‘हामी सपनाको राजनीति होइन यथार्थतामा विश्वास गर्छौ’

‘हामी सपनाको राजनीति होइन यथार्थतामा विश्वास गर्छौ’

रमेशकुमार पुडासैनी, उम्मेदवार विवेकशील साझा पार्टी, काठमाडौं निर्वाचन क्षेत्र नं ३, क प्रदेशसभा

रमेशकुमार पुडासैनी कम्युटर इञ्जिनीयर हुन्,उनी softwarica college मा प्राध्यापनरत पनि छन् । अहिले उनी त्यो काम छोडेर चुनावी घरदैलोमा व्यस्त छन् । काठमाडौं क्षेत्र नं ३ को प्रदेशतर्फ ‘क’ बाट प्रत्यक्ष तर्फ विवेकशील साझा पार्टीबाट उम्मेदवार बनेका उनी राजनीतिलाई समाज सेवाका रुपमा अथ्र्याउछन् । भन्छन ‘खासमा नेपालमा राजनीति भएकै छैन यो त जनताको सेवा गर्ने काम हो ।’ आफ्नो पार्टी जनताका प्रत्यक्ष समस्यासँग समाधान गर्न निरन्तर लागि पर्ने र सु–संस्कृत राजनीति गर्ने उनी बताउँछन् । काठमाडांै बौद्धमा जन्मनु भएका पुडासैनीले प्रारम्भिक शिक्षा कुमारी शिशु सदन हँदै कुमारी आवासीय उच्च माध्यामिक विद्यालयबाट पुरा गरेका हुन् । भारतको लर्ड बुद्ध एडुकेशन फाउन्डेसनबाट एमएस्सी आईटी गरेका छन् । चुनावी माहोलका र घरदैलो विषयमा केन्द्रित भएर नारायणी लामिछानेले पुडासैनीसँग गरेको कुराकानी ः

 तपाई आइटी इञ्जिनीयर शिक्षण पेशामा पनि आवद्ध हुनुहुन्छ राजनीतिमा किन आउनु भयो ?

म यसलाई राजनीति भन्दिन,यो वास्तवमा समाज सेवा हो । हामी वर्तमान समयमा भईरहेको राजनीतिको वैकल्पिक पार्टीका रुपमा आम जनसमुदायका माझ आएका छौं । विवेकशील साझा पार्टीको जन्म नै वैकल्पिक शक्ति स्थापनका लागि भएको हो । नेपाली राजनीतिमा जुन किसिमको धनवाद, नातावाद, परिवारवाद छ त्यस्तो र कुसंस्कार तोडनुपर्छ भन्ने हाम्रो मान्यता हो र हाम्रो पार्टीको मुख्य लक्ष्य नै त्यही हो । जनतालाई पूर्ण सेवासुविधा दिने, देशभित्र नै स्वरोजगारी सिर्जना, संम्वृद्धि र विकास गर्नु, व्याप्त भ्रष्टचार कम गर्न हाम्रो मुख्य उद्देश्य हो । म शिक्षक भएर पनि समाजसेवा नै गर्दै थिए र अहिले राजनीतिमा लागेर पनि समाज सेवा गर्दै छु । त्यसैले म मेरो उम्मेदवारीलाई राजनीति भन्दा पनि समाज सेवाकै एउटा हिस्साका रुपमा अथ्र्याउने गर्छु ।

चुनाव आउने लाग्यो, प्रचारप्रसारमा कतिको जुटनु भएको छ ?

अहिले हामी चुनावको संघारमा छौ, यस समयमा चुनावमा नजुट्ने त कुरै भएन । हामी सर्वप्रथम आफ्नो आफन्तकोमा, आफ्नो छरछिमेकमा र आफ्नो क्षेत्रमा प्रचारप्रसारमा जुटेका छौ, आमसर्वसाधारण सम्म जाने गरेका छौ र उहाँहरुको सुझाव लिईरहेका छौ । मतदाताको धारणा बुझने र उनीहरुका समस्या टिपोट गर्ने कार्यमा व्यस्त छौं ।

सबै दलका नेता चुनावी माहोल आफ्नो पक्षमा रहेको बताउँदै आएका छन्, तपाईको अवस्था के छ ?

युद्ध लडने व्यक्ति हार्छु भनेर कहिले पनि लाग्दैन, त्यस्तै सबै जित्छौ भनेर नै मैदानमा उत्रिएका हुन्छन् । तर, जनताले कसलाई जिताउँछन त्यो त परिणामले देखाउने हो । अहिलेको जनताले वास्तवमै परिवर्तन खोजिरहेका छन् । पुराना राजनीतिक शक्तिले आश्वासन बाड्नेमा काम गरे । अब हामी काम गरेर देखाउँछौं भनेर भोट मागिरहेका छौ । त्यसैले विस्तारै माहोल हाम्रो पक्षमा बन्दै गएको हाम्रो बुझाई छ । हामी सपनाको राजनीति होइन यथार्थतामा विश्वास गर्छौ । पक्कै पनि यो पुस्ताले नयाँ आवाश्यकता नै खोज्ने छ । हामी ठुलो काम गर्छौ भन्दैनौ तर साना कामले सुसंस्कृत राजनीति को विकास गर्छौ ।

चुनाव जितेपछि यस क्षेत्रको विकासका लागि के कस्ता योजना बनाउनु भएको छ ?

विशेषत चुनाव जितेपछि नीति निर्माणमा मेरो नेतृत्वदायी भूमिका हुनेछ, त्यस्तै शिक्षा स्वास्थ लगायतका क्षेत्रमा जस्तै सांस्कृतिक सम्पदाको संरक्षण र संम्वर्दनमा जोड दिने छु । सांस्कृतिक सम्पदालाई चिनाउनको लागि पदमार्गको व्यवस्था गर्दै पर्यंटनको विकासमा जोड दिनेछु । वौद्ध क्षेत्र हाम्रो अन्र्तराष्ट्रिय चिनारीको क्षेत्र हो । त्यसलाई अझ व्यवस्थित बनाउने मेरो प्रयास हुनेछ । अन्य सांस्कृतिक सम्पदालाई समेत जगेर्ना गर्नको लागि पदमार्गको व्यवस्थापनमा जोड दिनेछु । क्षेत्र नं ३ क मा पर्ने वडा कार्यलयहरु प्रादेशिक सरकार र केन्दी«य सरकारसँग समन्वयन गर्दै क्षेत्रको विकासका लागि पहल गर्नेछु ।

प्रतिकृया दिनुहोस

केही व्यवसायीका कारण सिंगो निर्माण

चीन र भारत प्लस वान मोडलमा पुगिसकेका

सरकारी अनुदानबिना श्रम ऐनले तोकेको

वडाबासीको काममा कुनै कमी हुँदैन: राम

राजनीति हाम्रो रगतमा थियोः बीपी कोइराला

दुर्गम क्षेत्रमा नुन महङ्गिने सम्भावना

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला