प्रतिपक्षी सांसदको बिरोधबीच चिकित्सा विधेयक पारित (भिडियो सहित)

  प्रतिपक्षी सांसदको बिरोधबीच चिकित्सा विधेयक पारित (भिडियो सहित)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ पारित भएको छ । प्रतिपक्षी कांग्रेसका सांसदले रोष्टम घेराऊ गरेपनि सभामुख कृष्णबहादुर महराले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई विधेयक पेश गर्ने अनुमति दिएका थिए ।

पोखरेलले पेश गरेको विधेयक संसदको बहुमतले पारित गरेको हो । सत्ता पक्षका सांसले विधेयकको पक्षमा ताली पिटदै गर्दा प्रतिपक्षी दलका सांसद भने नाराबाजीमा  व्यस्त थिए ।  

शुक्रबारको बैठक सुरु भएलगत्तै कांग्रेस सांसदले अवरोध सुरु गरे पनि सभामुखले विधेयक प्रस्तुत गर्न मन्त्री पोखरेललाई समय दिए ।  पटकपटक आग्रह गर्दा प्रतिपक्षीले नाराबाजी नरोकिएपछि सभामुख महराले विधेयक पारित गर्ने प्रक्रिया अगाडि बढाए । विरोधबीच विधेयक टेबुल गर्न सभामुखले अनुमति दिए र पारित भयो ।   विधेयक टेबुल भएपछि सभामुख महराले छलफलका लागि नाम टिपाउन सांसद समय दिए । तर, कुनै सांसदले नाम नदिएपछि संसदीय उपसमितिको प्रतिवेदनलाई स्वीकार गर्दै विधेयकको अंग बनोस् भन्ने प्रस्ताव पेश गरे ।

उपसमितिको प्रतिवेधन विधेयकको अंगको रुपमा स्वीकार भएपछि सभामुख महराले विधेयकलाई निर्णायार्थ संसदमा पेश गर्न मन्त्री पोखरेललाई अनुमति दिए । संसदको अर्को बैठक माघ १७ गते शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

 

 

 

 

प्रतिकृया दिनुहोस

बीपी प्रतिष्ठानका डाक्टर आन्दोलनमा

प्रतिपक्षी सांसदको बिरोधबीच चिकित्सा

प्रधानमन्त्रीज्यू ! चिकित्सक संघ

शुक्रबार मेडिसिटीमा निःशुल्क मुटु

६ बुँदे मागसहित डा.केसीले थाले १६ औं

कर्णालीका पत्रकारलाई स्वास्थ्य बीमा

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला