‘थपडी’बजाउने सासंद छान्ने कि योग्य र सक्षम उम्मेदवार चुन्ने ?छिरिङ दोर्जे लामा

 ‘थपडी’बजाउने सासंद छान्ने कि योग्य र सक्षम उम्मेदवार चुन्ने ?छिरिङ दोर्जे लामा

उम्मेदवार नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३,‘क’  प्रदेश सभा 

छिरिङ दोर्जे लामा नेपाली कांग्रेसको युवा नेताका रुपमा परिचित छन् । नेपाल विद्यर्थी संघको विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका यी ४० वर्षे युवा नेपाली कांग्रेसको तर्फबाट काठमाडौं क्षेत्र ३ ‘क’ बाट प्रदेश सभा सदस्यका लागि चुनावी मैदानमा छन् । भूगर्व शास्त्रमा स्नातकोत्तर गरेका दोर्जेले नेविसंघको सह–महामन्त्री, कांग्रेस काठमाडौ जिल्ला कार्यसमिति सदस्य र वौद्ध नाथ विकास समितिको कार्यकारी निर्देशक भएर काम गरि सकेका छन् । पहिलो पटक सांसदका लागि चुनावी मैदानमा उत्रिएका दोर्जे आफू सुरक्षित र जित निश्चित रहेको बताउँछन् । प्रस्तुत छ, उनीसँग अमरवाणी डटकमले चुनावी तयारी, चुनावको माहोल, विकासका एजेन्डा र क्षेत्रको संम्वृद्धिका लागि चाल्ने भावी कदममा केन्द्रित भएर गरेको कुराकानीः

घरदैलो अभियान सकिसक्नु भएको छ, चुनावी माहोल कस्तो छ ?

घरदैलो औपचारिक रुपमा सकिएको छ, हामीले जनताको घरघर पुगेर भोट माग्ने काम सकेपनि अनौपचारिक रुपमा निर्वाचन नसकिएसम्म निर्वाचन आचारसंहिता भित्र रहेर हामी जनतासँग सम्पर्कमै हुन्छौं । मेरो क्षेत्रमा माहोल राम्रो छ, कांग्रेसको विजयी सुनिश्चित छ । किन भने यस क्षेत्रमा प्रतिपक्षी भन्दा हामी निकै अगाडि छौं ।  काठमाडौं महानगरपालिका वडा नं ६, गोकर्णेश्वरको ५ र ९ वडामा यस अघिको स्थानीय निर्वाचनमा पनि नेपाली कांग्रेसले नै जित हासिल गरेको थियो । 

जनता नेताले चुनावका बेला आश्वासन बाडने बाहेक केही काम नगरेको आरोप लगाइरहेका छन्,यसमा कतिको सत्यता छ ?

यसमा सत्यता छैन म भन्दिनँ । तर, केही पनि नभएको पनि होइन । विकास एकै चोटी जादूका भरमा हुने चीज पनि होइन यो निरन्तर प्रक्रिया हो,  हामीले जनतालाई यो बुझाएका छौं । दुइ दशक देखि स्थानीय निर्वाचन हुन सकेको थिएन । अहिले चुनाव भएको छ, साथीहरु चुनिएर आएको पनि धेरै भएको छैन, स्थानीय स्तरमा योजना बन्दैछन् शिक्षा, स्वास्थ्य, खानेपानी, बाटो, सडक र युवा स्वरोजगारीका लागि हामी सक्रियता पूर्वक काम गरिरहेका छौं । काम पक्रियामै भएका कारण परिणाम आइसकेको छैन छिट्टै स्थानीयले विकासको अनुभूत गर्ने विश्वास म दिलाउन चाहन्छु । 

तपाई विद्यार्थी राजनीतिबाट राजनीतिमा आउनु भयो, प्रदेश सभा उम्मेदवार बन्नु भएको छ, के कस्ता चुनौती देख्नु भएको छ यसमा ?

मुलुक संविधान र संघीयता कार्यान्वयनको पहिलो स्टेपमा छ, यो वास्तवमै चुनौतीपूर्ण र कठिन कार्य छ । नेपाली कांग्रेसको नेतृत्वमा संविधान निर्माण भएको र कार्यान्वयनका लागि पनि जनताले हामीलाई नै अनुमोदन गर्ने छन भन्नेमा पार्टी ढुक्क छ । कदापी त्यस्तो हुन नसकेमा भोलि दुर्घटना नहोला भन्ने पनि छैन् । मैले त भन्ने पनि गरेको छु संघीयता फापेमा वरदान न नफापे यो अभिसाप हुन सक्छ । राजनीतिक स्थिरताका लागि जनताले कांग्रेसलाई जिताउनु अपरिहार्य छ । भोलिका दिनमा संघीयता कार्यान्वयनका लागि थुप्रै कानुन बन्नुपर्ने,संरचना निर्माण देखि प्रशासनिक बाँडफाँटमा पनि कस्सिएर काम गर्नुपर्ने छ । त्यसैले ‘थपडी’ बजाउने उम्मेदवार रोज्ने कि शिक्षित योग्य र सक्षम युवा उम्मेदवार रोज्ने । यो प्रश्न जनताले मनन गर्ने बेला आएको छ  ।

यो क्षेत्रमा विश्व सम्पदा सूचीमा पर्ने बौद्ध नाथ, वागमति नदी संरक्षण स्थल र सहिद पार्कको केही क्षेत्र पर्दछ,यसलाई थप व्यवस्थित बनाउने तपाईको योजना के छ ?

बौद्ध नाथ संसारकै परिचित तीर्थ स्थल हो । यसलाई २४ घण्टा पर्यटक मैत्री वातावरण बनाएर खुला राख्न सकिन्छ । बौद्ध दर्शन र यसका विधिका बारे संसारका अध्येताको ध्यान खिच्न सकिन्छ । ठमेलकै मोडलमा जान सकिन्छ ।  म ४ वर्ष बौद्ध विकास समितिको कार्यकारी निर्देशक भएँ । त्यतिबेलै हामीले बौद्ध घुम्न आउने पर्यटकलाई सहिद पार्कसम्म पुर्याउन साइकल ट्रयाकको अवधारणा बनाएका थियौं ।  यो काम अब जरुरी भइसकेको छ । शिवपुरीमा केवलकार चलाउन निजी क्षेत्रले खोजी रहेको छ, त्यसलाई हामीले हातेमालो गर्नुपर्छ । वाग्मति नदी संरक्षण सहिद पार्कको प्रवद्र्धन देखि लिएर युवा स्वरोजगारका कामहरु अति नै जरुरी छ ।

बौद्ध क्षेत्र बेलाबखत सुरक्षा कारण पनि चर्चामा आउने गर्छ, नागरिक सुरक्षाको योजनो कस्तो छ ?

सुरक्षा व्यवस्था अति नै आवश्यक विषय हो । सबै नागरिकको सुरक्षा प्रबन्ध मिलाउने दायित्व राज्यको हो । बौद्धको सुरक्षा अहिले प्रहरी प्रभाग बौद्धको नेतृत्वमा केही विट मार्फत हुँदै आएको छ । यो थप्नु पर्ने भए थप गर्नुपर्छ । त्यसका लागि हामी पहल गर्छौ । अर्को अहिले प्रहरी प्रभाग रहेको क्षेत्र सडक विस्तारमा परेको छ । त्यसका लागि सार्वजनिक जग्गा खोजी भइरहेको छ । 

काठमाडौ वरपरको ‘काठ’ क्षेत्र जुन परम्पराको प्रतीक पनि मानिन्छ, यो मासिन लागेको चिन्ता छ, त्यसक्षेत्रको मौलिकता कसरी जोगाउने ?

पक्कै पनि ‘काठ’ क्षेत्र काठमाडौंको परम्पराको धरोहर हो । वढ्दो सहरीकरणले कतिपय रितिथिती संकटमा पुगेको अवस्था छ । हिजो भद्रवासमा जति दूध उत्पादन हुन्थ्यो । त्यससको १० प्रतिशत पनि अहिले हुँदैन् । धामिृक विधि मान्न सार्वजनिक स्थल छैन । मैले घरदैलोका क्रममा ९९ वर्षका बा भेटे उहाँको चिन्ता पनि यस्तै थियो । सार्वजनिक स्थल, वृद्धाश्रम पाटी पौव संरक्षण जरुरी छ गर्नु पर्छ हामी गर्छौ ।   राजनीतिक व्यवस्था परिवर्तन हुनसक्छन् । तर, धर्म संस्कृति गुमेमा त्यो फर्काउन सकिदैन् । 

प्रतिकृया दिनुहोस

केही व्यवसायीका कारण सिंगो निर्माण

चीन र भारत प्लस वान मोडलमा पुगिसकेका

सरकारी अनुदानबिना श्रम ऐनले तोकेको

वडाबासीको काममा कुनै कमी हुँदैन: राम

राजनीति हाम्रो रगतमा थियोः बीपी कोइराला

दुर्गम क्षेत्रमा नुन महङ्गिने सम्भावना

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला