प्रत्येक ११ मा १ जना वयस्कमा मुधुमेह

        प्रत्येक ११ मा १ जना वयस्कमा मुधुमेह

मधुेमह अर्थात् रगतमा अनियन्त्रित चिनीको मात्रा । सामान्यतया मधुमेह दुई प्रकारको हुने बताइए पनि स्वीडेन र फिनल्याण्डका अनुसन्धानकर्ताहरूले भने यो पाँचओटा फरकफरक रोगको सङ्गालो रहेको निष्कर्ष निकालेका छन् । हाल विश्वका हरेक ११ जना वयस्कमध्ये एक जना मधुमेहबाट प्रभावित छन् भने यसले हृदयघात, अन्धोपन, पक्षाघात, मिर्गौलाको खराबीजस्ता जोखीमलाई समेत बढाएको छ ।

पहिलो प्रकारको (टाइप वान) मधुमेह भनेको रोग प्रतिरोधात्मक प्रणालीको कमी हो । यसले शरीरको इन्सुलिन उत्पादन घटाइदिन्छ र रगतमा चिनीको मात्रा नियन्त्रित राख्न चाहिने हर्मोनको मात्रा कम गराउँछ । दोस्रो प्रकारको (टाइप) मधुमेह भने खराब जीवनशैलीका कारण हुने गर्छ । शरीरमा भएको बोसोले इन्सुलिनको कार्यक्षमतामा असर गर्छ । स्वीडेनस्थित लुण्ड युनिभर्सिटी डायवेटिज सेण्टर र फिनल्याण्डस्थित इन्ष्टिच्युट फर मलेकुलर मेडिसिनका अनुसन्धानकर्ताहरूले १४ हजार ७ सय ७५ जना बिरामीको अवस्था हेरेर यो निष्कर्ष निकालेका हुन् । यसमा ती बिरामीको रगत परीक्षणको विस्तृत विवरण जाँच गरिएको थियो ।

द ल्यान्सेट डायबेजिटज एण्ड एण्डोक्रिनोलोजीमा छापिएको अध्ययनअनुसार मधुमेहका बिरामीहरूलाई पाँचओटा अलग समूहमा विभाजन गर्न सकिन्छ ।

समूह १– यो मधुमेह टाइप वान जस्तै हो । यसले युवाहरूलाई बढी प्रभावित गर्छ । उनीहरू स्वस्थ नै देखिन्छन्, तर उनीहरूको इन्सुलिन उत्पादन गर्ने क्षमता घट्दै जान्छ ।

समूह २– यसमा बिरामीमा इन्सुलिनको अत्यन्त कमी हुन्छ । शुरूमा यो पनि समूह १ को जस्तै हुन्छ । युवा अवस्थामा मान्छे स्वस्थ नै देखिन्छ, तौल पनि ठीक हुन्छ, तर इन्सुलिन बनाउन भने गाह्रो भइरहेको हुन्छ, यद्यपि रोग प्रतिरक्षा प्रणालीमा भने कुनै समस्या हुँदैन ।

समूह ३– यस प्रकारका बिरामीले इन्सुलिनलाई कडा प्रतिकार गर्छन् । उनीहरूको तौल बढी हुुन्छ र इन्सुलिनको उत्पादन पनि हुन्छ, शरीरले इन्सुलिन ग्रहण गर्दैन ।

समूह ४– यो मोटोपनसँग सम्बन्धित हल्का मधुमेह हो । अत्यन्तै मोटा मानिसमा यस्तो मधुमेह पाइयो । तर, समूह ३ का बिरामीको तुलनामा यस समूहका मानिसको अवस्था सामान्य मानिसको जस्तै हुन्छन् ।

समूह ५– यस प्रकारको मधुमेह उमेर ढल्दै गएपछि हुने गर्छ । अरू समूहको मधुमेहभन्दा यस्तो मधुमेह धेरै उमेर पुगेपछि हुन्छ ।

लिफ ग्रूपले यस अनुसन्धानले सटीक औषधोपचारतर्फ महत्त्वपूर्ण पाइला चालेको बताए । यी पाँचमध्ये चरम डायबेटिजका तीनओटा समूहको उपचार बढी आक्रामक तरीकाले गर्नुपर्नेमा उनले जोड दिएका छन् । समूह २ मा पर्नेहरूमा अन्धोपनको जोखीम बढी हुने र समूह ३ मा पर्नेहरूमा मिर्गौलाको समस्या बढी हुने बताइएको छ । एजेन्सी

प्रतिकृया दिनुहोस

कर्णालीका पत्रकारलाई स्वास्थ्य बीमा

नेपाल मेडिसिटी र आनबीच सम्झौता

नेपाल मेडिसिटीमा नर्सहरूको क्षमता

प्रत्येक ११ मा १ जना वयस्कमा मुधुमेह

११ जना दरवन्दी भएको ठेहे स्वास्थ्य

मेडिसिटीद्वारा स्वास्थ्य सचेतना

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला