पाँचखालमा दर खाँदा ५ सय ३६ जना विरामी उद्धार गर्दाको क्षण...(फोटो फिचरसहित)

पाँचखालमा दर खाँदा ५ सय ३६ जना विरामी उद्धार गर्दाको क्षण...(फोटो फिचरसहित)

अमरवाणी संवाददाता/काभ्रे पाँचखाल नगरपालिका–१२ को काँसकोटेमा अवस्थित ग्रामीण स्वावलम्बन वहुउद्देश्यीय सहकारी संस्थाले भदौं २२ गते आयोजना गरेको तीज कार्यक्रममा दर खाँदा ५ सय ३६ जना विरामी परेर अस्पलताल भर्ना भएका मध्ये आधाभन्दा वढी स्वास्थ्य लाभ गरी घर फर्किएका छन् । फुड पोइजनबाट विरामी परेका मध्ये बालबालिका,वृद्धवृद्धा र स्वासप्रस्वासका रोगीहरूको भने अझै उपचार भइरहेको धुलिखेल अस्पतालले जनाएको छ ।

भाद्र २२ गते दर खाएर फर्किनेहरूलाई राती १२ बजेबाट झाडा पखाला लाग्ने, वान्ता हुने ज्वरो आउने र पेट दुख्ने समस्याले ग्रस्त बनाएको थियो । कतिपय विरामीलाई राती नै अस्पताल लागिएको थियो भने अधिकम बिरामीलाई शनिबार १० बजेबाट जिल्लाका विभिन्न स्वस्थ्य संस्था र अस्पताल पुर्याइएको थियो । प्राथमिक उपचारका निम्ति धुलिखेल अस्पताल र पाँचखाल स्वास्थ्य केन्द्रबाट २६ जना स्वास्थ्यकर्मीको टोली पाँचखाल–१२ को तीनघरेस्थित जनभावना प्राथमिक विद्यालयमा बोलाईएको थियो । विरामीहरूको हेरचाह र अस्पतालसम्म पुर्याउनका लागि पाँचखाल नगरपालिकाका मेयर महेश खरेल आफै खटेका थिए ।

नगरपालिकाका ३ ओटा गाडी, प्रहरीका २ ओटा,गोल्डेन फ्युचर र सरस्वती बोर्डिङका २ वटा बस, धुलिखेल अस्पताल र दुलालथोकका एम्बुलेन्सहरू र कतिपय निजी सवारी साधन तथा ट्रकमा समेत बिरामी ओसार्ने काम गरिएको थियो । बिरामी मध्ये केहीलाई पाँचखाल स्वास्थ्य केन्द्र,कतिलाई धुलिखेल अस्पाताल र केहीलाई वनेपा शिर मेमोरियल अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो । अस्पतालहरूले मेयर खरेलको अनुरोधमा कुनै पनि प्रकारको शुल्क लिएका छैनन् । ‘सबै अस्पतालबाट उपचारमा लागेको खर्चको बिल नगरपालिकामा जम्मा गरेर के कसरी भुक्तानी गर्ने सल्लाह गर्ने छौ,’ मेयर खरलले भने,‘अस्पतालको खर्च त तिर्ने हो तर,कसरी कुन निकायले कुन मोडालिटीमा तिर्ने त्यसो निक्र्यौल हामी छिट्टै गर्ने छौ ।’ ‘पहिला विरामीको स्वास्थ्य लाभ होस अनि रकम भुक्तानीबारे छलफल गर्नेछौ’मेयर खरेलले भने ।

यसैबीच,आयोजक सहकारी संस्थाले धुलीखेल अस्पताल परिसरभित्रै आकस्मिक वैठक राखी प्रहरी प्रशासनलाई यस घटनाको गम्भीर र निष्पक्ष छानबिन गरि वास्तविकता जनसमक्ष ल्याउन प्रमुख जिल्ला अधिकारी मार्फत लिखित अनुरोध गरेको छ । मानवसिर्जित घटना हो वा आकस्मिक मात्र त्यसबारे सहकारी संस्था आफैले समेत छानबिन समिति गठन गरेर प्रहरी अनुसन्धानलाई सघाउने निर्णय समेत गरेको स्वयम विरामी समेत भएका संस्थाका अध्यक्ष भैरव सेढाईले अमरवाणीलाई बताए । उनले भने,‘संस्थाका अधिकतम सदस्यहरूले घटना सुनियोजित र संस्थालाई वदनाम गराउनका लागि गरिएको हुन सक्ने आवाज उठाएपछि प्रहरी प्रशासनबाट नै यसको छानबिन गराइ सत्यसथ्य बाहिर ल्याउने निर्णय गरेका हौं ।’

संस्थाले सम्पूर्ण विरामीको स्वास्थ्य लाभको कामना गर्दै शिघ्रातीशिघ्र उद्धार कार्यमा संलग्न भएका पाँचखाल नगरपालिकका पदाधिकारीहरू,प्रहरी प्रशासन र स्वास्थ्य संस्था एवम् अस्पताललाई धन्यवाद दिएको छ ।

        

 

प्रतिकृया दिनुहोस

प्रत्येक ११ मा १ जना वयस्कमा मुधुमेह

११ जना दरवन्दी भएको ठेहे स्वास्थ्य

मेडिसिटीद्वारा स्वास्थ्य सचेतना

करुणा फाउन्डेसनका कर्मचारीलाई

नेपाल मेडिसिटीमा ‘डिजास्टर ड्रिल’

१६ औं अनशन बस्ने डा.केसीको चेतावनी

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला