एक जुगका एक्ला विश्व यात्री

एक जुगका एक्ला विश्व यात्री

लाखौं पर्यटक दिनहुँ देश–विदेशको यात्रामा निस्कने गर्छन् । कोही  रमाइलोका लागि घुम्छन भने कतिले नयाँ–नयाँ ज्ञान र अनुभव प्राप्तिका लागि यात्रा तय गर्छन् । तर, खोटाङ बाकसीला–९ का चन्द्रदीप राईको यात्रा उद्देश्य नितान्त भिन्न छ । उनी १२ वर्षदेखि विश्व यात्रामा छन् । उद्देश्य छ, ‘बुद्ध नेपालमा जन्मेका हुन’ भन्ने सन्देश संसारभर स्थापित गराउनु । यस कार्यका उनी एक्ला वृहस्पति हुन् ।  ७६ ओटा देशमा पाइला टेकि सकेका राई भन्छन् ‘जहाँ पुगे पनि सन्देश उल्टो पाएँ ।’ जापानको एउटा संग्रालयमा ‘बुद्ध भारतमा जन्मिएको’ उल्लेख छ । यो देख्दा साह्रै चित्त दुख्छ । यस्ता घटनाले मेरो यात्रालाई उर्जा दिन्छ । आफ्नै निजी खर्चमा विभिन्न देशमा डुल्ने राई सानो कार्यक्रम गर्छन र ‘बुद्ध वाज बर्न इन नेपाल’ नामक टि सर्ट बाड्छन् र अर्को देशको यात्रामा निस्कन्छ । एक जुगको विश्व यात्रामा राईले भोगेका तीतामिठा अनुभव समेटेर अमरवाणी डट कमका रमेश दवाडीले  तयार गरेको यो आलेखः   

संसार घुम्न सोचे जस्तो सजिलो छैन् । धन, मन भएर मात्र पनि घुम्न संम्भव छैन् । सम्बन्धिन देशले भिषा र भाषाले पनि कहिलेकाही निकै समस्या ल्याउछ । मैले  सन् २००८ मा उत्तरी छिमेकी चीनबाट यात्रा थालेँ । अभियान थियौं ‘बुद्ध वाज बर्न इन नेपाल’ । हामी तीन जना साथी दक्षिण कोरिया र चीन गएका थियौं । मेरो जापानको पनि भिसा थियो । टिकटमा चीनमा ट्रान्जिट हुने उल्लेख थियो । सोही बमोजिम हामी चीनको व्यापारिक सहर संघाईमा उत्रियो । होटल पुगेर ‘हामी बस्ने यहाँ हो’ भनेर अंग्रेजीमा सोध्यौं । होटलको स्टाफले अंग्रेजी बुझेन् । जवाफ आएन । हामी चाइनिज नबुझ्ने । उनीहरू अंग्रेजी नजान्ने ।  पहिला फर्साद १  पहिलो–पहिलो यात्रा असिनपसिन भैइयो । रातीको ८ बजेको थियो । हामी एयरपोर्ट फर्कियो । त्यहाँ भाषा ट्रान्सलेट हुने एप रहेछ । त्यसले सहयोग गर्यो । होटलमा फोन गरिदियो । फेरि त्यही होटल पुग्यौं । ट्राभलले लन्चको पनि व्यवस्था छ भनेको थियो । तर, हामीलाई लन्च नै भने एक–एक पिस पाउरोटी पो दियो । दिनभरको थकान र भोक । रात कटाउन मुस्किल हुने भो भनेर हामी होटल बाहिर निस्क्यौं । धन्य बाहिर खाना त पाउने रहेछ । तर, हामीसँग चाइनिज पैसा थिएन् । डलर मात्र थियो । 

एयरपोर्टमा साथीहरूलाई चाइनिज पैसा साटौं भनेको थिए साथीहरूले मानेनन् । धेरै खर्च गर्नु हुँदैन भने । पैसा साटिएन । पैसा नसाटिएको समस्या बाहिर खान जाँदा भयो । एकजना साथीले डलर दिन्छु खानेकुरा ले भनेर मागे । माग्दा सीधै हुँदैन भने । डलर चल्दैन भने । (हाँसो...)  रातीको समय त्यहीँमाथि भोकले प्याकप्याक भएको अवस्थामा खानको समस्या भयो । अनि हामी होटल फर्किऔं । मैले चिउरा, चाउचाउ लगेको थिए त्यही खाएर रात काटियो ।  त्यसपछि कोरिया पुगियौं । म जापान पनि गएँ । साथीहरू फर्किएपछि म एक्लै भएँ । चीनको एयरपोर्टमा मलाई ट्राभलले गाइडको नाम सहित भनेको थियो– तिमीलाई लिन आउँछ । तर, २/३ घण्टा पर्खिंदासम्म कोही पनि लिन आएन । एक्लै भएँ । आत्तिए । ज्यादै नमज्जा पनि लाग्यो । आइडिया लगाए । ट्याक्सी ड्राइभरलाई फोन गरिदिन आग्रह गरेँ । अनि बल्ल गाइडसँग सम्पर्क भयो । गाइडले उल्टै थर्कायो, तपाईँको कम्पनीले रङ लोकेशन दिएको हुनाले हामी लिन आउन असमर्थ भयौं । उसले ट्याक्सीबाट होटलमा जाने सुझाव दियो । पाँच सय तिरेर म होटल पुगेँ । यहाँ पनि भाषाकै समस्याले दुःख दियो ।

चीन भ्रमणका दौरान म गाउँगाउँमा पनि गएँ । पाँच हजार वर्षको ऐतिहासिक सम्पदाको अवलोकन गर्न त्यहाँ पुगियो । पाँचदिने बसाईका क्रममा मैले ती स्थानमा पनि आफ्नो कार्यक्रमबारे जानकारी गराएँ । त्यस फर्केर संघाई जानुपर्ने थियो । त्यहाँबाट ३ हजार किलोमिटर दुरीमा पर्छ । गाइड नजाने भयो । एक्लै यात्रा गर्नुपर्ने भो । भीडभाड् उस्तै रेलको रूटिन मलाइ थाहा थिएन् । ट्रेन चढेँ । म पुग्नुपर्ने गन्तब्यमा भोलिपल्ट पुगेँ ।

00

 

जापान विश्वकै चर्चित देश । त्यहाँ वुद्धिष्ट पनि थुप्रै छन् । विकासमा पनि अग्रस्थानमा रहेको संसारकै सुन्दर देश लाग्छ जापान । मलाई फेरि पनि जापान घुम्ने इच्छा छ । यहाँको सरल जनजीवन र कामप्रति इमान्दार हुने राम्रो प्रचलन छ । मेरो गन्तब्यमा पुग्न टोकियो एयरपोर्टबाट ६/७ घन्टा हिड्नुपर्ने रहेछ रेलमा  । रेल चढेर टोकियो स्टेशन पुगेँ । म पुग्नुपर्ने ठाउँ यो स्टेशनबाट केही पर थियो । म स्टेशनमै उत्रिएछु । फेरि अलमलमा परेँ । साथमा तिब्वतीयनहरू पनि थिए । रातिको समय थियो । त्यो रात सडकमै सुत्नु पर्यो । निन्द्र त के पर्नु रात काटियो । जापानीहरू २४ घन्टा काम गर्दा रहेछन् । रेल स्टेशन पनि एक घण्टाका लागि सफा गर्न बन्द गर्दो रहेछ । मैले नबुझेर रोडमा सुत्नु परेको हो । आफ्नै गल्तीले त्यो अवस्था आएको हो । म २२ दिन जापान बसँे । फर्किदा नागासाकीमा समस्या भयो । त्यहाँबाट चारओटा रेल चढेर एयरपोर्टमा आउनुपर्ने । मलाई कहाँ–कहाँ रेल परिवर्तन गर्ने थाहा भएन् । कस्तो समस्या भयो भने, एकातिर पिसाबले च्यापेको छ, अर्को्तिर रेल छुट्ने होकि भन्ने डर । पिसाव फेर्न गयो रेल छुट्ने, रेल समात्यो पिसाव लागेको छ । ‘पिसाव फेर्ने ठाउँ काँ’ भनेर सोध्न थाल्दा रेल हिंडिसेकेको हुन्छ । एक सेकेन्ड ढिला भयो भने रेल छुट्ने । नाकासाकीबाट एयरपोर्टसम्म आउँदा धेरै दुःख पाएँ । 

मैले घुमेका ७५ ओटा देश मध्येमा राम्रो लागेको जापानै हो । फेरि पनि जाने सोच छ । प्राकृतिक सौन्दर्य, विकासको अवस्था, मानिसहरूको व्यवहार र अनुशासनबाट म प्रभावित छु । त्यहाँ कसैलाई विदेभ गदिदैन् ।  सबैलाई समान व्यवहार गरिदो रहेछ । सफा चिल्ला सडक साच्चै सुन्दर । मेरो कल्पनाको स्वर्ग जापान नै हो ।  म कहिल्यै पनि नबिर्सने, अवस्मरणीय ठाउँ भनेको जापानको हिरोसिमा र नाकासाकी हो । सन् १९४५ मा दोस्रो विश्व युद्द हुँदा अमेरिकाले बम हानेर ध्वस्त बनाएका यी दुइ सहरमा हजारौंको एक चिहान भएको थियो । निर्दोष निहत्था मानिस मारिए । जापानीहरूले यसको ठूलो प्रतिसोध बोकेका रहेछन् । उनीहरूले त्यो ठाँउ जस्ताको त्यस्तै संरक्षण गरेर राखेका छन् । ७० वर्षपछि २०१७ मा अमेरिकाका तत्कालीन राष्ट्रपति बाराक ओबामाले जापानको भ्रमण गरेर उक्त क्षेत्रको निरीक्षण गरेका थिए । ओबामाको त्यस भ्रमणले जापान–अमेरिकाको सम्बन्धमा नयाँ अध्याय थपेको टिप्पणी गरियो । तैपनि सर्वसाधारण स्तरमा अमेरिकाप्रतिको प्रतिसोधको भावना उस्तै छ ।  

oo

म बिहान मलेसिया जानुपर्ने थियो । मलाई गाडी लिन आएन् । मैले गाडीवालाई फोन गरेँ । मलाई ट्याक्सी समातेर जा भन्यो । ट्याक्सी समातेर म गएँ । ट्राभललाई फोन गरेँ । मलाई एयरपोर्ट पु¥याएन । आफ्नो पैसा तिरेर गएँ । मलेसियाको पर्यटकीय क्षेत्र जेन्टिक हाईलाइट गएँ । त्यो चैं नेपालको हिमाली क्षेत्र जस्तै हो । पहाडको टुप्पामा पर्छ । त्यहाँ जानका लागि गाइड गाडीबाट आउने भयो मलाई केवलकारको टिकट काटिदिएको रहेछ । केवलकारले मलाई त त्यहाँ १५ मिनेटमै पु¥यायो । मेरो गाइडलाई त दिनभरी लाग्ने रहेछ ।  त्यहाँ गएर बस्दाबस्दा दिक्क लाग्यो । के गर्ने होला भनेर सोच्न थालेँ ।  बल्लबल्ल पछि मात्रै गाइड फेला प¥यो ।  अनि होटलमा आउने कुरा भयो ।  भौचर देखाइयो । गाइडले मलाई होटलमा बस भनेर अह्रायो । म भोलि घुमाउन आउँछु भन्यो । म होटलमा गएँ ।  होटलको भौचर त दियो तर कुन कोठा हो भन्ने थाहा भएन मलाई । होटल पनि फेरि ७०/७५ तलाको हुँदो रहेछ । होटलको तलमाथि तल माथि गर्दागर्दा... भेट्दै भेटिन् । मान्छेलाई सोध्दा माथि मात्रै भन्छन् । प्रायः त्यसदिन दिनभरी नै तलमाथि गरेँ होला । पछि केही सिप नलागेपछि के रहेछ त यो भौचरमा भनेर यसो हेर्छु त कोठा नम्बर त्यहाँ लेखेको रहेछ । मेरो कोठा ६४ तला माथि रहेछ । अनि म लिफ्ट चढेर उक्त कोठामा पुगेँ । जतिपनि देशको यात्रा गरेँ मेलेसिया जस्तो भलुर देश अरू कुनै लागेन् । मलेसियामा मलाई गाइडले नै ठ्ग्यो ।  

00

क्याम्बोडिया जाँदा म थाइल्यान्ड हुँदै गएको थिएँ । त्यतिबेला मेरो २२ दिने यात्रा थियो ।  क्याम्बोडियाको एयरपोर्टमा उत्रेपछि गाइड आयो । उसले म लाई यहीँ एकछिन बस्दै गर भनेर ऊ  मेरो पासवर्ड लिएर गायब । दिनभर पनि आएन । भिसा लगाएर ल्याउँछु भनेर गएको मान्छे बेपत्ता फरार । पछि कुरो बुझ्दै जाँदा त भिसा लगाउने ठाउँमा लामो प्रक्रिया रहेछ । त्यहि गरेर अबेर भयो गाइड आउन । म भने आलसतालस भएर रोडमै बसेँ । लामो कुराइपछि मेरो गाइड आयो ।  रूस घुम्दा पनि केही समस्या झेलेँ । त्यहाँको तापक्रम ४० डिग्री थियो । मैले यतिको गर्मी कतै खेपेको थिएन् । अक्सिजनको कमी भएर समस्या भयो । अमृत सागरमा हिउँमात्रै जमेको हुन्छ । त्यहाँ कार्यक्रम गर्दा पनि बुद्ध भारतमै जन्मेको भन्ने पाएँ । उनीहरूलाई ‘टी सर्ट’ दिँदै बुछ बुद्ध नेपालमा जन्मिएका हुन् भन्दा कतिपयले जिब्रो टोक्थे । वास्तवमा सही सूचनाको अभावमा संसार नै अलमलिएको महसुस मैले गरेँ । यो कुरा सरकारी निकायले गम्भीर रूपमा लिनुपर्ने हो । तर, त्यस्तो देखिदैन् । 

00

फ्रान्समा धेरै देशका मान्छे आउने रहेछन् । खासगरी द्वन्द्वक्षेत्रका शरणार्थीलाई यहाँको सरकारले आश्रय दिने रहेछ ।  चोर्ने, लुट्ने, धम्क्याउने बढी काम सामान्य जस्तै हुन्छ फ्रान्समा ।  सिरिया, लिविया जस्तादेशबाट पनि मानिसहरू आउँदा रहेछन् । पर्स, क्यामेरा, मोबाइल चोरीबारे सतर्क हुन गाइडले पूर्व सूचना दिन्छ ।   मैले नामै नसुनेका देश सिल्चेल, मौनिससमा पनि आफ्नो कार्यक्रम सम्पन्न गरे । उनीहरूलाई नेपाल देश नै थाह छैन । बुद्ध त कता हो कता । सगरमाथाबारेमा पनि थाह छैन । उनीहरूलाई बुझउँदा चीन र भारतको बीचमा एउटा स्वतन्त्र देश छ त्यो हो नेपाल भनेर सम्झाउनु पर्ने । ती देशमा जान गाह्रो हुन्छ । सिधै भिसा पाइन्न । यस्ता देशमा जान अराइभल भिसामा जाने हो ।  युरोपियन देशहरूबाट जाने हो । ५० डलर तिरेपछि जान पाइन्छ ।  

रमाइलाका क्षण 

घुमेका देशहरू मध्ये धेरै रमाइलो गर्ने ठाउँ दुवई देखेँ । भाषाको पनि समस्याा नपर्ने । हिन्दी, अंग्रेजी चल्ने । नेपाली धेरै भएको हुनाले नेपाली नै बोल्छन् । त्यहाँ यौन क्रिडा पनि चल्ने रहेछ । यौन व्यवसायीहरूलाई सोद्धा जापानिज हुँ भन्थे, १६÷ १७ वर्षका तरूनीहरू ।  जापानिज, चाइनिज, फिलिपिनी, भियतनामी, मंगोलिया आदि ।  आइज आइज रिल्याक्स गर्नुपर्छ भन्थे ठिटीहरू । ५० दिराम त होनि भनेर बोलाउँथेँ । एक मनले जा–जा भन्छ तर म गइन् । केही साथीले सस्तो भात पाइन्छ भन्दै दिन बिताउने गरेको पनि देखेँ । 

बुद्धबारे भ्रम

 

नेपालमा बुद्ध जन्मेका हुन भनेर अनेक किसिमले प्रचार गरिएको छ । केहीदिन अगाडि पनि टुँडिखेलमा ७० हजार मान्छे उतारेर बुद्ध नेपालमा जन्मेका हुन् भन्ने उपदेश दिन खोजेको मैले फेसबुकमा देखेँ । त्यति बेला म युरोप भ्रमणमा थिए । टुँडिखलेमा संख्यात्मक रूपमा मान्छे उतारेर मात्रै हाम्रो अभियान पूरा हुन्छ जस्तो मलाई लाग्दैन् । विश्वभर सन्देश भ्रामक छ त्यसलाई चिर्न त गुणस्तरीय सामग्री अध्ययन/अनुसन्धान गरेर भन्नुपर्ने बेला हो यो । सार्वजनिक स्थलदेखि सर्वसाधारण तहसम्म सन्देश भारतमा जन्मिए बुद्ध भन्ने छ । त्यसैले बुद्ध सम्बन्धी धेरै भ्रम नफिजाऔं । बुद्ध नेपालमै जन्मेका हुन् । तर,यो सन्देश विश्वभर पुरयाउनु पर्यो । मलाई लाग्छ यसरी टुँडिखेलमा मान्छे भेला गर्नुभन्दा अन्तराष्ट्रिय मिडिया मार्फत सन्देश प्रवाह गरे बढी प्रभावकारी हुन्थ्यो जस्तो लाग्छ मलाई ।   मैले यो अभियानका क्रममा कतिपय तिता अनुभव पनि संगालेको छु । टि सर्ट बाड्दा जर्मन र फ्रान्समा एउटा नेपाली र  केही भारतीय मुलका मानिसहरूले मलाई अवरोध नै गरे । उनीहरू के बुद्ध तिम्रो मामा हुन भनेर उडाउथे । म उनीहरूलाइ भन्न चाहन्छु बुद्ध संसारकै हो । सबैको हो । मेरो मात्र होइन ।  तर, जन्मेको चाहिँ नेपालमा हो । मेरो सन्देश विश्वलाई यही छ । म अझै विश्व फन्को मार्ने क्रममै छु । जहाँ–जहाँ पुग्छु यो सन्देश बोकेर जानेछु ।    

                                                  

     

प्रतिकृया दिनुहोस

केही व्यवसायीका कारण सिंगो निर्माण

चीन र भारत प्लस वान मोडलमा पुगिसकेका

सरकारी अनुदानबिना श्रम ऐनले तोकेको

वडाबासीको काममा कुनै कमी हुँदैन: राम

राजनीति हाम्रो रगतमा थियोः बीपी कोइराला

दुर्गम क्षेत्रमा नुन महङ्गिने सम्भावना

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला