औषधि र चिकित्सक टोली लिएर हेलिकोप्टर पुग्यो हुम्लाको ताँजाकोट

औषधि र चिकित्सक टोली लिएर हेलिकोप्टर पुग्यो हुम्लाको ताँजाकोट

दाने बोहरा/हुम्ला । अज्ञात रोगका कारण ९ जनाको मृत्यु भएको हुम्लाको ताजाकोट गाउँपालिकामा हेलिकोप्टरसहित औषधि लिएर चिकित्सकको टोली पुगेको छ ।

प्रदेश सरकारको पहलमा हेलिकोप्टरमार्फत औषधिसहितको चिकित्सक टोली प्रभावित क्षेत्र पुगेको कर्णालीका सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए ।

सुर्खेतबाट हेलिकप्टरमा औषधिसमेत लिएर गएको चिकित्सकको टोलीलले बिरामीको अवस्था हेरेर उद्धारको काम गर्ने छ । ताजाकोटमा बिरामीलाई औषधि र रोग फैलिन नदिनका लागि प्रदेश सरकार लागिपरेको उनको भनाइ छ । हरेक वर्ष हुम्लाका ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा औषधि अभाव हुनाका साथै स्वास्थ्यकर्मीसमेत नियमित स्वाथ्यचौकीमा नभेटिँदा समस्या भएको स्थानीय बासिन्दाको गुनासो छ ।

हुम्लाको उक्त गाउँपालिकामा पहिचान नभएको रोगका कारण मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ । सोही गाउँपालिका–१, २ र ३ थुप्रै मानिस थला परेको जनाइएको छ ।

अज्ञात रोगका कारण एक जनाको चैत २६ गते र अन्य आठको वैशाख पहिलो सातादेखि अहिलेसम्म मृत्यु भइसकेको छ ।

 

मैला स्वास्थ्यचौकीका अहेब मोतीलाल जैसीका अनुसार मृत्यु हुनेमा दुई बालक र सात वृद्ध छन् । शनिबार बिहान मात्रै ताजाकोट–१, जिमानागाउँका ५५ वर्षीय वीरबल रिठालको मृत्यु भएको थियो । यसअघि शुक्रबारसम्म ७५ वर्षीया कुसुमा रिठाल, ६० वर्षीय शुरजीत खड्का, वडा नं २ का ५५ वर्षीय रङ्गे कोली र पाँच वर्षीया सुनकेसा सुनार छन् । यस्तै वडा नं ३ का ७० वर्षीया अम्मकली मल्ल, ७५ वर्षीय बज्जिरे सुनार, ५५ वर्षीय लक्ष्य सुनार र १० महीनाका बालक सञ्जीव थापाको पनि ज्यान गएको स्वास्थ्यचौकी प्रमुख जैसीले जानकारी दिए ।

चिकित्सकसँगै औषधी पनि पुगेपछि ताँजाकोट–२ मा रहेको मैला स्वास्थ्यचौकीमा शिविर सञ्चालन भईरहेको स्वास्थ्य चौकीका अहेब जैसीले जानकारी दिए । कतिपय विरामीको भने सुर्खेमा उपचार भइरहेको छ ।

यो पनि

http://ammarwani.com/news/post/2019-04-27-03-53-09

हुम्लामा अज्ञात रोगले आठ जनाको मृत्यु, एक दर्जन विरामी

प्रतिकृया दिनुहोस

मिर्गौला तस्करीको आरोपमा निदान अस्पतालका

ऐनले चिकित्सा क्षेत्रमा रहेका विकृति

सुर्तीजन्य पदार्थ जनचेतनाले नियन्त्रण

सुर्तीजन्य पदार्थको सेवनबाट दैनिक

अनशनरत नर्सको जीवन रक्षाका लागि अपिल

चिकित्सको त्रुटिले मृत्यु भएकी आकृतिका

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला