‘ग्राहकले तिम्रो हातमा म्याजिक छ भन्छन्

‘ग्राहकले तिम्रो हातमा म्याजिक छ भन्छन्

१५ वर्षदेखि अरुलाई सिंगारेर नाम, दाम र कामले चम्किएकी ईन्द्र गुरुङको इमेज हेयर सैलुन ‘ग्राहकको भीडले कपाल काट्न र श्रृँगार गर्न लाईनमा बस्नुपर्छ’ भनेर हङकङभरी चर्चित छ। सन् २००० मा खुलेको ईमेजले यो भीड व्वस्थापन गर्न थप २ वटा शाखा खोलेको छ। पछिल्लो समय जोर्डन, युङलोङ जस्ता नेपालीको घना बसोबास भएका थलोमा बाक्लै खुलेका नेपालीका ब्यूटी एन्ड हेयर सैलुनले व्यवसायमा असर पार्नुको साटो इमेजले झन् बेसी ग्राहक तानेको ईन्द्रको अनुभव छ। यहि ११ जनवरीका दिन इमेजको १५औं स्थापना दिवस सार्वजनिक रुपमा मनाएकी यसका मालिक ईन्द्रसँग नेपालखबर हङकङले उनको व्यवसायिक सफलताको राज जान्न चाहेको थियो– यो वार्तामाः

यो पार्लर कसरी खुल्यो, सम्झनुहुन्छ?  मलाई ब्यूटी पार्लरमा रुचि थियो। सानैदेखि कुनै न कुनै क्षेत्रमा केहि गरेरै छाड्छु, आफ्नै खुट्टामा उभिन्छु भन्ने मनमा बलियो सोच थियो। त्यसैले सन् १९९६ मा हङकङ आउनासाथ साथीभाईहरु महिनाको १०–१२ हजार आउने कन्स्ट्रक्सनको कामतिर लागे म चाहिँ महिनाको ४ हजार तलबमा चिनियाँको ब्यूटी सैलुनमा काम गर्न थालेँ। ४ वर्ष काम गरेपछि आफ्नै पार्लर शुरु गरेँ। घरबाट पनि कन्स्ट्रक्सनतिर लागेर उमेर खेर नफाल्न सुझाव आएकोले यो पेशामा लाग्न बल मिल्यो। शुरुमा जोर्डनको सांघाई स्ट्रिटको पहिलो तलामा ‘नेपाली हेयरसैलुन’ खोलेँ। मैले खोलेको एक वर्षपछि एकजना दाईले मेरै सैलुनमुनि ‘इमेज सैलुन’ खोल्नु भयो। केहि महिना चलाएपछि चलाउन सक्नु भएन। मैले किनेर ‘इमेज’ नाममा चलाएँ।

यो शीप नेपालबाटै सिकेर आउनु भएको थियो? होईन यहिँ आएर सिकेको हुँ। एक त मेरो रुचि थियो। त्यसमाथि मलाई पैसा भन्दा पनि भविष्यको लागि ‘स्किलफूल’ पेशा गर्नुथियो। यहाँ आएर अभ्यास गर्दै हेयर केयर (कपाल सम्बन्धि सबै शीप), स्किन केयर, मेकअप, नेलआर्ट, पर्मानेन्ट मेकअप सिकेँ। नेपालमा त कहाँ पढ्न पाउनु। प्रेम अन्धो हुन्छ भने झैं बुटवल बहुमुखि क्याम्पसमा इन्टर पढ्दापढ्दै लभ पर्यो। भदौ १० गते जाँच थियो ६ गते नै टाप कसियो। एक साल पनि पढिएन। यो २०५० सालको कुरा हो। मलाई तँ काले ठकुरीसँग भागिस् भनेर स्विकारेनन् यता घरकाले तल्लो जात ल्यायो भनेर भित्र्याएनन्। बबाल भो। पछि यो लभको चक्करमा परेर मेरो सपना बिलाउन थाल्यो भन्ने कुरा महशुस हुँदै गयो। मन आत्तिन थाल्यो। म मान्छे नै फास्ट। हिंडाई फास्ट। बोली फास्ट। सोचाई फास्ट। निर्णय पनि झटपट गर्ने। काम पनि त्यस्तै छ। यसले गर्दा कहिलेकाहिँ दुःख पनि पाएको छु। तर यो बानीको राम्रो फाईदा के भयो भने म ३ मिनेटमै केटीको र ५ मिनेटमा केटाको कपाल काटिदिन सक्छु। केटाहरुको ब्लेड र मेसिन लगाउन पर्ने हुनाले अलिक बेसी लाग्छ।

यति छिटो काम गर्दा ग्राहक पनि दंग पर्दा हुन्। एकचोटी लाहुरे मामा बाल काट्न आउनुभो। उहाँ मोबाईलमा व्यस्त हुनुहुन्थ्यो। मैले ५ मिनेटपछि मामा भयो भनेको बुरुक्क उफ्रनु भो र यति छिटो पनि सकिन्छ भन्दै ऐनामा खुब हेर्नु भो। पछि ऐ काटिछौ भन्दै जानु भो। फिलिपिना केटीहरुले फोटो देखाएर काट्न भन्छन्। एकछिनमै भयो भन्दा पत्याउँदैनन्। खुब ऐना हेर्छन्। चेकजाँच गर्छन्। पछि ओके भनेर ‘म्याजिक’ भन्दै फर्कन्छन्। ग्राहकले तिम्रो हातमा म्याजिक छ भन्छन्। यस्तो विशेषगरी भारतीय र चिनियाँले भन्छन्।

यो पेशामा नलागेको भए के पाउँथे वा गुमाउँथे भन्ने लाग्छ?  अरु नोकरीतिर गएको भए साँघुरो दिमागको हुँन्थे होला। गृहिणी भई बुढासँग कचकच गर्दै बस्थेँ हुँला (हाँस्दै)। ब्यापार गर्न सिक्ने थिइँन। सैलुनले मलाई चिनाएको छ चिन्ने मौका पनि दिएको छ। पैसा भन्ने त्यस्तै हो आउँछ जान्छ। आफ्नै काम गर्दा धेरै सिकिँदो रहेछ। कसरी बोल्ने, बाहिरी वातावरण कस्तो छ सबै जानिँदो रहेछ। अर्कोतर्फ केहि गुमाएको पनि छु। यसमा यति व्यस्त भएँकी बच्चा र घर परिवारलाई समय दिन सकिँन। यसमा पछुतो लाग्छ।अब यसलाई मिलाउने प्रयत्न गर्दैछु। टक्क अडिएर फर्केर हेर्छु। ३ वर्षको छोरालाई छाडेर कल्कलाउँदो तरुनीमा हङकङ पसेको २० वर्ष भैसके छ। हङकङमै हराइएछ।

बच्चाहरु के गरिरहेका छन्? दुई छोरा र श्रीमान बेलायत छन्। जेठोले बेलायतबाटै म्यानेजमेन्टमा ग्रयाजुयट लियो। कान्छो ८ वर्षको भयो। उ पनि पढिरहेको छ। भविष्य कसले देखेको छ र? तर अब उनीहरुसँग समय बिताउन बेलायत जाने योजनामा छु। व्यवसाय उतैबाट हेर्छु।

हेर्नुस् ११ तस्बिर: 

तपाईंको पार्लरमा कपाल काट्न आउनुपर्यो भने ‘अप्वान्टमेन्ट’ लिएर आउनुपर्छ भन्ने हल्ला गर्छन् मान्छेहरू।  सही हो। शनिबार र आईतबार बस्ने ठाँउ नै हुँदैन। कयौं ग्राहकहरु बाहिर सिसाबाटै हेरेर फर्कन्छन्। तर कहिलेकाहीँ यस्तो प्रचारले हानी पनि गर्दो रहेछ। ईन्द्रकोमा गयो भने त पालै पाइँदैन, अर्को पटक जाउँला भनेर कुनै शनिबार र आईतबार त ग्राहक नै नआएको उदाहरण पनि छ। तर यस्तो अत्यन्त कम हुन्छ।

दैनिक कति ग्राहक आउँछन्? जोर्डनमा केटा र केटीका लागि छुट्टाछुट्टै पार्लर चलाएको छु। यी प्रत्येकमा दैनिक ५० देखि ७० जनासम्म आउँछन्। केटीकोमा ९ जना कर्मचारी दिनभर व्यस्त हुन्छन्। केटाकोमा पनि ५ जना कर्मचारी छन्। युङलोङमा चाहिँ २० देखि ३० जना दैनिक आइरहेका छन्। त्यहाँका ३ जना कामदार व्यस्त छन्।

यो बिघ्न भीड हुनाको पछाडि के के कारणले काम गरेको छ?  मेरो खुबीले नै होला। मेरो पार्लरमा नेपाली, बंगलादेशी, पाकिस्तानी, फिलिपिनि, श्रीलंकन, चिनियाँ, भारतीय, भियतनामी सबै आउँछन्। हङकङको कुनै जात छुटेको छ जस्तो लाग्दैन। सेवा राम्रो भएकोले नेटवर्किङ र प्रचार–प्रसार प्रशस्त भएको छ।

तपाईंका नेपाली ग्राहक चाहिँ को हुन्? पहिला हङकङका नेपाली नेता र ब्यापारी जति सबै मेरैमा आउनुहुन्थ्यो। तर पार्लर यति व्यस्त हुन थाल्यो कि ब्यापारी जस्ता समय मिलाएर हिंड्नेहरुलाई घन्टौँ कुर्नु परेपछि उनीहरू आजकल कमै आउँछन्।

पार्लरमा आउने मान्छेसँग गाँसिएका केहि याद छन्?  पार्लर खोलेको एक वर्ष भएको थियो। ब्यापारी तेज राई नियमित आउनुहुन्थ्यो। त्यतिबेलाको उहाँको हाईहाई थियो। त्यसदिन भीड थियो। म पनि खुब व्यस्त थिएँ। कम काट्न भन्नुभएको रहेछ। मैले धेरै काटिदिएछु। रिसले चुर हुनु भो। तिमीलाई नेपाली समझमा आउँदैन भने अँग्रेजीमा सुन भनेर भररर गाली दिन थाल्नु भो। चुपचाप लाएर सुनेँ। म बोल्न सकिनँ। रातोपिरो भएँ। सरी, अर्को पटक यस्तो गर्दिनँ भनेँ। नर्भस भएँ। भो दाई, पैसा दिनु पर्दैन भनेको दिएर जानु भो। अब फर्किएर आउनुहुन्न होला भनेको पछि फेरि आउनु भो। यति खुशी लाग्यो त्यसको सीमा छैन।

तपाईं पढाउनु पनि हुन्छ हैन? मैले ५ वर्ष अघि खोलेको ब्यूटि ट्रेनिङ सेन्टरबाट १०० जना भन्दा बढी विद्यार्थी निस्किए। मेरा विद्यार्थीले सिक्नासाथ डेढ लाखदेखि ३ लाख डलर खोजेर पनि पार्लर खोल्ने आँट गर्छन्। केहिले त वरिपरी नै खोलिदिन्छन्। जोर्डनको मोर्डन, डीवी, करुणा सैलुन मेरै विद्यार्थीले खोलेका हुन्। युङलोङमा तास्मिन ब्यूटी स्टुडियो र चिम्साचोइमा पाकिस्तानी विद्यार्थीले पनि खोलेका छन्। अर्कोले पनि खोल्दैछ। तिनले रिबन काट्न मलाई नै बोलाउँछन्। (हाँस्दै) तर मलाई गम छैन। खुशी नै लाग्छ, आफ्नो विद्यार्थी बनेकोमा। नयाँ खोल्न सानो आँटलु हुँदैन। यति साहस दिन सकेकोमा मलाई गर्व नै लाग्छ। मेरा काम अरु पनि छन्। म पार्लरमा सामान पनि सप्लाई गर्छु। मैले ३ महिनाअघि यूट्युब च्यानल शुरु गरेको छु। ३ हजार सब्सक्राईभ भैसकेका छन्। एउटा भिडियो त करिब डेढ लाखले हेरिसकेका छन्।

यत्रो पैसा कमाएको भन्दै चन्दा माग्नेहरुले कत्तिको हैरान पार्छन्?  मलाई कमाएको पैसाबाट केहि रकम समाजसेवामा खर्च गर्न पाउँदा मन खुशी हुन्छ। माग्न आउनेलाई म कहिल्यै खालिहात फर्काउँदिनँ। गच्छे अनुसार सहयोग गर्छु। कुनै वर्ष बहिखाता चेक गर्दा बार्षिक ४० हजार हङकङ डलर जति चन्दामा गएको रेकर्ड पनि छ।

हङकङमा अहिले गल्लिपिच्छे नेपाली पार्लर छन्, तपाईंका ग्राहक घटेनन्?  झन बढेका छन्। प्रतिष्पर्धाले धेरै सिकाउँदो रहेछ। पहिला कम होला भन्ने डर लाग्थ्यो। अहिले चाहिँ धेरै भए झन् राम्रो हुँदोरहेछ भन्ने थाहा लाग्यो। मेरो १५ वर्षे पेशामा २०१६ मा सबैभन्दा बढी आय भएको छ। यसले पनि प्रतिष्पर्धाले ग्राहक नघट्दो रहेछ भन्ने देखायो।

हङकङमा यति धेरै पार्लर कसरी चलेको होलान?  मेरो अनुभवमा त हङकङ मात्र हैन नेपाल, भारतमा पनि पार्लर व्यवसाय मज्जाले चलेको छ। सबैलाई सुन्दर देखिने ईच्छा हुन्छ। हङकङमा हप्तैपिच्छे पार्टी हुन्छ। श्रृँगार गर्नुपर्यो। दिदी बहिनीले कमाएका छन्। कमाएको के को लागि हो, आफ्नो लागि त हो नी भनि श्रँगारमा खर्च गरिन्छ। पार्लर नचल्ने कुरै भएन।

प्रतिकृया दिनुहोस

राजनीति हाम्रो रगतमा थियोः बीपी कोइराला

दुर्गम क्षेत्रमा नुन महङ्गिने सम्भावना

पूर्व बाल्यअवस्थाको कहानी हो ‘स्कुल

रोक्का जग्गाको नक्सापास छिट्टै : मेयर

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त

म कहिल्यै एमाले बन्न सक्दिन: गोपाल

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि