सुर्तीजन्य पदार्थको सेवनबाट दैनिक ७४ जनाको मृत्य

  सुर्तीजन्य पदार्थको सेवनबाट दैनिक ७४ जनाको मृत्य

काठमाडौं । ‘सुर्तीजन्य पदार्थ वा फोक्सोको स्वास्थ्य’ भन्ने नाराका साथ विश्व सुर्तीजन्य पदार्थरहित दिवस ३१ मे भोली मनाइँदै छ । 

यही अवसर पारेर बिहीबार नेपाल जनस्वास्थ्य संघ केन्द्रीय कार्यसमिति ललितपुर र प्रदेश नम्बर ३ को स्वास्थ्य निर्देशनालयले जनतामा सुर्तीजन्य पदार्थ र सेवनबाट हुने असर एवम् भविष्यमा रोकथाम विषयमा कार्यशाला आयोजना गरेको छ ।

कार्यक्रममा स्वाथ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनीले सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए । गर्भवती र १८ वर्ष नपुगेका व्यक्तिले÷लाई सुर्तिजन्य पदार्थ खरिद तथा विक्री गर्न नपाउने कानूनी प्रावधानलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउनुपर्ने उनले धारणा राखे ।

नेपाल जनस्वास्थ्य संघका केन्द्रीय अध्यक्ष श्रीकृष्ण भट्टले सुर्तीजन्य पदार्थरहित दिवस वर्षमा एक दिनमात्रै नभनी वर्षैभरि नियमित रुपमा विभिन्न प्रभावशाली कार्यक्रमको आयोजना गरेर मनाउनुपर्नेमा जोड दिए । उनले भने,‘यसलाई अभियानकै रुपमा लिएर देशव्यापी जानुपर्छ ।’ देशका ७५३ वटै स्थानीय तह, ७ प्रदेश र संघीय सरकार तीन तहकै सरकारले यसलाई विशेष महत्व दिनुपर्ने उनको भनाई छ ।

उनले सरकारले हिजो पेश परेको आर्थिक वर्ष २०७६–७७ को बजेटमा सुर्तिजन्य पदार्थ (चुरोट, बिडी र सिगार) को प्रत्येक खिल्लीमा लगाएको २५ पैसा स्वास्थ्य कर स्वागतयोग्य भएपनि अझै बढाउनुपर्ने माग गरे । उनले भने,‘अन्तर्राष्ट्रिय मापदण्डअनुसार पनि यो कर कम भयो, प्रत्येक खिल्लीमा कम्तिमा एक रुपैयाँ कर लगाउनुपर्छ । र, प्रत्येक सुर्ती खैनीको बट्टामा पनि एक रुपैयाँ स्वास्थ्य कर लगाउनुपर्छ ।’

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निर्देशक बद्री बहादुर खड्काले नेपालमा करिब ९० लाख (३०.८) प्रतिशत नेपालीहरुले धुम्रपान र सुतिजन्य पदार्थको सेवनको तथ्यांक सुनाए ।

धुम्रपानको कारण मानिसहरुमा स्वास्थ्यसम्बन्धी विभिन्न रोगहरु (क्यान्सर, मुटुरोग, मधुमेह र दिर्घ श्वासप्रश्वास) देखा परेको पनि उनले जनाए । उनकाअनुसार धुवाँको रुपमा नेपालमा १८ प्रतिशतले सुर्ती खाने गरेको र काँचो सुर्ती खानेहरु १७ प्रतिशत छन् । त्यस्तै, उनले १३ देखि १५ वर्षका युवाले २०.४ प्रतिशत सेवन गर्ने गरेको पनि सुनाए ।

डेन्टल विद्यार्थीले ३३ प्रतिशत र नर्सिङ विद्यार्थी १.२ प्रतिशत रहेको पनि खड्काले तथ्यांक सुनाए । त्यस्तै, शिक्षक तथा विद्यालयका २१.५ प्रतिशत कर्मचारीहरुले पनि सुर्तिजन्य पदार्थको सेवन गर्ने गरेको तथ्यांक खड्काले पेश गरे । त्यस्तै, सुर्तिजन्य पदार्थ सेवन नगर्ने तर सेवन गर्नेको वरिपरि बसी धुँवा ग्रहण (सेकेण्ड ह्याण्ड स्मोकर) गर्नेलाई असर पर्ने गरेको पनि उनले सुनाए । उनले भने,‘सुर्ती सेवन गर्नेजतिनै सेवन गर्ने मान्छेसँग बस्नेलाईपनि उतिकै असर गर्छ ।’ त्यस्तै, उनले ४७ सय ३२ टन चुरोटका फोहोर बट्टा नेपालमा थुप्रिएको पनि तथ्यांक सुनाए ।

उनकाअनुसार सुर्तिजन्य पदार्थ सेवन गरेको कारणबाट लाग्ने रोगहरु क्यान्सर, मुटु रोग, मधुमेह, दिर्घ श्वासप्रश्वास रोगहरुको उपचारको लागि ४७ अर्व ३० करोड खर्च भैरहेको छ । उनले भने,‘त्यसमध्ये चार अर्व ७० करोड नेपाल सरकारले खर्च व्यहोर्छ, बाँकी ४२ अर्ब ६० करोड नेपाली जनता आफ्नो गोजीबाट खर्च गर्छन् ।’ तर, सरकारलाई सुर्तिजन्य पदार्थको राजश्व वार्षिक रुपमा १७ अर्ब रुपैयाँमात्रै बुझाउने गरिएको तथ्यांक खड्काले पेश गरे । उनले सुर्तीजन्य पदार्थमा कर बढाउने, सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्तिजन्य पदार्थको सेवन निषेध गर्ने, सुर्तिजन्य पदार्थको विज्ञापन बन्द गर्ने, धुम्रपान गर्नेहरुलाई त्याग गराउन लगाउने र सुर्तिजन्य पदार्थको सेवनको असरबारे जनचेतना जगाउने काम गरिए सुर्तीजन्य पदार्थ सेवनमा नियन्त्रण हुने विश्वास दिलाए ।

खड्काले कुल क्यान्सर रोगका कारण विरामी हुने नेपालीहरुको संख्या ३.५ प्रतिशत रहेकोमा त्यही तथ्यांकलाई कुल मान्दा त्यसमध्ये सुर्तिजन्य पदार्थको सेवनका कारणले हुने क्यान्सरको २९ प्रतिशत रहेको जनाए । त्यस्तै, मुटु रोग १२.४ प्रतिशत विरामी हुनेमा सुर्तिजन्य पदार्थको सेवनका कारणले विरामी हुने २१ प्रतिशत रहेको जनाए ।  

खड्काले विश्वमा प्रत्येक चार सेकेण्डमा एक जना र वार्षिक ८० लाख मानिसको सुर्तीजन्य पदार्थ सेवनका कारण लाग्ने रोगबाट निधन हुने गरेको र नेपालमा प्रत्येक घण्टा चार जनाको निधन हुने गरेको पनि सुनाए । उनकाअनुसार नेपालमा वार्षिक २७ हजार १ सय ३७ जनाले सुर्तीजन्य पदार्थ सेवनकै कारण लाग्ने रोगबाट मृत्युवरण गर्नुपरेको छ । त्यस्तै, नेपालमा कुल मृत्युमध्ये ६६ प्रतिशत मृत्यु नसर्ने रोगहरु (क्यान्सर, मुटुरोग, मधुमेह र दिर्घ श्वासप्रश्वाँस) कारण भैरहेको पनि खड्काले तथ्यांक पेश गरे ।

त्यस्तै, नेपालमा फोक्सोको क्यान्सरबाट कुल क्यान्सर मृत्युमध्ये १७ प्रतिशत पुरुष र १४ प्रतिशत महिलाहरुको मृत्यु हुने गरेको पनि उनले सनुाए । उनले भने,‘सुर्तिजन्य पदार्थ सेवन नगरेमा ९० प्रतिशत फोक्सोको क्यान्सर रोगबाट मृत्यु हुनबाट रोक्न सकिन्छ ।’ निर्देशक खड्काले सरकारले सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन–२०६८ लाई कार्यान्वयन गरेपछि दैनिक ११ खिल्ली चुरोट सेवन गर्ने नेपालीहरु दैनिक ५ खिल्ली सेवन गर्ने गरेको पछिल्लो तथ्यांक पनि पेश गरे । उनले उक्त ऐन कार्यान्वयनमा आएसँगै यसरी नेपालीहरुमा चुरोट सेवनको संख्या घट्नु खुशीको कुरा भएको पनि स्पष्ट पारे ।

 

 

प्रतिकृया दिनुहोस

ऐनले चिकित्सा क्षेत्रमा रहेका विकृति

सुर्तीजन्य पदार्थ जनचेतनाले नियन्त्रण

सुर्तीजन्य पदार्थको सेवनबाट दैनिक

अनशनरत नर्सको जीवन रक्षाका लागि अपिल

चिकित्सको त्रुटिले मृत्यु भएकी आकृतिका

ट्युमर उपचारको नयाँ प्रविधि

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला