नागरिक सुरक्षा र नमूना प्रदेश मेरो एजेण्डाःलोकेश ढकाल

 नागरिक सुरक्षा र नमूना प्रदेश मेरो एजेण्डाःलोकेश ढकाल

    उम्मेदवार काठमाडौं क्षेत्र नं २ ‘क’ प्रदेश सभा प्रत्यक्ष ।  

युवा नेता लोकेश ढकाल नेपाली कांग्रेसका उदीयमान राष्ट्रिय व्यक्तित्वमध्ये एक हुन् । नेपाली कांग्रेसले अलम्बन गर्दै आएको राष्ट्रियता, लोकतन्त्र र समाजवादको उच्च आदर्शप्रति निष्ठा, लगनशीलता, कर्मठता र बौद्धिक नेताका रुपमा समेत बेग्लै पहिचान बनाएका ढकाल प्रदेश सभा प्रत्यक्षतर्फ काठमाडौं क्षेत्र नं २ ‘क’ बाट उम्मेदवार बन्नुभएको छ । स्वच्छ छवी र उच्च आदर्शका धनी ढकाल नेपाली राजनीतिले लिएको बाटो यसका विकृति, विसंगति, धनवाद, डनवादबारेमा समेत खुलेर वहस र विरोध गर्ने हिम्मत राख्छन् । 

१५ वर्षसम्म यस क्षेत्रको क्षेत्रीय सभापतिको जिम्मेवारी सफलतापूर्वक वहन गरेका ढकाल काँग्रेसको नीति निर्माणको सर्वोच्च निकाय महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यको रूपमा संगठनमा निरन्तर क्रियाशील छन् । पार्टीमा अनुशासित र इमान्दारीपूर्वक लाग्नु भएका उनले २०३५/०३६ सालको विद्यार्थी आन्दोलन र राष्ट्रिय जनमत–संग्रहबाट सक्रिय राजनीतिक यात्रा थालेका थिए । मुलुकका हरेक राजनीतिक आन्दोलन २०४६ साल र ०६२/६३ को जनआन्दोलनका सबै मोर्चामा उनको सक्रिय सहभागिता रह्यो । पत्रपत्रिकामा स्तम्भ लेखन र कुनै सयम पत्रकारिता क्षेत्रमा समेत क्रियाशील ढकालले राजधानी अवस्थित ३ नं प्रदेशलाई नमूना बनाउने लक्ष्य राखेका छन् । यो क्षेत्रबाट आफू निर्वाचित भएमा नेपाली कांग्रेसका तर्फबाट मुख्य मन्त्री बन्ने कुरा ढकाल नकार्दैनन् । प्रस्तुत छ, उनको चुनावी घरदैलो, चुनावी माहोल र क्षेत्रवासीका लागि उनले अघि सारेको विकास सम्बन्धि योजनाबारे अमरवाणी डटकमले गरेको कुराकानीः  

चुनावी घरदैलोको अन्तिम चरणमा हुनुहुन्छ, चुनावी माहोल कस्तो छ ?

हो, हामी घरदैलोको अन्तिम चरणमा छौं । चुनाव आउन पनि केही दिन मात्र बाँकी छ । मतदाता निर्वाचनको तीब्र प्रतिक्षामा छन् । अझ मेरो क्षेत्रका जनता त चुनावका लागि व्यग्र नै छन् भन्दापनि हुन्छ । हरेक राजनीतिक परिवर्तनका आन्दोलनमा भाग लिएका २ नं क्षेत्रका वासिन्दा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनबारे उम्मेदवार सरह नै सचेत रहेको मैले पाएँ । राजनीतिक स्थायायित्व र संविधान कार्यान्वयनका लागि नेपाली कांग्रेसको नेतृत्व अपरिहार्य छ । कांग्रेसको नेतृत्वमा जारी भएको संविधान हामीले नै कार्यान्वयन गर्ने अभिारा जनताले सुम्पनेमा म विश्वस्त र दृढ छु । 

पछिल्लो समय राजनीतिप्रति मतदाताको चासो र रूची घटेको देखिन्छ, तपाइँलाई के लाग्छ ?

पक्कै पनि । म भोटमाग्न पटक–पटकका निर्वाचनमा जनताको घरदैलोमा पुगेको छु । मलाई अनुभव छ, उतिबेलाका मतदाता र अहिलेका मतदातामा निकै अन्तर छ । पहिला जस्तो सम्मान र विश्वास अहिलेको राजनीतिमा कहाँ पाउनु ? घरदैलोमा जाँदा कति व्यक्ति घरको छतबाट तल ओर्लिदैनन् । पहिला यस्तो थिएन । खासमा यो नेताहरुको व्यवहारकै कारणले गर्दा भएको हो । चुनाव जितिसकेपछि न जनताको  घरदैलो न त स्थानीयका समस्याप्रति नै सजग हुने पारिपाटीले गर्दा जनतामा एक खालको राजनीतिप्रति वितिष्णा नै जागेको अवस्था छ । 

सरकार टिकाउन नसक्ने पनि कांग्रेस नै हो । सफल नेतृत्व र घरेलु झगडाको सिकार पार्टी छ नै । पार्टी गुट/उपगुटले थलिएको पनि सत्य हो । तर यो अरु पार्टीमा नभएको चाहिँ होइन । यी कारणले पार्टीप्रति आममतदाताको विश्वास घटेको छ । कांग्रेसले गल्ती गर्यो होला । तर, कांग्रेसको विकल्प कांग्रेस नै हो । अरु पार्टी बन्न सक्दैन ।

कांग्रेसलाई पटक–पटक वहुमतदिँदा पनि मुलुकको विकास नगरेको आरोप लाग्ने गरेको छ, तपाईको धारणा के छ ?

यसमा सत्यता छैन म भन्दिनँ । तर, मुलुकको राजनीतिक परिवर्तनका लागि कांग्रेसले जुन संघर्ष गर्यो त्यसको तुलना अरुसँग गर्न सकिदैन । पक्कैपनि २०१५ साल र ०४६ सालमा कांग्रेसलाई जनताले वहुमत दिएको छर्लङ्गै छ । कांग्रेस नै धेरै समय नै सरकारमा बसेको छ । सरकार टिकाउन नसक्ने पनि कांग्रेस नै हो । सफल नेतृत्व र घरेलु झगडाको सिकार पार्टी भएको छ नै । पार्टी गुट÷उपगुटले थलिएको पनि सत्य हो । तर, यो अरु पार्टीमा नभएको चाहिँ होइन । यी कारणले पार्टीप्रति आममतदाताको विश्वास घटेको छ । कांग्रेसले गल्ती गर्यो होला । तर, कांग्रेसको विकल्प कांग्रेस नै हो । अरु पार्टी बन्न सक्दैन । पार्टी भित्रको द्वन्द्व व्यवस्थापन गर्न हामी सक्षम छौं, गर्छौ पार्टी सुधार्छौ भनेर नेतृत्व अहिले कृत संकल्पित भएको अवस्था छ । हामी एक ढिक्का छौं । कांग्रेसले वहुमत ल्याउछ संविधान कार्यान्वन र मुलुक संम्विद्ध बनाउन हामी प्रतिवद्ध छौं । 

तपाई यसअघि नै प्रतिनिधि सभा सदस्यका लागि २ पटक चुनाव लडेको व्यक्ति अहिले प्रदेश सभामा उम्मेदवार बन्नुभएका छ ? मुख्य मन्त्रीको दाबेदार भएर हो ?

मैले मुख्य मन्त्री बन्छु भनेर घोषणा गर्दै हिडेको छैन,् गर्न पनि गर्दिन् । आफ्नो प्रचार आफैं गर्ने शैली मलाई हल्का लाग्छ । प्रदेश सभामा मेरो उम्मेदवारी पार्टीको निर्णय हो । म कांग्रेसको एउटा  सिपाही हुँ, पार्टी अनुशासन, नीति र पार्टीले तोकेको जिम्मेवारी पूरा गर्छु । पार्टीले प्रदेश सभामा चुनाव लडन पठाएकाले उम्मेदवार बनेँ । मिडियाका साथीभाई र पार्टीका केही साथीहरुले पनि त्यस अर्थमा अथ्र्याएका छन् त्यो म नकार्दिन ।  प्रदेश नं ३ मा कांग्रेसले वहुमत ल्यायो र मैले चुनाव जिते भने त्यो असंम्भव छैन । प्रदेश सभा प्रतिशप्रर्धी उम्मेदवार कुनै भन्दा मेरो पनि कम्ति योगदान छैन । 

अहिले प्रदेश सभा निर्वाचन र उम्मेदवारको जेजति चर्चा हुनुपर्ने त्यो भएको छैनन, तपाईलाई के लाग्छ ?     

यो मैले पनि अनुभूत गरेको विषय हो । ऐतिहासिक यस निर्वाचमा जसरी प्रतिनिधि सभाको चर्चा, हेभीवेटका नाममा पत्रपत्रिकामा ठूला हेडलाइन छापिने तर, प्रदेश सभा कता–कता छाँयामा परेको जस्तो भएको छ ।  न उम्मेदवारको चर्चा न त एजेण्डाबारेमै जति वहस हुनुपर्ने हो भएको छैन । संविधान कार्यान्वयको पहिलो खुटकिलो नै संघ हो यसबारे जेजति वहस चर्चा हुनुपर्ने हो त्यो अभाव खड्किएको छ । 

हेभिवेट एमाले वरिष्ठ नेता माधव नेपालको क्षेत्रमा छ भिडनु भएको छ,कत्तिको पेलानमा पर्नुभएको छ ?

मेरो प्रतिप्रर्धा माधव नेपालसँग होइन । हामीलाई पेलान पनि छैन । यो क्षेत्रमा यसअघि पनि कांग्रेसले नै चुनाव जितेको हो । मेरा प्रतिप्रर्धी भन्दा म निकै अगाडि छुँ । शंका छैन । तैपनि चुनाव हो भन्न सकिन्न् । मेरो क्षेत्रमा काठमाडौं महानगरपालिका ९ नं वडा र ३२ नं पर्छ । ९ नं यसअघिको स्थानीय निर्वाचनम कांग्रेसले नै जितेको छ । उता पनि हाम्रो त्यति नराम्रो छैन । म जनतालाई सपना र विश्वास वाड्नु भन्दापनि यथार्थ भन्न रुचाउँछु । 

चुनावी मुद्दा के–के अघि सार्नुभएको छ ?

कोटेश्वर तिनकुनेमा व्यक्तिको जग्गा महानगरपालिकाले अधिग्रहण गरेको वर्षो भइसकेको छ । न बगैचा बनेको छ न त जनताले उचित मुआब्जा नै पाएका छन् । समस्या ज्यूँकात्यूँ नै छ । बाटो विस्तार गर्दा होस कि सार्वजनिक क्षेत्र विस्तारका लागि । जनताको सम्पत्ति क्षतिपूर्ति विना उनीहरुको चित्त नबुझाई लिन पाइँदैन् । एयरपोर्ट विस्तारका लागि जडिबुटी र पेप्सी चोक सम्मको जग्गा अधिग्रहण गर्दा पनि स्थानीयलाई मुआब्जा उपलब्ध गराउनै पर्छ । अर्का हाम्रो सहर अहिले निकै हिलो धुलोको सिकार बनेको छ । सामाजिक र नागरिक सुरक्षा चुनौति बढेको छ ।  धार्मिक सांस्कृतिक संरचनाको जगर्ने हुनुपर्छ । मैले मेरो निर्वाचन क्षेत्र मात्र होइन प्रदेश नं ३ लाई एउटा नमूना प्रदेश बनाउने अठोट लिएको छुँ । जनताले साथ दिएमा ५ वर्षभित्र यो केन्द्रको राजधानी समेत रहेको प्रान्तलाई ‘मोडल प्रान्त’ बनाउने र जनतालाई सामाजिक सुरक्षा, स्वस्थ्य वातावरण र उचित शिक्षा प्रबन्ध गर्ने मेरो संकल्प छ ।   

प्रतिकृया दिनुहोस

राजनीति हाम्रो रगतमा थियोः बीपी कोइराला

दुर्गम क्षेत्रमा नुन महङ्गिने सम्भावना

पूर्व बाल्यअवस्थाको कहानी हो ‘स्कुल

रोक्का जग्गाको नक्सापास छिट्टै : मेयर

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त

म कहिल्यै एमाले बन्न सक्दिन: गोपाल

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि