पूर्व बाल्यअवस्थाको कहानी हो ‘स्कुल बेच्ने बालक’ : लेखक न्यौपाने  

पूर्व बाल्यअवस्थाको कहानी हो ‘स्कुल बेच्ने बालक’ : लेखक न्यौपाने  

दामोदर न्यौपाने समकालिन नेपाली पत्रकारिता र प्रबन्ध लेखनमा परिचित नाम हो  । डेढ दशकदेखि पत्रकारितामा क्रियाशील न्यौपाने साना र सामान्य ठानिएका विषयलाई सरल र गहन तरिकाले उठाउँछन् । यी न्यौपानेका लेखनगत विशेषता हुन् । समाजशास्त्रमा स्नातकोत्तर गरेका न्यौपाने खासगरी बालबालिका, सम्पदा र सामाजिक विषयवस्तुमा दख्खल राख्छन् । उनका किताब ‘एम्बुसमा ६ वर्ष, ‘कर्म : सिकाइमा गहिरिएको खाडल’, ‘स्वर्णिम समय’ र चित्रकथा ‘ट्यालेन्ट शो’ प्रकाशित छन् । उनको अर्को किताब ‘स्कुल बेच्ने बालक’ लोकापर्णको तयारीमा छ । ‘स्कुल बेच्ने बालक’ किताबमा आधारित रहेर अमरवाणीका संवाददाता रमेश दवाडीले गरेको कुराकानी : 

‘स्कुल बेच्ने बालक’ कस्तो किताब हो ?   

यो खासगरी लालनपालन सम्बन्धी किताब हो । यसमा लालनपालनका सुक्ष्म मनोविश्लेषणात्मक र व्यवहारिक पक्षहरू समेटिएका छन् ।  लालनपालनमा यी पक्षहरूलाई छलफलमा ल्याउन, बहस चलाउन सक्नु मुख्य उद्देश्य हो ।  यसमा तपाईंहरूले छलफल, बहस चलाउन सक्नुहुन्छ । 

बालबालिका सम्बन्धी लगातार किताब लेख्नुको कारण के हो ?

  मेरा अहिलेसम्म लेखिएका चारओटा किताबमध्ये सबैजसोको मुख्य उद्देश्य भनेको ‘प्यारेटिङ’ हो । यसको अर्थ हामीले बालबालिकालाई गर्ने व्यवहार र दृष्टिकोण बदलौ भन्ने हो । जसले राम्रो व्यवहार गर्नुभयो उहाँहरू उदाहरणीय हुनुहुन्छ । उहाँहरूबाट हामीले सिक्नुपर्छ । जसले व्यवहार गर्न जान्नुभएको छैन उहाँहरूलाई सिकाउनुपर्छ । यही कारणले मेरा किताब बालबालिका केन्द्रीत हुन्छन् । भोलिको भविष्य सुरक्षित गर्न बालबालिकालाई असल बनाउनुपर्छ । 

किताबमा किन आफ्नै छोरालाई पात्र बनाउनुभएको ? 

छोरालाई पात्र बनाएको होइन । बालकलाई बनाएको हो । छोरो त हो तर ऊ बालक हो । किताब पूर्व बाल्यअवस्थाको कहानी हो । पूर्व बाल्यकालका बच्चाहरूको अध्ययन गर्न म चाहन्थें । त्यो अध्ययन गर्न सजिलो भयो । किनकी उसकै उमेरका बालबालिका मसँग घुलमिल हुन गाह्रो मान्छन् । मेरो पेसा एकातिर छ । त्यस हिसाबले म शिक्षक भएको भए आम बालबालिकाको अध्ययन गर्न सक्थेँ । म यस पहुँचमा नभएर परिवार नै सजिलो भयो ।  

बालबालिकाको मनोविज्ञान बुझ्न शिक्षक नै हुनुपर्ने, चायल्ड केयरमै बस्नुपर्छ भन्ने के छ ? 

छैन । त्यही भएर मैले घरमै अध्ययन गरेँ । धेरै पात्रहरूको अध्ययन गर्न सकिएन होला । मेरो कथाले धेरै पात्र पनि माग्दैन । एक जनालाई हुर्काउने कहानी हो ।  किताब एउटा पात्रको संवेगमाथि लेखिएको हो ।  व्यवहारमाथि लेखिएको हो  । एउटाको लेख्ला त किताक ठूलो ‘भोलुम’ को भएको छ । अरू पात्र पनि थप्न थालियो भने मैले अध्ययन गर्न खोजेको पूरा नहुन सक्थ्यो । ‘स्कूलबेच्ने बालक’ एकजना बालकमाथि गरिएको अध्ययन हो  । हार्दिक पात्रसँग धेरै बालबालिकाहरूको मनोविज्ञान मिल्छ । यो पात्रलाई पढेर पाठकहरूले मेरा छोराछोरी पनि यस्तै स्वभावका छन् भन्ने अनुभूति गर्नुहुन्छ । 

‘स्कुल बेच्ने बालक’मा कस्ता पक्ष समेटिएका छन् ?

  यसमा मैले जोडतोडले उठाएको कुरा भनेको घर पहिलो पाठशाला हो  । हामी स्कूलको मात्र भर प¥यौं भने पहिलो पाठशालाको सिकाई कमजोर हुन्छ । स्कूलमा बिताउने भनेको ४/५ घण्टा हो ।  त्यसभन्दा बाहेक बालबलिकाले घरमै विताउँछन् । घरमा कसरी सिकाउने, के सिकाउने भन्नेमा हामी अलमलमा छौँ । घरमा पनि व्यवस्थित तरिकाले सिकाउनुपर्छ भन्ने चेतना हामीमा छैन । घरमा के सिकाउने ? संस्कार सिकाउने । व्यवहार सिकाउने । रहनसहन सिकाउने । असल कुराहरू सिकाउने । पहिला सुन्ने, सुनेपछि बुझिन्छ । बुझेपछि जे आवश्यक छ त्यही सिकाउने । बालबालिकाका जिज्ञासाहरू शान्त पार्नुहुन्छ अनि उनीहरूले मेरा कुरा सुने भने अनुभूति  गर्छन । उत्तर पाउँछन् । उत्तरले ज्ञानको दायरा बढ्दै जान्छ । बोल्नेकला बढ्दै जान्छ । आत्मविश्वासले हो संसार हल्लाउने । 

किताबको सन्देश के हो ? 

बालबालिका पूर्ण मान्छे हुन् । तर, हामी उनीहरूलाई पूर्ण ठान्दैनौँ । उनीहरूबाट सिक्न चाहँदैनौ । सिक्ने कुरा धेरै छन् । एउटा भनाई छ– हामीभन्दा बालबालिका १२ वर्ष अगाडि छन् । हामी यो कुरा ख्याल गर्दैनौ । हामी ठूलासँग जे संवेग छ सानासँग पनि त्यही संवेग छ । जस्तै ः हामीमा दया, माया, करुणा, रिस, डाहा, भय, सुखानुभूति आदि संवेग ठूलामा छ । सानामा पनि त्यही संवेग छ । तर, चेतनाको स्तर अनुसार संवेगमा फरक छ । त्यही भएर सानाका कुरा सुनौँ । किताब बालबालिकाका इच्छा, आकाङ्क्षा, दया, माया, रिस, डाहा, इष्र्या जस्ता संवेगमाथिको लेखन हो ।  

किताब लेखनका दुःख कस्तो हुँदो रहेछ ?

  दुःखलाई रोमाञ्चकतामा बदल्नुपर्छ । सजिलो छैन । त्यही भएर रोमाञ्चक छ । लेखनमा दुःख ठान्नुभयो भने तपाईंलाई ‘फ्रस्टेशन’ आउँछ । रोमाञ्चक ठान्नुभयो भने सिर्जनात्मक हुन्छ । यस अर्थमा किताब लेखन कार्य मेरो अर्थमा रोमाञ्चकारी काम हो । 

पाँचओटा किताब लेख्दा अफठ्यारो लागेको किताब कुन हो ?  एम्बुसमा६ वर्ष हो ।  किन भने एक त पहिलो कृति थियो ।  पहिलो भन्ने वित्तिकै डर हुन्छ । कस्तो, के होला भन्ने हुन्छ ।  एम्बुसमा६ वर्ष को विषय नै कठिन थियो ।  यसको विषय एक कालखण्डको दस्तावेज हो । त्यो पीडा लेखन थियो । लेख्न कठिन थियो । त्योभन्दा पछिल्ला प्रकाशित मेरो किताब लेख्न झन गाह्रो प¥यो । किन भने पहिलो बिताबले दिएको जुन ख्याति थिया ेत्यो जोगाउन पर्ने चुनौती छ । अहिले किताब लेख्नुअघि म सोच्छु । ‘स्कूलबेच्ने बालक’ सम्म आइपुग्दा मलाई झन डर भयो । यसको पाण्डुलिपी मैले धेरै जनालाई पढ्न दिएँ । ‘‘यो झन बेजोड छ’’ भन्ने प्रतिक्रिया आएपछि म निदाउन थालेँ ।  

किताब लेखनमा सन्तुष्ट हुनुहुन्छ ? 

छु । आफैँ सन्तुष्ट नभए अरूलाई सन्तुष्ट बनाउन सकिदैन । मेरा किताब जति जनाले पढ्नुभएको छ सकारात्मक प्रतिक्रिया पाएको छु  । विक्रिका हिसाबले पनि ‘वेस्ट सेलर’ भएका छन् ।  

किताबै पिच्छे प्रकाशन संस्था फेर्नुभएको छ । प्रकाशकले तपाईंका किताब पुनः प्रकाशित गर्न नमानेको होकी तपाईंले नदिनु भएको ? 

यो प्रश्न मेरा प्रकाशक संस्थाहरूलाई सोध्नुभयो भने के भन्नुहुन्छ तपाईंले थाहा पाउनुहुन्छ । तर, मेरो कुरा के हो भने मेरा किताब प्रकाशित गर्न नाम चलेका प्रकाशकहरूले माग्नु भएको छ । मैले सबैलाई दिन पाएको छैन । ‘स्कूलबेच्ने बालक’ पनि  ठूला प्रकाशकहरूले माग्नुभएको थियो । सबैलाई दिन नसकिने रहेछ । एउटालाई दिनुप¥यो । जो निरन्तर सम्पर्कमा आउनुभयो, उहाँसँग काम गर्दा सजिलो हुन्छ भन्ने अनुभूति भयो अनि काम गरेँ । मेरा विगतका अन्य प्रकाशकसँग पनि मेरो राम्रो सम्बन्ध छ । आगामी दिनमा उहाँहरूसँग काम गर्न सकिन्छ । एउटा निश्चित सम्झौता गरेर काम गर्ने हो । सम्झौता छउन्जेल काम गर्ने हो । गरियो पनि । त्यो भन्दा वाहेक आफ्नो स्वतन्त्रताको कुरा हो ।  

 

तस्बिर : रमेश दवाडी/अमरवाणी 

प्रतिकृया दिनुहोस

केही व्यवसायीका कारण सिंगो निर्माण

चीन र भारत प्लस वान मोडलमा पुगिसकेका

सरकारी अनुदानबिना श्रम ऐनले तोकेको

वडाबासीको काममा कुनै कमी हुँदैन: राम

राजनीति हाम्रो रगतमा थियोः बीपी कोइराला

दुर्गम क्षेत्रमा नुन महङ्गिने सम्भावना

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला