मोबाइल मेडिकल कारबाट घुम्ती स्वास्थ्य सेवा

    मोबाइल मेडिकल कारबाट घुम्ती स्वास्थ्य सेवा

अभिषेक जोशी/काठमाडौँ । फूलकुमारी महतो मेमोरियल अस्पतालले ५ ओटा जिल्लामा मोबाइल मेडिकल कार मार्फत निःशुल्क घुम्ती स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ । जापान सरकारको सहयोगमा नेपालमै पहिलो पटक प्रयोगमा ल्याउन लागिएको उक्त कारले सिरहा, सप्तरी, उदयपुर, धनुषा र सिन्धुली जिल्लामा निःशुल्क स्वास्थ्य सेवा दिने अस्पतालले बताएको छ ।

मंगलबार नेपाल मेडिसिटी अस्पतालमा आयोजित कार्यक्रममा कारको चाबी नेपालका लागि जापानका राजदुत मासामीशी ओगावाले अस्पतालका मेडिकल निर्देशक डा. शिव शंकर शाहलाई हस्तान्तरण गरे । कार्यक्रममा नेपाल मेडिसिटी अस्पतालका सिईओ विजय रिमालले भने, ‘मेडिकल कार निकै उपयोगी हुने छ, यसले नेपालका दुरदराजका नागरिकको स्वास्थ्य सेवामा ठूलो टेवा पुग्ने विश्वास लिएका छौँ ।’ स्वास्थ्य मन्त्रालयको सहयोगमा १ प्रतिशत भन्सार शुल्कमा कार नेपाल भित्रिएको हो ।  

जापानमा अध्ययनरत विद्यार्थीको संस्था ‘आईज्याक’ नेपालको पहलमा जापान सरकारको ग्रास रुट परियोजना अन्तर्गत सो कार नेपाललाई प्राप्त भएको हो । २०७२ सालको महाभुकम्पका बेला सहयोग गर्न नेपाल आएका स्वयमसेवीहरूले मोबाइल मेडिकल कार नेपालमा उपयोगी हुने ठहर गरेका थिए । नेपालका गाउँ–गाँउ डुलेका उनीहरूले स्वास्थ्य सेवामा समस्या देखेपछि यस्तो कारका लागि पहल गरेका हुन् ।

स्वयमसेवीहरूकै पहलमा टोयोटा कम्पनीको टोयो फ्याक्ट्रीसँग सम्पर्क भयो । टोयो फ्याक्ट्री टोयोटा हायस गाडीलाई मोबाइल मेडिकल क्लिनिकमा रुपान्तर गर्ने काम गर्छ । टोयोले नेपालमा यस्तो कार आवश्यक हुने  औँल्यायो । यिनै दाताको सहकार्यबाट सिरहामा रहेको फूलकुमारी मेमोरियलले मोबाईल मेडिकल कार प्राप्त गरेको बताएको छ ।

यस कारमा एम्बुलेन्स तथा मेडिकल क्लिनिकसहितको सेवा उपलब्ध रहन्छ । मेडिकल कार जापानमा सञ्चालित जत्तिकै अत्याधुनिक रहेको छ । यसमा सोलार प्रणाली जडान गरिएको छ । साथै, औषधीहरू राख्ने फ्रिज छ । अक्सिजन, मोबाईल भेन्टिलेटर, मनिटर आदि सम्पूर्ण सुविधा कारभित्र उपलब्ध छन् । साथै, कारभित्रै विरामी जाँच्ने कक्षको व्यवस्था छ । विरामीलाई आवश्यक प्राथमिक स्वास्थ्य उपचार कारमै बसेर दिन सकिन्छ । कारलाई नेपालका गाउँको आवश्यकता अनुसार मोडिफाई गरिएको रिमालले बताए । प्रत्येक हप्ता ती पाँच ओटा जिल्लाका विभिन्न गाउँमा यो कार जाने छ । कारमा एक जना डाक्टर र पारामेडिक रहने छन् र उनीहरूले गाउँ गाउँमा पुगेर निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालले जनाएको छ ।

 

 

प्रतिकृया दिनुहोस

नेपाल मेडिसिटी र गणेशमान मेमोरियल

पाँचखालमा दर खाँदा ५ सय ३६ जना विरामी

मोबाइल मेडिकल कारबाट घुम्ती स्वास्थ्य

लुम्बिनी जनरल इन्स्योरेन्सका ग्राहक

प्रिमियर ईन्स्योरेन्स र आई.एस.एम.ई

पशुपति क्षेत्रमा ऐन्जलको निःशुल्क

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला