नारी चेतनालाई महत्वसाथ स्थान दिने गरेको, धेरै लेखेर राखेको तर प्रकाशनमा आउन नसकेको बताउँदै सबैलाई धन्यवाद दिएकी थिइन् । तस्बिर : रमेश दवाडी/अमरवाणी

प्रतिकृया दिनुहोस

कविता : बकपत्र 

युवाकवि गीता सापकोटाको कवितासङ्ग्रह

कविता : छुन नहुने रगत

गाई जलेर मरेको गोठमा यसरी फर्कंदैछ

गजल : पाउरोटी र ललिपपका लागि आफन्त फुटे

धर्म परिवर्तन नहोस् 

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला