नेपाली भाषा–साहित्यका विशिष्ट साधक वासुदेव त्रिपाठी  ७६ औं वर्षमा प्रवेश

नेपाली भाषा–साहित्यका विशिष्ट साधक वासुदेव त्रिपाठी  ७६ औं वर्षमा प्रवेश

अमरवाणी संवाददाता/काठमाडौँ । नेपाली भाषा–साहित्यका विशिष्ट साधक प्रा.डा. वासुदेव त्रिपाठी ७६ औं वर्षमा प्रवेश गरेका छन् ।  प्रा.डा वासुदेव त्रिपाठी अभिनन्दन तथा ग्रन्थ प्रकाशन समिति र पशुपति बहुमुखी क्याम्पसले राजधानीमा एक कार्यक्रमको आयोजना गरेर प्रा.डा त्रिपाठीको  ७६ औं जन्मोत्सव मनाएको हो । सो अवसरमा प्रा.डा त्रिपाठीलाई अभिनन्दन पनि गरियो । 

प्रा.डा त्रिपाठीले आफ्नो जीवनको पूर्वाद्र्ध समयको स्मरण गर्दे जन्मदिनको सम्झना भए पनि मनाउने चलन नभएको बताए । केहीवर्ष यतादेखि आफ्ना मित्र तथा शिष्यले  विशेष सम्झना गरेर आफ्नो जन्मोत्सव मनाइदिएकामा उनले खुसी व्यक्त गरे । बा र  आमाले भन्दा मित्रले ज्यादा बुझ्ने उनको भनाई छ ।  

७६ औं वर्षको प्रवेशमा पनि नेपाली साहित्य तल्लिन प्रा.डा त्रिपाठीले विरामी भएको बेला आफ्ने धेरै पिर लाग्ने गरेको सुनाए । उनले भने, ‘विरामी भएको बेला पिर लाग्दो रहेछ । त्यसबेला कोही आउदा पनि आनन्द आउँछ । सम्झना महत्वपूर्ण रहेछ ।’ उनले थपे, ‘सम्झने हाम्रो संस्कृति हो । यहाँ आज जति पनि रचना वाचन भए त्यसको केन्द्रविन्दु म नै हुँ ।’ उनले सम्झने संस्कृति दक्षिण एसियाको साझा विशेषता भएको बताए । 

त्यस्तै प्रा.डा त्रिपाठीले विश्वविद्यालयमा नेपाली विषयको विद्यार्थीहरूको संख्या कम रहेकोमा  चिन्ता व्यक्त गरे । जति विद्यार्थीहरू छन्  तिनीहरूलाई जोगाउन प्राध्यापक तथा क्याम्पसलाई आग्रह गरे । 

जीवनकालमा आफूले जे गर्न सकें नेपाली साहित्यको लागि नै गरेँ । अब किताबहरू लेख्न सक्दिन उनले भने, लेख्नै परेछ भने भूमिका लेखुँला । प्रकाशकको अभावले लेखिसकेका निबन्ध, कथा, एकाङ्की छाप्न सकेको छैन् । मेरा मित्र, शिष्यहरूले चाहेको खण्डमा छाप्न सक्नुहुनेछ ।’ 

कार्यक्रममा प्रा.डा महादेव अवस्थीले प्रा.डा  वासुदेव त्रिपाठी सन्दर्भ सामग्रीको स्रोत भएको  बताए । उनले भने, उहाँ ज्ञानको स्रोत हो । सन्दर्भ सामग्रीको स्रोत हो । उहाँले बोलेका कुरा पनि सन्दर्भ सामग्रीका रूपमा प्रयोग गर्न सकिन्छ ।   उहाँको बोली नै प्रमाण हुन्छ ।’ विद्याको मन्दिरमा आज विद्याकै उपस्थिति रहेको छ प्रा.डा अवस्थीले भने । 

त्यस्तै प्रा. राजेन्द्र सुवेदीले गुरुहरूबाट हामी सबै ऋणी भएको बताए । उनले भने, गुरुहरूबाट हामी सधैं ऋणी हुन्छौं । हामी सबैले गुरुले बनाएको जीवन बाँचिरहेका छौं ।’

साहित्यकार रमेश शुभेच्छुले प्रा.डा त्रिपाठीको व्यक्तित्वको चर्चा गरे ।  त्रिपाठीलाई नेपाली बौद्धिक जगत्ले बढी द्रस्टाका रूपमा आदर गरेको बताए । उनले भने, नेपाली बौद्धिक जगतले , नेपाली समाजले उहाँलाई द्रष्टाका रूपमा आदर गरेको छ । तर उहाँले आफ्नो द्रष्टा व्यक्तित्वलाई निरन्तर चुनौती दिंदै स्रष्टा व्यक्तित्वलाई निरन्तर अगाडि बढाईराख्नु भएको छ ।’ उहाँको कविताकाव्य सिर्जनाले द्रष्टा व्यक्तित्वलाई उछिन्न लागेको छ । तर, त्यो व्यक्तित्वलाई वस्तुगत ढङ्गले अध्ययन गर्न गरेर, मूल्याङ्कन गरेर कुन चैं अगाडि हो भनेर तोकीदिने काम समालोचना गर्ने नयाँ पुस्तालाई उहाँले छोड्नुभएको छ शुभेच्छुले भने ।  

हामीले कुनै स्रष्टालाई एउटा सिद्धान्तमा बाँधेर अध्ययन गछौं प्रा.डा त्रिपाठीलाई भने कुनै सिद्धान्तमा, वादमा बाँधेर अध्ययन गर्न खोजियो भने अफठ्यारो हुने बताउँदै शुभेच्छुले भने, परिष्कारवाद, स्वच्छन्दतावाद, प्रगतीवाद, शून्यवाद विसङ्गतिवाददेखि उत्तरआधुनिक सिद्धान्तले ल्याएका सबै बगाले सिद्धान्तलाई प्रयोग गर्न खोजियो भने प्रा.डा त्रिपाठीका कविता काव्यमा गए हुन्छ ।’  नेपाली समालोचना सिद्धान्तमा अब प्रा.डा त्रिपाठी जस्तै व्यक्तिको खाँचो रहेको शुभेच्छुले बताए । 

 

 

कार्यक्रममा इन्दिरा प्रसाई, भूवनहरि सिग्देल, विष्णुप्रसाद पन्त, डा. केदार न्यौपाने, गोपीकृष्ण शर्मा, प्रयागराज भट्टराई ‘वाशिष्ठ’, प्रा.टिकाराम अधिकारी, प्रह्लाद पोखरेल, मधुसूधन लामिछाने, विश्वेश्वरी अधिकारी, हरिहर चापागाईं, गणेशप्रसाद मिश्र, प्रा.डा छन्दविनोद  दाहाल, प्रा.डा विष्णुकुमार खत्री लगायतको उपस्थित रहेको थियो । उपस्थित साहित्यकारहरूले प्रा.डा त्रिपाठीले नेपाली भाषा र साहित्यमा पु¥याएको योगदानको चर्चा गर्दै शुभकामना, स्वस्थ र दीर्घ जीवनको कामना समेत गरे । 

नेपाली भाषा साहित्यका साथै समग्र नेपाली वाङ्मयको विकास, विस्तार र प्रवर्धनमा विगत ६ दशकभन्दा बढी समयदेखि निरन्तर समर्पित प्रा.डा त्रिपाठीले विशेष गरी नेपाली कविता काव्यको श्रीवृद्धिमा कवितासङ्ग्र, खण्डकाव्य तथा महाकाव्यको सिर्जना, नेपाली भाषा साहित्यको प्राध्यापन, नेपाली वाङ्मयको अध्ययन–अनुसन्धान र नेपाली समालोचनाको सैद्धान्तिक स्थापनाका क्षेत्रमा समेत उल्लेखनीय योगदान दिएका छन् ।  

 

प्रतिकृया दिनुहोस

समीक्षा : बालबालिका बुझ्ने पुस्तक ‘स्कुल

नेपाली भाषा–साहित्यका विशिष्ट साधक

साहित्यकार प्रेमा शाहको निधन

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला