११ जना दरवन्दी भएको ठेहे स्वास्थ्य चौकी कार्यालय सहयोगीका भरमा

     ११ जना दरवन्दी भएको ठेहे स्वास्थ्य चौकी कार्यालय सहयोगीका भरमा

दाने बोहरा/हुम्ला  हुम्लाको सिमकोट गाउँपालिका–२ मा  रहेको ठेहे स्वास्थ्य चौकी स्वास्थ्यकर्मीको नहुँदा कार्यालय सहयोगीका भरमा चल्दै आएको छ । दशैं अघि देखि नै कार्यालयमा कर्मचारी नहुँदा बन्दभएपछि साविकको ठेहे गाविसका १ देखि ६ वडाका स्थानीय स्वास्थ्य सेवाबाट बञ्चित भएका छन् ।

स्वास्थ्य चौकी बन्द भएपछि स्थानीयबासीले सामन्य उपचारपनि पाउन छाडेको स्थानीय नवराज भण्डारीले बताए । ज्वरो आएको टाउको दुखेको जस्ता विरामी समेत मर्कामा परेका छन् । टाउको दुखेर स्वास्थ्य चौकी जाँदा औषधी दिने मान्छे नभएको ठेहे निवासी सुरेश परियारले गुनासो गरे ।

स्वास्थ्य चौकीमा ११ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेता पनि अहिले एक जना कार्यालय सहयोगीमात्र छन् । स्वास्थ्य चौकीमा एक जना एचए , दुई जना अहेव , दुई जना अनमी र दुई जना कार्यलय सहयोगीको दरबन्दी छ  ।

विरामीहरु उपचारको लागि आउने गर्दछन् तर स्वास्थ्य चौकीमा नत औषधि पाईन्छ नत स्वास्थ्यकर्मी नै भेटिन्छन् भनेर हिराकला परियारले गुनासो गर्नु भएका छ । स्वास्थ्य चौकीमा कोही नहुँदा जिल्ला अस्पतालमा आएर उपचार गर्नु परेको स्थानीयले बताएका छन् । जिल्ला स्वास्थ्य कार्यलयका अनुसार ११ जना मध्ये सात जना कर्मचारी कार्यालयमा हुनुपर्ने हो । तर, स्वास्थ्य चौकी कार्यालय सहयोगीका भरमा चलेको छ ।

 सरकारले ७० प्रकारको औषधी स्वास्थ्य चौकीमा दिने गरेपनि ठेहे स्वास्थ्य चौकीमा भने सिटामोल दिने कर्मचारी पनि छैन ।  ठेहेमा करिव पाँच सय घरधुरी छन् दैनिक जसो सामान्य विरामीहरुले स्वास्थ्यकर्मी नहुँदा जिल्ला अस्पताल धाउनु पर्ने बाध्यता रहेको छ ।

प्रतिकृया दिनुहोस

प्रत्येक ११ मा १ जना वयस्कमा मुधुमेह

११ जना दरवन्दी भएको ठेहे स्वास्थ्य

मेडिसिटीद्वारा स्वास्थ्य सचेतना

करुणा फाउन्डेसनका कर्मचारीलाई

नेपाल मेडिसिटीमा ‘डिजास्टर ड्रिल’

१६ औं अनशन बस्ने डा.केसीको चेतावनी

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला