कहिले उठ्छ काठमाडौं महानगरको फोहर ?

 कहिले उठ्छ काठमाडौं महानगरको फोहर ?

सरस्वती ढुङ्गाना/काठमाडौं काठमाडौं महानगरपालिकाले समयमै फोहर व्यवस्थित नगर्दा करिब १ महिनादेखि नगरको फोहरमैला उठ्न सकेको छैन् । नियमित फोहर नउठेपछि यतिबेला महानगरका सहरी चोक, गल्ली र सार्वजनिक स्थलमा फोहरको डंगुर लागेको छ ।

यसले ‘स्वच्छ सफा र प्रदूषण रहित महानगर’ भन्ने काठमाडौं महानगरपालिकाको नारालाई गिज्याँइ रहेको छ । बालाजुको माछापोखरी तरकारी बजार आसपासको क्षेत्र पुरै दुर्गन्धित बनेको छ । बजारबाट निस्केको फोहर सडकमै जथाभावी फालिएको छ । तरकारी किन्न जाने मानिस नाक थुनेर बजार छिर्छन, पसलेहरु ‘माक्स’ लगाएर दिन काटन गाह्रो भो भन्दै गुनासो पोख्छन् ।

लामो समयदेखि तरकारी बेच्दै आएका रुपक ढुङ्गाना भन्छन्,‘फोहर नउठेको २ हप्ता जति भयो,किन उठेन त्यो पनि थाह छैन,व्यापार गर्नै गाह्रो भो ।’ त्यही क्षेत्रमा सडक छेउमा गाडा राखेर मःम, चाउमिन नेवारी खाजा सेट बेचेर  जीविकोपार्जन गर्दै आएकी बसन्ती मर्हजनको व्यवसाय नै चौपट छ अचेल । ‘कलेजका भाईबहिनी मःम मिठो छ भन्दै आउँथे, एक हप्ता भो कोही आएका छैनन्’उनले भनिन् । चुनावका बेला भोट माग्न आउने नेताहरुले ठुलठूला विकासका नारा सुनाउथे, अचेल उनीहरु उनीहरु पनि नफर्कने गरेको उनीहरु बताउछन् ।

 

काठमाडौ महानगरभित्र दैनिक ५ सय मेट्रिक टन फोहोर उत्पादन हुनेगर्छ । त्यसको व्यवस्थापनका लागि महानगरले नुवाकोटस्थित सिसडोलको ल्यान्डफिल साईड प्रयोग गर्दै आएको थियो । लगातारको वर्षाले सिसडोलमा पहिरो गएकाले फोहर व्यवस्थापनमा समस्या आएको काठमाडौं महानगरपालिकाका प्रवक्ता अर्जुन कार्कीले बताए । सिसडोलको विकल्प अन्यत्र नहुँदा समस्या आएको उनको भनाइ छ । उनकाअनुसार त्यहाँ पहिरो हटाउने कार्य तीब्र रुपमा भइरहेको छ,एक÷दुई दिनमा महानगरपालिकाको सबैतिरको फोहर उठ्छ । त्यसो त महानगरले फोहर व्यवस्थापनका लागि विकल्प नखोजेको पनि होइन ।

२०६२/०६३ सालमै सार्वजनिक–निजी साझेदारीमा काठमाडौं उपत्यकाको फोहर मैला व्यवस्थापन परियोजनाले  नुवाकोटको वन्चरेडाँडालाई  सेनेटरी ल्यान्ड फिल साईड (फोहोर प्रशोधन युक्त क्षेत्र ) स्थलको रुपमा छनोट गरेको  थियो । तर, फोहोर मैला व्यवस्थापन  प्राविधिक सहयोग केन्द्र र लगानी वोर्डले आवश्यक पहल गर्न नसक्दा वञ्चरेडाँडामा एक दशकसम्म पूर्वाधार निर्माण हुन सकेको छैन ।

 

 

प्रतिकृया दिनुहोस

कर्णालीका पत्रकारलाई स्वास्थ्य बीमा

नेपाल मेडिसिटी र आनबीच सम्झौता

नेपाल मेडिसिटीमा नर्सहरूको क्षमता

प्रत्येक ११ मा १ जना वयस्कमा मुधुमेह

११ जना दरवन्दी भएको ठेहे स्वास्थ्य

मेडिसिटीद्वारा स्वास्थ्य सचेतना

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला